Tuesday, November 26, 2013


भेरीमा कांग्रेस एमालेका बराबर

सुर्खेत,  मंसिर । 
संविधानसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ भेरी अञ्चलका १५ सिट मध्ये नेकपा एमालेले र कांग्रेसले ६÷६ बराबर सिट प्राप्त गरेका छन् । एकिकृत नेकपा माओवादीले ३ सिट जितेको छ । दैलेखका दुइ क्षेत्र क्षेत्र नं १ बाट अम्मरबाहादुर थापा र २ बाट लक्ष्मी पोखरेल, बाँके १ बाट देभराज भार, २ बाट  दिनेशचन्द्र यादव , ४ बाट दलबहादुर सुनार र बर्दिया १ बाट बामदेव गौतम विजयी भए ।
त्यस्तै ३ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा तीन वटै क्षेत्र कांग्रेस विजयी भएको छ ।  क्षेत्र नं १ बाट पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी र ३ बाट तप्तबहादुर बिष्ट विजयी भएका छन् । जाजरकोट २ बाट राजिवविक्रम शाह, बाँके ३ बाट पार्टी सभापती शुशील कोइराला, बर्दिया २ बाट सञ्जयकुमार गौतम विजयी भए । एकिकृत नेकपा माओवादीले भने बर्दियाका दुई र जाजरकोटमा एउटा सिट जितेको हो । जाजरकोट १ बाट शक्ति बस्नेत, बर्दिया ४ बाट मानबहादुर थारु र ३ बाट सन्तबहादुर थारुले जितेका हुन् । 

कर्णालीमा पनि बराबर
कर्णाली अञ्चलमा पनि नेकपा एमाले  र कांग्रेसले बराबर सिट जितेका छन् । ५ सिट रहेको कर्णालीमा २ एमा र २ कांग्रेस तथा १ सिट माओवादीले जितेको छ । मुग बाट एकालेका मोहन बानियाँ र डोल्पाबाट धनबहादुर बुढा, कालिकोटमा एमाओवादीका  महेन्द्रबहादुर शाही तथा जुम्लाबाट कांग्रेसका ललितजंग शाही र हुम्लाबाट कांग्रसक जीवनबहादुर शाही विजय भएका छन् ।

राप्ती अञ्चलमा मिश्रित


अघिल्लो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ पुरै सिट माओवादीले जितेको भएपनि यस पटक भने राप्ती अञ्चलमा मिश्रित परिणाम आएको छ ।
राप्ती अञ्चलका १३ वटै स्थान जित हात पारेको एकीकृत नेकपा (माओवादी) ले दोस्रो संविधानसभाको निर्वाचनमा भने पाँच वटा स्थानमा मात्र चित्त बुझाउनपरेको छ । नेकपा एमालेले सल्यानको एउटा र प्युठानका दुई वटा गरी जम्मा तीन स्थान जितेको हो । पहिलो संविधानसभा निर्वाचनमा राप्ती अञ्चलका पाँचवटै जिल्लामा पराजय भोगेको काँग्रेसले यस पटक भने दाङ जिल्लाबाट पाँच स्थान ल्याउन सफल भएको छ । नेपाली काँग्रेसले यस पटक दाङका पाँचवटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो । दाङ क्षेत्र नं १ बाट पार्वती डिसी चौधरी आठ हजार ७ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी दाङ क्षेत्र नं २ मा काँग्रेसका सुशीला चौधरी १० हजार ४ सय ३० मत प्राप्त गरी विजयी भएका छन् । दाङ क्षेत्र नं ३ बाट काँग्रेसका राजु खनाल १५ हजार ४८, क्षेत्र नं ४ बाट बुद्धिराम भण्डारी १४ हजार ५ सय ३ र क्षेत्र नं ५ बाट दीपक गिरी १५ हजार ३ सय ५८ मतसहित विजयी भए । एमाओवादीले यो चुनावमा सल्यानको एक, रोल्पाको दुई र रुकुमको पनि दुई गरी पाँच वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । सल्यान क्षेत्र नं १ बाट टेकबहादुर बस्नेत १५ हजार ८९, रोल्पा क्षेत्र नं १ बाट कृष्णबहादुर महरा ११ हजार सात, क्षेत्र नं २ बाट ओनसरी घर्तीमगर १४ हजार ९६४, रुकुम क्षेत्र नं १ बाट गणेशमान पुन १८ हजार ५ सय ९८ र क्षेत्र नं २ बाट जनार्दन शर्मा २२ हजार ५ सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी सल्यान क्षेत्र नं १ बाट एमाओवादीका टेकबहादुर बस्नेत १५ हजार ८९ मत प्राप्त गरी विजयी भएका छन् । सल्यान क्षेत्र नं २ मा एमालेका प्रकाश ज्वाला १४ हजार ८ सय २९, प्युठान क्षेत्र नं १ बाट वामदेव गौतम १३ हजार ९६२ र प्युठान क्षेत्र नं २ बाट हीराबहादुर केसीले १२ हजार ७ सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । यी मध्ये एमाओवादीका महरा, शर्मा र बस्नेत पुराना अनुहार नै हुन् । उनीहरू पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।





Wednesday, November 13, 2013

व्यक्तिगत विवरण:
पुरानाम:  श्री  कमला शर्मा
ठेगाना स्थायी : घोरेटा गाविस–२, रचेना, सुर्खेत
अस्थायी : बुद्धनगर–३४, काठमाण्डौं
सम्पर्क ठेगाना : ९७४११५४२८६ (मो
इमेल : kamalasharma1@yahoo.com
जन्म मिति : २०१९ असार
जन्म स्थान : कट्टी गाविस–२, दैलेख
आमाको नाम : मना शर्मा
बुबाको नाम : धनीराम शर्मा
श्रीमान्को नाम : स्व. ऋषिप्रसाद शर्मा
शिक्षा : माध्यमिक शिक्षा
राजनीतिक दल : नेकपा (एमाले
निर्वाचन प्रणाली : प्रत्यक्ष निर्वाचन
मैले आँफैले रातो टीका र अविर लगाएँ
कमला शर्माले ऋषिप्रसाद शर्माको जीवन साथी र राजनीतिक सहयात्री भएर खुशीले २७ वर्ष बिताइसक्नु भएको थियो । तर, संविधानसभा निर्वाचनको मुखैमा आएर २०६४ साल चैत्र २६ गते सुर्खेत क्षेत्र न. १ बाट चुनावमा उठेका उहाँको श्रीमान् र एमालेका प्रत्यक्ष उम्मेद्वार ऋषिप्रसाद शर्माको गोली हानी हत्या गरियो । त्यसपछि एकाएक कमलाको काँधमा पारिवारिक र राजनीतिक जिम्मेवारी थपियो । ऋषिको हत्याका कारण सुर्खेत क्षेत्र न. १ को संविधानसभाको चुनावी प्रक्रिया अबरुद्ध भएको थियो ।
त्यसपछि नेकपा (एमाले ले ऋषिकी पत्नी कमला शर्मालाई सोही क्षेत्रबाट उम्मेद्वार बनायो । श्रीमान्को दाहसंस्कार गरेको तेस्रो दिन अर्थात् २०६४ साल चैत्र २९ गतेदेखि कमला चुनावी मैदानमा उत्रनुभयो । उहाँ भन्नुहुन्छ, ‘चुनाव प्रचारप्रसारमा हिँड्दा जनताले भाषण गर्न आग्रह गर्थे, तर म भाषण गर्न जान्दिन, जनताका काम गर्न सक्छु भन्थेँ ।’ उहाँ सम्झनुहुन्छ, ‘त्यतिबेला मैले जनतासँग भोट पनि मागिँन, जनता आफैले मेरो दुःख बुझेर मलाई भोट दिन आउनुभयो ।’ श्रीमान्को हत्या भएको तेह्रौं दिन अघिको राति श्रीमान्को काजक्रियाका लागि कमला घर पुग्नुभयो । श्रीमान्को तेह्रांै दिनको काजक्रिया चलिरहेकै समयमा समर्थकहरूले कमलाको विजय जुलुस निकालिरहेका थिए । उहाँ भन्नुहुन्छ, ‘रातो टीका र अविर ल्याएर जुलुसमा सहभागी साथीहरू मेरो अगाडि उभिनुभयो, उहाँहरूले मलाई अविर लगाउन सक्नु भएन । तर, मैले आँफैले रातो टीका र अविर लगाउँदै विजय जुलुसमा सहभागी भएकाहरूलाई तपाइँहरूको नेता बाँचिरहनुभएको छ र अमर हुनुहुन्छ भनेँ ।’
कमला संविधानसभाको चुनावमा नेकपा (एमाले कातर्फबाट प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक मात्र महिला संविधानसभा सदस्य हुनुहुन्छ । श्रीमान्को हत्याले शोकविह्वल हुनुभएकी कमला हत्याको बदला लिएरै छाड्ने अठोटका साथ राजनीतिमा सक्रियतापूर्वक लाग्नुभयो । श्रीमान्को हत्याबाट स्तब्ध हुनुभएकी कमला त्यो सहनै नसकिने क्षणकाबारेमा यसरी बताउनुहुन्छ, ‘ऋषिको हत्याको लगत्तै मेरो मुखबाट मेरो श्रीमान्को ठाउँमा बस्न पाउनुपर्छ र हत्याको बदला लिन पाउनुपर्छ भन्ने शब्द मात्रै निस्किरहेको रहेछ ।’ संविधानसभा चुनावको मुखैमा सुर्खेतका लोकप्रिय नेता ऋषि शर्माको हत्याबाट भएपछि सिङ्गो सुर्खेत शोकमग्न भएको थियो । नेकपा (एमाले का तत्कालीन महासचिव माधवकुमार नेपालले सुर्खेत पुगेर कमलालाई सान्त्वना दिनुभएको थियो । हत्यारामाथि कारबाही हुन्छ भनेर महासचिव माधवकुमार नेपालले कमलालाई आश्वस्त पनि पार्नुभएको थियो । तर संविधानसभा निर्वाचन भएको तीनवर्ष पूरा भइसक्दा पनि ऋषिका हत्याराहरूलाई कारबाही भएको छैन । उहाँ भन्नुहुन्छ, ‘म जनताको अधिकार र उनीहरूका न्यायका लागि हिँडिरहेकी छु, तर म आफैले भने अझै पनि न्याय पाएकी छैन र मेरो श्रीमान्को हत्याराहरू नै अहिले देशको कानुन बनाउने ठाउँमा पुगेको देख्दा मलाई असाध्यै दुःख लाग्छ ।’
कमलाको जन्म सामान्य किसान परिवारमा भए पनि बुबाआमाको स्नेहका कारण ‘छोरीले पढ्नु हुँदैन’ भन्ने समाजमा पनि उहाँले पढ्ने अवसर पाउनुभएको थियो । ‘तर, कक्षा १० सम्म पढेपछि मैले नै पढाइमा ध्यान दिइँन,’ उहाँ स्वीकार्नुहुन्छ । सुर्खेत जिल्ला घोरेटाका ऋषिप्रसाद शर्मासँग कमलाको विवाह २०३७ सालमा १८ वर्षको उमेरमा भएको थियो । विवाहपछि श्रीमान् पढाइ र राजनीतिक गतिविधिमा संलग्न रहेका कारण उहाँ घरबाहिर बढी बस्नुहुन्थ्यो । कमला भने सासुससुराको हेरचाह गरेर र घरव्यवहार सम्हालेर घरैमा बस्नुहुन्थ्यो । त्यसबखत पढेलेखेका छोराछोरीले राजनीतिमा लाग्नुभन्दा जागिर खाइदिए हुन्थ्यो भन्ने चाहना जो कोही परिवारमा पनि हुन्थ्यो । ‘तर, मलाई जागिर खाने चाहना कहिल्यै पनि भएन,’ उहाँ भन्नुहुन्छ, ‘मेरो श्रीमान् देश र जनताका लागि व्यस्त हुनुहुन्छ भन्ने लाग्थ्यो । त्यसैले बरु असल जीवनसाथी भएर श्रीमान्को राजनीतिक यात्रा सफल पार्न सहयोग गर्छु भनेर चाहिँ म लागेकी थिएँ ।’ विवाह गरेपछि श्रीमान्को साथ र सङ्गतले कमलाले पनि बिस्तारै राजनीति बुझ्न थाल्नुभयो, तर पञ्चायती निरङ्कुश शासन कालका दिनहरूमा श्रीमान्सँग कमलाको भेटघाट पनि निकै थोरै मात्र हुन्थ्यो । ती सङ्घर्षका दिन सम्झदै उहाँ भन्नुहुन्छ, ‘छोरा तीन दिनको भएपछि मेरा श्रीमान्ले घर छाड्नु भयो । छोरा नौ दिनको हुँदा उहाँ पक्राउ परी दैलेख जेलमा पर्नुभयो । उहाँ ११ महिनापछि जेलबाट छुटेर घर आउँदा छोरो हिँड्न थालिसकेको थियो ।’
कमलाका अनुसार ऋषि पञ्चायतकालमा तत्कालीन प्रशासनको तारो बन्नु परेकाले त्यसको प्रत्यक्ष पीडा कमला र घरपरिवाले पनि भोग्नु परेको थियो । कमलाले २०५२ सालमा नेकपा (एमाले को सङ्गठित सदस्यता लिनुभएको थियो । २०५४ सालमा नेकपा (एमाले बाट घोरेटो गाविसमा उहाँले मनोनित वडा सदस्यको जिम्मेवारी निभाउनुभएको थियो । उहाँ २०६५ सालदेखि नेकपा (एमाले सुर्खेत जिल्ला कमिटीको सदस्य हुनुहुन्छ । श्रीमान् श्रीमती दुबैजना राजनीतिमा लागेकाले घरको आर्थिकस्थिति कमजोर थियो । उहाँ विगतका दुःख सम्झदै भन्नुहुन्छ, ‘जाडो समयमा बच्चा र हामीलाई न्यानो कपडा नभएर आगो बालेरै रात कटाउँथ्यौं ।’ २०६२÷६३ को १९ दिने जनआन्दोलनमा पनि ऋषि सक्रिय भएर लाग्नुभएको थियो । आन्दोलनका क्रममा उहाँले प्रहरीबाट धेरै पटक कुटाइ–पिटाई खानु भएको थियो ।
त्यतिमात्र होइन उहाँ नालीमा पनि फालिनुभएको थियो र प्रहरीले कुटेर उहाँको हात समेत भाँचिदिएको थियो । आफंैले सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्र पनि ऋषिका लागि कहिल्यै सुखद बनेन । प्रजातन्त्र प्राप्तिपछि पनि उहाँले निरन्तर सत्ताधारी काङ्ग्रेसको तारो बनिरहनुप¥यो । २०५१ सालको मध्यावधि निर्वाचनमा काङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले धाँधली र बुथ क्याप्चर गरी थोरै मतले ऋषिलाई हराएको कमलाको भनाइ छ । संविधानसभाको चुनावमा निर्वाचित भएर संविधानसभाको पहिलो बैठकमा आउँदा कमलाले बैठकमा सबैका अगाडि पूर्वगृहमन्त्री तथा काङ्ग्रेसका सभासद् पूर्णबहादुर खड्कालाई दायाँ खुट्टाको चप्पलले हान्नुभएको थियो । यस सम्बन्धमा उहाँ भन्नुहुन्छ, ‘चुनावमा जनताले त्यही मागेका थिए र त्यो मैले पूरा गरेकी हुँ ।’ यद्यपि, संसदीय अभ्यासको इतिहासमा आलोचित त्यस घटनाप्रति आफूलाई कुनै पश्चाताप नलागेको कमला बताउनुहुन्छ । कमलालाई जिल्लाको विकासप्रति निकै चासो र चिन्ता छ ।
सभासद् भएपछि उहाँले संसद् विकास कोषको रकम आफ्नो क्षेत्रका १७ वटै गाविसलाई बराबर वितरण गर्नुभएको छ । खानेपानी, बाटोघाटो, शौचालय, स्कुल, सिँचाइजस्ता विकास संरचना निर्माणमा कोषको रकम खर्च भएको छ । सभासद् भएपछि संविधानसभाका बैठकहरू बाहेक विभिन्न सङ्घसंस्थाले आयोजना गरेका तालिम, सम्मेलन र गोष्ठीमा भाग लिने मौका पाउँदा आप्mनो क्षमताको विकास भएको र आत्मविश्वास बढेको कमलाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘पहिले आफूभन्दा माथिका सदस्यका सामुन्ने ठूलो स्वरले बोल्न सक्दैन थिएँ, तर अहिले नेतादेखि जनसमूहको अघिल्तिर माइक समातेर भाषण गर्न सक्ने भएकी छु ।’ कमला संविधानसभा अन्तर्गत सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति तथा व्यवस्थापिका संसद् अन्तर्गत महिला, बालिबालिका तथा समाजकल्याण समितिको सदस्य हुनुहुन्छ । विभिन्न अप्ठ्याराहरू छिचोल्दै संविधानसभा र संसद्का काम उहाँले गरिरहनु भएको छ ।
जनताले चुनावमा जिताएर पठाएकाले जसरी भए पनि जनताको काम गर्नुपर्छ भन्ने उहाँको भावना छ । संविधानसभाको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिमा आफूले उठाएका विषयका सम्बन्धमा उहाँ भन्नुहुन्छ, ‘मैले समितिको मस्यौदामा जघन्य अपराधीलाई मृत्युदण्ड दिने प्रावधान हुनैपर्छ भनी जनताको सुझावअनुसार मत राखेकी थिएँ, तर त्यसमा मृत्युदण्ड स्वीकार गरिएन । आजीवन कारावास र सर्वस्वहरण भन्ने मात्र लेखियो ।’ साथै उहाँले समितिको बैठकमा सहिद परिवार र एकल परिवारको परिभाषा फरक हुनुपर्ने र उनीहरूका लागि सेवासुविधा पनि फरक हुनुपर्ने माग गर्नु भए पनि त्यो पूरा हुन नसकेको कमलाको भनाइ छ ।
                                     महिला सभासद् समूह(ककस)

Friday, October 4, 2013

सुर्खेत, १८ असोज ।
आशन्न संविधानसभा निर्वाचनको कार्य तालिका अनुसार बिहीबार सुर्खेत लगाएत देशभर प्रत्यक्ष तर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रहरुमा गरी ५२ जनाले मनोनयन दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलहरुबाट ४८ र स्वतन्त्रबाट चार जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । अन्य दुई निर्वाचन क्षेत्र भन्दा क्षेत्र नं २ मा उम्मेदवार सबै भन्दा बढी रहेका छन् । क्षेत्र नं २ बाट तीन जना व्यक्तिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि क्षेत्र नं २ मा सबै भन्दा बढी २० उम्मेदवार भएका ह्न । निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ मा १५ पार्टीबाट १५ जना र क्षेत्र नं तीनबाट १ स्वतन्त्र र १६ पार्टीका गरी १७ उम्मेदवारले मनोनयन दर्ता गराएको छन् । जिल्ला निर्वाचन कार्यालय सुर्खेतले विहीबार विहान १० बजे देखि मनोनयन दर्ताका लागि खुल्ला गरेपनि साढे ११ बजे मात्रै नेकपा एमाले सुर्खेतका उपाध्यक्ष समेत रहेका शिवप्रसाद उपाध्यायले स्वतन्त्र उम्मेदवारका रुपमा सबै भन्दा पहिलो नम्बरमा आप्mनो उम्मेदवारी दर्ता गराएका थिए । त्यसको लगतै पुगेको संघिय समाजबादी पार्टीले आफ्नो उम्मेदवारहरुको नाम दोस्रो नंम्बरमा दर्ता गरायो । पार्टीलेको तर्फबाट क्षेत्र नं १ मा गगनबहादुर सारु, क्षेत्र नं २ बाट पंचसिं रोका र क्षेत्र नं ३ बाट धनबहादुर ठाडाले मनोनयन दर्ता गराएका छन् । निर्वाचनको शसक्त बहिस्कारको निर्णय गरेको नेकपा–माओवादीले बिहानैदेखि आह्वान गरेको भेरी कर्णाली बन्दका कारण सवारी साधन नचले पछि तुलनात्मक रुपमा मानिसहरुको कमी भएपनि कांग्रेस, एमाओवादी, एमाले, राप्रपा लगाएतका दलहरु बाजाघाजा सहीत नाराबाजी गर्दै उम्मेदवारी दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयमा पुगका थिए । नारजुलुस सहित तेस्रो नंम्बरमा निर्वाचन कार्यालय पुगेको एकीकृत नेकपा माओवादीले क्षेत्र नं १ बाट ठम्मर बिष्ट, क्षेत्र नं. २ बाट भिमबहादुर मल्ल ‘सुभास’ र क्षेत्र नं. ३ बाट नरबहादुर बिष्ठको मनोनयन दर्ता गराएको छ । एमाओवादी संगसंगै निर्वाचन कार्यालय पुगेको नेपाली कांग्रेसले चौथो नम्बरमा आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गरायो । कार्यकर्ता सहित निर्वाचन कार्यालय पुगेका हृदयराम थानीले क्षेत्र नं. २ बाट र पार्टी सभापती तत्तबहादुर बिष्टले क्षेत्र नं ३ बाट आफ्नो मनोनयन दर्ता गराए भने कार्यालयमा अनुपस्थीत रहेका पूर्णबहादुर खड्काको मनोनयन प्रस्तावक तथा समर्थकले क्षेत्र नं १ बाट दर्ता गराएका थिए । एकपछि अर्काे गर्दै निर्वाचन कार्यालय पुगेका दलका समर्थक तथा कार्याकर्ताहरुले निरन्तर परिरहेको मुसलधारे पानीको कुनै प्रावाह नगरी नाराजुलुसी गरीरहेका थिए । कार्यकर्ताकोबीचमा नाराजुलुस सहित निर्वाचन कार्यालय गएका नेकपा एमालेका कमला शर्माले क्षेत्र नं १, यामलाल कडेंल क्षेत्र नं २ र पार्टी अध्यक्ष नवराज रावतले क्षेत्र नं तीनबाट मनोनयन दर्ता गराएका छन् ।  राष्ट्रिय जनमोर्चाबाट क्षेत्र नं १ मा धनप्रसाद देबकोटा, २ मा कृष्णा रावल र क्षेत्र नं ३ मा लालबहादुर नेपालीलेको मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट क्षेत्र नं १ बाट ओमबहादुर जिसी, २ बाट मुकुन्दश्याम गिरी र क्षेत्र नं ३ बाट बसन्तकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन्  नेपाल मज्दुर किसान पार्टीले क्षेत्र नं १ बाट डिलबहादुर डिसी, २ बाट प्रेमप्रकाश खड्का र ३ बाट चन्द्रप्रकाश गौतमले मनोनयन दर्ता गराएका छन् । 
क्षेत्र नं १.
राष्ट्रिय जनमोर्चा ः धनप्रसाद देवकोटा
नेपाली कांग्रेसः पूर्वबहादुर खड्का
नेकपा एमाले ः कमला शर्मा
एकिकृत नेकपा माओवादीः ठम्मरबहादुर बिष्ट
मधेशी जनअधिकार फोरम नेपालः  धनबिर कामी
राप्रापा नेपालः ओमबहादुर जिसी
संघिय समाजवादी पार्टीः गगनबहादुर सारु
नेकपा माले समाजवादीः रुपक पौडेल
राप्रापाः तीलकराज वली
नेमकिपाः अमृता पाण्डे
राष्ट्रिय जनमुक्ति ः देबबहादुर गाहा
दलित जनजाती पार्टीः चन्द्रबहादुर बिक
अखण्ड नेपालः डिलबहादुर डांगी
नेपाल परिवार दलः पदम गिरी
खस समावेशी राष्ट्रिय पार्टी ः डिलकुमारी खड्का
क्षेत्र नं २ ः
एमाओवादीः भिमबहादुर मल्ल ‘सुवास’
नेपाली कांग्रसः हृदयराम थानी
नेकपा एमाले ः यामलाल कंडेल
राप्रपा नेपाः मुकुन्दश्याम गिरी
राष्ट्रिय जनमोर्चाः कृष्णाकुमारी रावल
नेमकिपाः बमबहदुर शाही
नेकपा माले समाजवादीः इन्द्रबहादुर खड्का
नेकपा मालेः कर्णबहादुर नेपाली
दलित जनजाती पार्टीः नैनसरा बैगार
अखण्ड नेपालः प्रेमप्रकाश खड्का
मधेशी जनाधिकार फोरम नेपालः रामबहादुर लामा
राष्ट्रिय स्वाभिमान पार्टी ः ललित भट्टाराई
नपाल परिवार दलः सन्तबहादुर रेग्मी
समाजवादी जनता पार्टी ः भगवानप्रसाद जैशी
राप्रपाः टोपबहादुर वली
क्षेत्र नंः ३
एमाओवादी ः नरबहादुर बिष्ट
नेपाली कांग्रस ः तप्तबहादुर बिष्ट
नेकपा एमाले ः नवराज रावत
राप्रपा नेपाल ः बसन्तकुमार थापा
राष्ट्रिय जनमोर्चाः लालबहादुर नेपाली
नेमकिपा ः धनबहादुर बि.क.
नेकपा माले समाजवादीः देबराम ढकाल
नेकपा माले ः लक्ष्मीप्रसाद कंडेल
संघिय समाजवादी पार्टी ः धनबहादुर ठाडा
मधेशी जनाधिकार फोरम नेपालः दीलबहादुर नेपार्ली
नपाल परिवार दल ः योगेन्द्रबहादुर कार्की
समाजवादी जनता पार्टी ः कुमारसिं कुरेल बस्याल
राप्रपा ः कबिराम पुरी
राष्ट्रिय जनमुक्ति पार्टीः कर्णध्वज तारामी

स्वतन्त्रः क्षेत्र नं २ ः शिवप्रसाद उपाध्याय, खगेन्द्र शर्मा र हिरालाल सुनार ‘राजु’
क्षेत्र नं. ३ ः दीपेन्द्रसिं विसी

Tuesday, October 1, 2013

सुर्खेत, १५ असोज ।
सुर्खेतमा रहेका प्रायः राजनीतिक दलहरुले आसन्न संविधानसभा निर्वाचनका लागि पुरानै उम्मेदवारलाई प्राथमिक्ता दिएका छन् ।
भदौ अन्तिमसम्म क्षेत्रीय र जिल्ला संगठनबाट संभावित उम्मेदवारको नाम सिफारीस गरेका नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाली कांग्रेस उम्मेदवार छनौटको अन्तिम चरणमा पुग्दा गत संविधानसभा निर्वाचनका उम्मेदवारलाई नै प्राथमिक्ता दिएका हुन् । अधिकांस दलहरुमा गत निर्वाचनमा उठाइएका उम्मेदवारलाई नै यसपटक पनि प्रत्यक्ष वा समानुपातिक कोटामा उठाउने भएका छन् । मंसिर ४ मा हुन लागेको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार हुने भएका छन् ।  एमाले स्थायी समितिको सोमबार बसेको बैठले पुरानै उम्मेदवारलाई टिकट दिने निर्णय गरेको सुर्खेत जिल्ला अध्यक्ष नवराज रावतले जानकारी दिए । अघिल्लो निर्वाचनमा विजयी भएकाहरुलाई नै यस पटकको निर्वाचनमा उम्मेदवार उठाउने एमाले पार्टीको निर्णय अनुसार क्षेत्र नं १ बाट निर्वतमान संविधानसभा सदस्य कमला शर्मा र क्षेत्र.नं. २ बाट यामलाल कंडेललाई उम्मेदवार उठाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि सुर्खेतमा प्रत्यक्ष तर्फका उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । राप्रपा नेपालले क्षेत्र नं १ बाट ओमबहादुर जिसी, २ बाट मुकुन्दश्याम गिरी र ३ बाट बसन्त श्रेष्ठलाई उम्मेदवार उठाउने बताइएको छ ।

Tuesday, September 24, 2013

गोविन्द खत्री
सुर्खेत, असोज -
कहाँ कति घटे
क्षेत्र नं १ मा १९ हजार ९ सय ७६,
क्षेन नं २ मा १७ हजार ८ सय ४६
क्षेत्र नं. ३ मा २१ हजार ५ सय ५७ ।
गत संविधानसभाको निर्वाचनमा मतदाता नामावली भएका सुर्खेतका झण्डै ६० हजार मतदाताको नाम फोटो सहितको मतदाता नामावलीमा छैन् ।
२०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनमा भाग लिन सुर्खेत जिल्लाका २ लाख १४ हजार १ सय ८३ जनाले मतदाता नामावलीमा नाम लेखाएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ मंसिरमा हुने लागेको निर्वाचनमा भाग लिन १ लाख ५४ हजार ८ सय १० जनाको मात्रै मतदाता नामावलीमा नाम छ । अघिल्लो निर्वाचनको मतदाता भन्दा यसपाली ५९ हजार ९ सय ५१ मतदाता कम देखिएका छन् । निर्वाचन क्षेत्र अनुसार सबै भन्दा बढी क्षेत्र नं ३ मा मतदाता घटका छन् । जिल्ला निर्वाचन अधिकारी तिलक रिजालका अनुसार अघिल्लोको भन्दा यसपटकको निर्वाचनमा क्षेत्र नं १ मा १९ हजार ९ सय ७६, क्षेन नं २ मा १७ हजार ८ सय ४६ र क्षेत्र नं.  ३ मा २१ हजार ५ सय ५७ मतदाता घटेकाछन् । मतदाता नामावलीमा नाम लेखाएपनि मतदान गर्ने समयमा भने कतिपय मतदाता नआउने भएको हुँदा सो मतदातामा पनि केही घट्ने संभावना देखिन्छ । ०६४ सालको निर्वाचनमा क्षेत्र नं १ मा ६७ हजार ९ सय १३ मतदाता रहेकोमा  ४४ हजार ५ सय ८१ जनाले मात्रै मतदान गरेका थिए । क्षेत्र नं २ मा ७६ हजार ७ सय ४६ मतदाता मध्ये ३९ हजार ७ सय ८९ र क्षेत्र नं ३ मा ६९ हजार ५ सय २४ मध्ये ३८ हजजार ९ सय ४३ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी रिजालले जानकारी दिए । निर्वाचनमा बदरमतलाई कम गर्ने प्रयोस गरिएपनि केही मतहरु बदर हुनेगरेका छन् । गत संविधानसभाको निर्वाचनमा सुर्खेतका तीनवटै निर्वाचन क्षेत्रमा गरी १ लाख २५ हजार ३ सय १३ जम्मा मत खसेकोमा ८७ हजार १९ मत मात्रै सदर भएको र जनाइएको छ । यस बर्ष पनि निर्वाचन आयोगले बदरमत घटाउने उद्देश्यले मतदाता शिक्षा, तालिम लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
  जिल्लामा मताधिकार भएको जनासंख्याको आधारमा मतदाता नामावलीमा नाम लेखाउनेको संख्यामा समेत कमी देखिएको छ । २०६८ को जनणना अनुसार सुर्खेत जिल्लामा १५ बर्ष देखि माथिको जनसंख्या २ लाख २३ हजार ४४ रहेको छ । जनगणनामा १५ देखि १९ बर्ष उमेर समूहका मानिसको जनसंख्या मात्रै ३९ हजार ५ सय ५८ जना छ । २ बर्ष अघि जनगनणा गरिएकाले १६ बर्ष उमेर पुगका नागरिकले मतदाता नामावलीमा नाम लेखाउने प्राब्धान अनुसार १५ देखि माथि उमेर समूहका मानिसले मतदान गर्ने अवर पाएका हुनुपर्ने हुन्छ । गत निर्वाचनमा  मतदाताका परिवारले समेत नाम टिपाउने गरेकोमा विदेशमा रहेका तथा फर्जी मतदाताको समेत नाम नामावलीमा भएकोमा यसपटक फोटो सहितको  मतदाता नामवलीमा नाम लेखाउन स्वंम मतदाता उपस्थित हुनुपर्ने हुँदा पनि मतदाता संख्या नामवलीमा घटेको जिल्ला निर्वाचन अधिकारी रिजाल बताउँछन् । आयोगले स्थानीय प्रशासन मार्फत पटक पटक घरदैलोमा शिविर सञ्चालनगरी फोटो सहितको मतदाता नामावली लेखाउने अवसर दिएको थियो । गत निर्वाचनमा मतदाता नामावलीमा नाम लेखाउदा सजिलो भएपनि मतदान गर्दा कडाइ गरिएकोमा यस पटक भने फोटो सहितको नामावली भएकाले वास्तविक मतदाताको नामवली मात्रै तथ्याङ्कमा आएको अनुमान गरिएको छ । प्रशासनीक प्रक्रिया नमिल्दा तथा विदेशमा रहेका नेपालीहरुको पनि नामावलीमा नाम लेखाउने सुविधा नहँुदा पनि मतदाता नामावलीमा मतदाताको संख्या घटेको हुन सक्ने कतिपयको विश्लेषण  छ ।

Thursday, September 19, 2013

सुर्खेत, असोज
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई सहभागी नगराई गरिएको चुनावको कुनै सार्थकता नरहने बताएका छन् ।
पार्टी सुर्खेत जिल्ला अधिवेशनको उद्घाटन तथा आमसभालाई बुधबा वीरेन्द्रनगमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । अध्यक्ष थापाले कुनैपनि राजनितीक दललाइृ बाहीर राखेर निर्वाचन गर्न नहुने बताए । “बैद्य माओवादीलाई बाहिर राखेर गरेको चुनावको कुनै अर्थ छैन्, त्यस्तो चुनावको कुनै सार्थकता रहँदैन्” थापाले भने । निर्र्वााचनको बिरोधमा उत्रिएको बैद्य माओबादीलाई बाहीर राखेर निर्वाचन भएपनि संविधानसभाले संबिधान दिन नसक्ने थापाले दाबि  गरे । द्वन्द्व समाधान नगरि संबिधानसभाको औचित्य नभएको बताउंदै उनले चार दलको सिण्डीकेट नै सबै दललाई निर्वाचनमा आउन नदिने अस्त्र भएको आरोप लगाए । थापाले तीनै चार दलकै कारणले गत संविधानसभाबाट संबिधान नवनेको समेत आरोप लगाए । चार दलिय सिण्डीकेटका कारण निर्वाचन हुने कुरामा अझै ढुक्क नभएको बताउँदै सबै दलहरुलाई मिलाए नलिए र सिण्डीकेट भङ्ग नगरे मंसिर चार गते पनि संबिधान सभाको निर्वाचन नहुने दाबि गरे । ११ बुंदे र २५ बुंदे सम्झौता प्रति राप्रपा नेपालको असहमती रहेको स्पष्ट पार्दै उनले सहमतीका नाममा चार दलिय मोर्चाले दादागिरी गरिरहेको आरोप लगाए । ठूला भनीयका दलहरुले नेपाली जनताको नभई बिदेशी प्रभुको आशीर्वादलाई महत्व दिएको थापाको आरोप छ । सभामा बोल्दै पार्टीका बरिष्ठ नेता केशरबहादुर बिष्टले गत संबिधानसभा निर्वाचनमा माओबादीलाई जनताले जिताएको नभई जबजस्ती रुपमा भोट हाल्न लगाएको बताउँदै त्यसको परिणाम माओवादीले आगामी निर्वाचनमा हार ब्यहोर्ने जिकिर गरे । माओको सिद्धान्त अनुसार जनतालाई दुःख नदिने नभए पनि नेपालका माओबादीहरुले जनतालाई दुःख दिएकाले माओवादी उग्रबामपन्थी भएको ठोकुवा गरे । माओवादीलाई देशकै भ्रष्ट र जनतालाई दुख दिने पार्टीको संज्ञा दिँदै उनले माओवादीले गरेको भ्रष्ट्राचारको हिसाब किताव जनताले गरेरै छाड्ने दावि गरे । “जनताको अगाडी एक सय चार बर्ष शासन गरेको राणा, पञ्चायत कसैले पनि हिसाब किताव नगरि सुख्ख पाएका छैनन् माओवादीले पनि एक दिन हिसाव किताब गुर्नुपर्ने छ कति दिन दादागिरी टिकाई राख्न सकिन्छ हेरौँ” उनले भने ।  माओबादीसंग जनताले हिसाव माग्ने अवसरका रुपमा निर्वाचनलाई प्रयोग गर्दै आगामी निर्वाचनमा राप्रपा नेपाललाई मत दिन विष्टको आग्रह थियो । सभामा राप्रपाका उपाध्यक्ष धवल शमसेर राणाले राजासहितको प्रजातन्त्र र नेपालको पहिचानका रुपमा हिन्दु धर्म राष्ट्र बनाउनका लागि राप्रपा नेपाललाई मतदान गर्न आग्रह गरे । प्रजातन्त्रको नाममा चार दलले निरंकुशता लाद्न खोजेको उनले आरोप लगाए । केन्द्रीय सदस्य मुकुन्दश्याम गिरीले राप्रपा नेपालबाट राष्ट्रवादी आन्दोलनको सुत्रपात भएको र यसैलाई जनताले अवसरका रुपमा प्रयोग गर्नुपर्ने बताए । उनले देशलाई सम्मान गर्न र नेपाललाई विदेशीको कब्जाबाट बचाउनका लागि भएपनि राजा सहितको प्रजातन्त्र आवश्यक रहेको बताए । विगतमा सभासद्हरुले संबिधान निर्माणका नाममा आफ्नो भविश्य निर्माण गर्न तिर ध्यान दिएको गिरीले आरोप लगाए । अर्का केन्द्रीय सदस्य ओमबहादुर जिसीले गत संबिधानसभाबाट संबिधान नबन्नुको कारण पत्ता लगाई आगामी निर्वाचनमा जनताले को सही र को गलत हो भन्ने कुरा मतदान मार्फत प्रमाणित गर्ने बताए ।



Friday, September 13, 2013

सुर्खेत, २८ भदौ ।
लाटीकोइली गाउँ शिक्षा समितिले २०६९को प्रवेशिका र जिल्ला स्तरीय परीक्षामा गाविसमा उत्कृष्ट अंक ल्याउने छात्र÷छात्रालाई बालदिवसको अवसरमा पुरस्कृत गर्ने भएको छ ।

 गाउँ शिक्षा समितिको बैठकले प्रवेशीका परीक्षामा उत्कृष्ट छात्र जनसेवा उमावि घुस्राका टिकाराम चौधरी र छात्रामा पनि सोही विद्यालयकी निशु चौधरीलाई प्रति व्यक्ति एक हजार नगद पुरस्कार सहीत प्रमाण पत्र दिने निर्णय गरेको हो । त्यस्तै जिल्ला स्तरीय परीक्षमा उत्कृष्ट शिव उमावि लाटीकोइलीकी अञ्जु श्रेष्ठलाई पाँच सय नगद सहित प्रमाण पत्रले सम्मान गर्ने बताइएको छ । विगतका बर्षहरुमा पनि उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकलाई पुरस्कृत गर्दै आएकोमा यस बर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको गाउँ शिक्षा समितिका सदस्य सचिव भक्तबहादुर शाहीले जानकरी दिए । सबैठकमा सामुदायिक विद्यालयका सम्पूर्ण प्रधानाध्यापकहरुले विद्यालयको शैक्षिक उपलब्धी ६० पु¥याउने प्रतिबद्धता गरेका थिए । कक्षा ६–८ (आधारभुत) तहको पाठ्यक्रमको अभिमुखिकरण कक्षा छ देखि ४० प्रतिशत निरन्तर मूल्याङ्कनको व्यवस्थापन विद्यालयमा शान्ति क्षेत्रका लागि आ–आफ्नो विद्यालयमा समिति गठन गरी प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको जनाइएको छ ।

Sunday, September 8, 2013

सुर्खेत, भदौ ।
फोटाः पुरस्कृत हुने पत्रकारहरु वायाँबाट गोविन्द खत्री, विष्णप्रसाद न्यौपाने, 

स्वच्छता, सरसफाई र खानेपानीको विषमा समाचार सम्प्रेषण गरेका सुर्खेतका सात जना पत्रकारहरुलाई वीरेन्द्रनगरमा पुरस्कृत गरिएको छ ।
वातावरण तथा जनस्वास्थय संस्था (एन्फो) सुर्खेतको सहयोग तथा नेपाल पत्रकार महासंघ सुर्खेत, शाखाको समन्वयमा नगद तीन हजारले पुरस्कृत गरिएको हो । गत कात्तिक देखि पुस महिनाको अवधिमा सुर्खेत जिल्लामा रही खानेपानी, सरसफाई र स्वच्छता विषयमा निरन्तर समाचार लेखन तथा सम्प्रेषण गरेकोमा उनीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा युगआह्वान दैनिकका गोविन्द खत्री,  छरछिमेक दैनिककी प्रतिमा परियार, हाम्रो अखवार दैनिककी लक्ष्मी भण्डारी, सुर्खेतपत्र दैनिककी सुनिता पन्त, काँक्रेविहार दैनिकबाट खेमराज वली र सुर्खेत पहिचान दैनिकबाट बिष्णप्रसाद न्यौपाने  रहेका छन् ।


सुर्खेत, भदौ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं २ की लक्ष्मी गिरी बिवाह गरेको ३० बर्ष बितेपछि पति अमर गिरीको नाममा रहेको जग्गाको जग्गाधनी भएकीछन् । अमर र लक्ष्मी सोमबार मालपोत कार्यलयमा कार्यलय समय सुरु भए देखि उपस्थीत भए । अमरको नाममा रहेको जग्गाको जग्गा धनी लालपुर्जामा लक्ष्मीको पनि नाम लेखाउन उनीहरु मालपोत कार्यालय आएका थिए । अमरको नाममा रहेको जग्गामा लक्ष्मीलाई पनि जग्गाधनी बनाउन उनीहरुलाई कुनै समस्या भएन् । कार्यालयमा एक सय रुपैँया मात्रै तीरेर उनीहरु दुबै जना एउटै जग्गाको मुली बने ।
  मालपोत कार्यालय सुर्खेतबाट सोमबार१२ जनाले पतिको नाममा भएको जमिन पत्निको समेत सगोलनामा गराएका छन् । वीरेन्द्रनगर दुईका अमर र लक्ष्मी सहित सहारे गाविसका ११ जोडीले सगोलनामा गराएका हुन् । सगोलनामा बनाउने जोडीलाई मालपोत अधिकृत कमलप्रसाद पौडेलले संयुक्त रुपमा जग्गाधनी लालपुर्जा प्रदान गरेको थिए । मालपोत अधिकृत पौडेलका अनुसार पति वा पत्नि मध्ये कुनै एकको नाममा भएको जमिन पति पत्नि दुबै जनाको नाममा बनाउनुलाई सगोलनामा गर्नु भनिन्छ । चालु आर्थिक बर्षको बजेट भाषणमा सरकारले सगोलनामा गर्ने कार्यक्रम ल्याएपछिसुर्खेत लगाएतका विभिन्न जिल्लाहरुमा सगोलनामा गराउने काम सुरु भएको छ । सरकारले पति वा पत्नि मध्ये कुनै एकको नाममा रहेको जमिनको सगोलनामा बनाउँदा एक सय रुपैयाँ राजस्व तिर्नु पर्ने र अन्य कुनै पनि रकम नलाग्ने गरी कार्यक्रम अघि सारेको छ । भूमि अधिकारका क्षेत्रमा सक्रिय रुपमा काम गरीरहेको भूमिअधिकार मञ्चले भने सगोलनामा बनाउने कार्यलाई अभियानकै रुपमा सुरु गरेको छ । सामुदायिक भूमि तथा कृषि सुधारको लागि अभियान सञ्चाल गरिरहेको भूमि अधिकार मञ्च सुर्खेतले सगोलनामा अभियान सहारे गाविलाई नमूनाका रुपमा विकास गर्ने गरी थालनी गरेको सामुदायिक भूमि तथा कृषि अधिकार अभियान, सुर्खेतका संयोजक पूर्ण सुनारले बताए । अभियान अन्तर्गत नै सोमबार१२ जनाको सगोलनामा गराएको जनाइएको छ । संयुक्त जग्गाधनी पुर्जा बनाउँदा पति पत्निको सल्लाह नभई जग्गा बिक्री तथा धितो बन्दक राख्न नपाइने हुँदा सम्पत्तिको सुरक्षा हुने मञ्चको ठहर रहेको छ । महिलाहरुको कामको सम्मान, पारिवारीक मेलमिलाप, महिला हिंसामा कमी र परिवारमा खुशीयाली, महिलाको हैसीयत बढ्नुको साथै सुकुम्वासीको संख्यामा समेत घटी हुने भएकाले संयुक्त पुर्जा बनाउन फाइदा हुने संयोजक सुनारले बताए । संयुक्त पुर्जा बनाउन पाउँदा वीरेन्द्रनगरका अमर र लक्ष्मी खुशी छन् ।  पहिले नै सम्पत्तिमा दुबैको समान हक बनाउन मन भएपनि यस अघि यस्तो व्यवस्थाका बारेमा थाहा नभएको अमर गिरीले बताए । “श्रीमान श्रीमती भनेका जीवन साथी हुन् तैपनि कसलाई कतिबेला के हुन्छ केही भन्न सकिदैन, अमर भन्छन् “छोरा छोरीले पछि गएर हेला पनि गर्दैनन् र सम्पत्तिको सुरक्षा पनि हुने ।” संयुक्त लालपुर्जा बनाउन आएका सहारेका दलजित खत्री र लक्ष्मीदेवि खत्री पनि दुइवटैको  नाममा जग्गाको लालपुर्जा बनाउन पाउँदा हर्षित भएको बताउँछन् । सहारेका लिलबहादुर डांगी र भिमसरी, नोखेन्द्र खत्री र पवित्राकुमारी, खपसिंह गोल्जाली र इवीसरा, रामबहादुर डांगी र प्रिमकला ओली, कर्णबहादुर घर्ती र पे्रमकला, ताराबहादुर थापा र नन्दकली घर्ती, खुमानसिंह आले र प्रिमी साथै चुडामणी कामी र मिनाले संयुक्त लालपुर्जा बनाएको अभियानका संयोजक पूर्ण सुनारले जानकारी दिए । हाल नेपालमा १९ प्रतिशत महिलाको मात्रै भुमिमा स्वामित्व रहेको तथ्याङक छ । सरकारले यस अघि पनि महिलाका नाममा जग्गा पास गर्दा हिमाली क्षेत्रकालागि ४० प्रतिशत पहाडी क्षेत्रका लागि ३० र शहरी क्षेत्रमा २५ प्रतिशत राजस्वमा छुट दिने नीति कार्यन्वयनमा ल्याएको छ । सरकारले भूमिमा महिलाहरुको स्वामित्व बढाउन एक सय तिरेर सगोलनामा गर्ने नीति ल्याएको हो ।

 सुर्खेत, भदौ ।
पछिल्ला छ महिनामा सुर्खेत जिल्लामा मानव अधिकार उलङ्घनका घटनामा कमी आएको छ । 
मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको इन्सेकले वीरेन्द्रनगरमा प्रस्तुत गरेको अर्धबार्षिक रिपोर्ट अनुसार गत पुस देखि असार महिना सम्ममा १ सय ९ वटा मानव अधिकार उलङ्घनका घटना घटेकाछन् । गम्भिर प्रकृतिका मानव अधिकार उलङघनका घटनामा कमि आएपनि महिला हिंसा लगाएतका घटनाहरुमा भने कमि आएको छैन् । ती घटनाहरु मध्ये सबै भन्दा बढी महिला हिंसाका ७० वटा घटना घटेकाछन् ।  बाँकी ३९ वटा घटनाहरु भने राजनीतिक दल र राज्यबाट घटेका घटनाहरु रहेका छन् । मानव अधिकार उलङघनका घटनाहरु घटाउने राजनीतिकदलरुमा नेकपा–माओवादी सबै भन्दा पहिलो नंम्बरमा छ । नेकपा –माओवादीबाट १० वटा मानव अधिकार उलङ्घनका घटनाहरु घटाइएको रिपोर्टमा उल्लेख गरिएको छ । राज्यबाट पक्षबाट धम्कि र कुटपिटका ८, माओवादी समर्थीत भातृसंगठनबाट कुट पिट तथा धम्कि १, नेपाली कांग्रेसबाट कुटपिट १, नेपाली कांग्रेस समर्थीत विद्यार्थी संगठन नेवि संघबाट कुट पिट १, एकिकृत नेकपा माओवादीबाट कुटपिट १ र अज्ञात समूहबाट कुटपिटका १ वटा घटना  घटाइएको इन्सेकका सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले जानकारी दिए । प्रतिनिधि थापाका अनुसार महिलामाथि हुने बलात्कार, बेचविखन, यातना लगाएतका घटना गरी गम्भिर प्रकृतिका ९ घटना घटाइएका छन् । त्यस्तै पछिल्लो छ महिनाको अवधिमा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धीका १ वटा घटना घटेको थापाले जानकारी दिए । गम्भिर प्रकृतिका घटनाहरुमा कमि आएको बताउँदै थापाले समिक्षामा अघिल्लो बर्षको तुलनामा करिब आधा कम घटना घटेको बताए । यसरी घटनाहरु कमि हुनुमा मानव अधिकारका उलङ्घनमा सुधार आएको देखिए पनि महिला माथि हुने घरेलु हिंसामा भने कमि हुन नसकेको थापाको भनाई छ । नेपाल मानव अधिकार संगठनका अध्यक्ष गोविन्द सुवेदीले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको भएपनि विकट गाउँहरुमा मानव अधिकार विरुद्ध भएका घटनाहरुलाई समेट्न नसकेको बताए । प्रस्तुत रिपोर्ट अनुसार मानव अधिकारको स्थिति सुधार उन्मुख देखिनुले देश शान्ति स्थापना तिर गैरहेको संकेत हुने उनको भनाई थियो । नेकपा एमालेका हरि अधिकारीले दल र मानव अधिकार उलङघन हुनुमा कसैले पनि उत्तर दायित्व नलिनुले सोचेअनुसार कमि आउन नसकेको बताए । मानव अधिकारलाई जन्मजातका रुपमा परिभाषित गर्दै बर्गिय रुपमा मानव अधिकारलाई बुझेमा गलत हुने भनाई व्यक्त गरे । अपराध भागबण्डा गर्ने  चिज नभबताउँदै अपराध गर्ने कुरामा पतिस्पर्धा गर्न नहुने उनको भनाई थियो । नेकपा–माओवादीका  सेक्रेटरी प्रशान्त आर.सीले इन्सेकले गाउँ ठाउँमा भएका घटनाहरु समेट्न नसकेको बताए । घटनाहरुको निष्पिक्ष रुपमा रिपोर्टिङ गर्नुका साथै सदरमुकाममा भएका घटनालाई मात्रै रिपोर्टमा समेट्नु भन्दा पनि सबै घटना समेट्न आवश्यक रहेको बताए । जिल्लामा मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका अन्य संघ संस्थाहरुका अनुसार महिला हिंसाका घटनाहरु पछिल्लो समय सम्बन्धीत निकाय सम्म आउन थालेका छन् । घटनामा बृद्धि नभएको र बाहिर आउने कुरामा बृद्धि भएको महिलाका क्षेत्रमा काम गर्ने आवाज लगाएतका संस्थाहरुको भनाई छ ।

Friday, August 23, 2013

मालिका मन्दिर सुर्खेत जिल्लाको उत्तर पूर्वमा अवस्थित मटेला गाविसको वडा नं ४ स्थित मालिाका सामुदायिक वन क्षेत्र भित्र अवस्थित मन्दिर हो । सुर्खेत, दैलेख र जाजरकोट जिल्लाको मिलन विन्दुका रुपमा रहेको यो मन्दिरले तीन जिल्लाका छिमेकी गाविसका वासिन्दाबीच सुमुधुर सम्बन्ध कायम राख्न मद्धत गरेको छ । अल्गो पहाडमा अर्थात चुचुरोमा अवस्थित मन्दिरको धार्मिक तथा ऐतिहाँसिक महत्वका रुपले महत्वपूर्ण छ । उक्त मन्दिरमा गई आफूले चाहेको कुरा माग्दा मालिका बज्यैले बरका रुपमा उक्त कुरा पुरा गर्ने किम्बद्धन्ति रहेको छ । बर्ष भरी दर्शन गर्न सकिने उक्त मन्दिरमा हरेक बर्ष जनै पूर्णीमाको अघिल्लो दिन बिशेष मेला लाग्ने गर्दछ । उक्त दिन तीन जिल्लाका छिमेकी गाविसका साथै टढा टाढाबाट भक्तजन तथा दर्शनार्थीको भिड लाग्ने गर्दछ । हिन्दु परम्परा अुनुसार पुजा आजा गरिने मालिका मन्दिरमा उक्त दिन पुजा गर्न जाने मानिसहरुले आफ्नो घरमा उत्पादन भएको अन्न फलफूल लगि मन्दिरमा चढाउने गर्दछन् । सबैले चढाएका समानहरुको पण्डीतद्धारा विधिवत् पुजा आजा पश्चात मन्दिरको छानोमा राखिन्छ । पुजा आजा गरेको समानलाई पण्डितले मन्दिरको छानामा गई चारै तिर छर्ने (उल्चिन्छन) दर्शनार्थी अर्थात भक्तजनहरु भने भुईमा बर मागेर हात थापेर वसेका हुन्छन् । पण्डितले माथिबाट फालेको जुन वस्तु हातमा पर्छ त्यसैलाई बरका रुपमा स्विकार गरिन्छ अर्थात मालिका बज्यैले बर दिएको मानिन्छ । निसन्तानहरुले सन्तानको वर माग्दछन भने विद्यार्थीहरुले विद्या, सबैले आआफ्नो इच्छा अनुसार धन, वस्तु, सुख शान्ति आदीको बर माग्ने गरिन्छ । मालिका मन्दिरको एकातिर महत्व त छँदै छ उच्च स्थानमा रहेको उक्त चुचुरोबाट मध्यपश्चिमका विभिन्न जिल्लाहरु खुल्ला आँखाले हेर्न सकिन्छ । बाँकेको नेपालगंज, दैलेख बजार, भारतको रुपैडिया, लगाएत नजिकै रुपमा सिस्ने लगाएतका हिमालहरु पनि देख्न सकिन्छ । साथै त्यस ठाउँको अर्काे महत्वको रुपमा रहेको विभिन्न हिमाली भेगमा पाइने पंक्षी तथा जनावरहरु पनि पाइन्छ । डाँफे, मुनाल, कस्तुरी, मृग, घोरल, बँदेल, लोखर्केका साथै विभिन्न थरीका मौसम अनुसारका रंगी विरंगी फूलहरु र लालिगुँरास प्रसशस्त मात्रामा पाइन्छ । एक पटक मालिका पुग्ने जो सुकैलाई पुन जाउँ जाउँ लाग्ने र मन डोर्याउने दृष्य भनेको हरियाली वनजंगल, नजिकै रहेको घनघने गुफा, बुरुसे झरना, उत्तरतर्फ बग्ने खोला पनि हुन् । एक पटक सबैले पुग्नै पर्ने ठाउँ मालिका क्षेत्र सबैलाईजनालाई स्वागत गर्न आतुर छ ।
 गोविन्द खत्री मालिका प्रेमी

Thursday, August 8, 2013

गोविन्द खत्री
सुर्खेत, साउन ।
प्रायःजसो खाली र उजाड देखिने वीरेन्द्रनगर बजारको उत्तर पूर्वमा रहेको खुला मञ्च मंगलबार भने मानिसहरुको निकै चहलपहल थियो । खुला मञ्चको उत्तर पश्चिमा रहेको घण्टाघरको घडीमा मध्यान्नको १२ बजेर घडीको सुई आफ्नै गतीमा अगाडी सरीरहेको थियो, एक पछि अर्काे गर्दै समुह—समुहमा मानिसहरु खुला मञ्चमा जम्मा हुन थाले ।
ठुलो अनी खुला चौरमा बढेको हरियो दुबोमाथि राता हरिया र थरी थरीका पहिरनमा ठाउँ—ठाउँमा दुइ चार÷दुई चार जना गरी जम्मा भएका मानिसहरुले खुला मञ्चको शोभा बढेको थियो । चारै तिरबाट खुला मञ्चमा प्रवेस गरेकाहरु एकै ठाउँमा जम्मा हुने क्रम जारी थियो, कुनै संकेतै नगरी एकै छिनमा आकासबाट पानी बर्षियो । समय ढल्कीदै जाँदा आकास पनि अध्याँरो हुदै गएको थियो साउनको महिना भए पनि विहानैदेखि चर्काे घाम लागेकोले होला कतिले त ओड्ने छाता पनि ल्याउन बिर्षीयका थिए । एक छिन त एक अर्कासंग ओत लागेर चहुरमै उभिने प्रयास गरे तर आकासबाट पानी झन—झन ठुलो गरी पर्न थाल्यो । जम्मा भएका मानिसहरु आधा शरिर भिजुन्जेलसम्म पनि चौरमै उभिराखेपछि अन्ततः पानीको पनि केही सीप लागेन र विस्तारै कम हँुदै गयो । पानी पर्न पूर्णरुपमा रोकिएको थिएन चौरमा जम्मा भएका मानिसहरु कोही छाता ओडेर र कोही पानीको कुनै प्रवाह नै नगरी गोलो घेरामा गोलबद्ध भए कोही बीचमा उभिए कोही बाहिरबाट हेर्न थाले गोलो घेरामा उभिएरकाहरुले एकै छिनमा गित गाउन सुरु गरे ।
मंगलबार साउन महिनाको १५ गते परेकाले खुलामञ्चमा देउडा गित गाउन र सुन्न मानिसहरुको उपस्थित थियो । सुर्खेत लगाएत मध्य तथा सुदुर  पश्चिमका विभिन्न जिल्लाहरुबाट वसाई सरी सुर्खेतमा आएकाहरुले करिब चार बर्ष देखि प्रत्येक महिनाको एक र १५ गते वीरेन्द्रनगर खुला मञ्चमा जम्मा भएर देउडा गित गाउने गरेका छन् । विशेष गरी दैलेख, कालिकोट, जुम्ला, जाजरको, अछाम लगाएतका जिल्लाबाट सुर्खेत जिल्लामा  बसाई सरेकाहरुले हरेक महिनाको १ र १५ गते देउडा गाउन जम्मा भई खुल्ला मञ्चलाई भेट घाट र दुःख सुःख साटासाट गर्ने राम्रो थलोका रुपमा विकास गरेका छन् । उनीहरुले भेटघाट र मनोरञ्जन मात्रै होइन लोप हुदै गएको लोक तथा देउडा संस्कृतीको जर्गेना गर्ने प्रयास पनि गरेकाछन् । मौलिक तथा परम्परासंग जोडिएको लोक संस्कृती तथा परम्पराको प्रचार प्रसार र संरक्षणको अभावमा पश्चिमा संस्कृतीले आफ्नो स्थानको आकार बढाउँदै गएको समयमा सुर्खेतीहरुको यो काम उदारणीय बनेको छ । संस्कृती संरक्षण्का निम्त्ति आफूहरु संगठीत भएर अगाडी बढेको बताउँदै भेरी कर्णाली लोकसंस्कृती जागरण मञ्च सुर्खेतका सचिव कमल जिसीले संस्कृती संरक्षणको प्रयास स्वरुप हरेक महिनाको दुई दिन खुला मञ्चमा जम्मा भएर देउडा गाउने गरेको बताए । सचिव जिसीका अनुसार भेरी कर्णालीका वासिन्दाहरुमा लुकेर रहेका लोक संस्कृती र प्रतिभाको उजागर गरी संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको हो । सुरुमा आफूलाई समेत देउडा गित गाउन नआएको बताउने जिसी अहिलेका युवाहरु लोक संस्कृतीबाट टाढा हुदै पश्चिमा संस्कृती तिर आर्कर्षित भइरहेकाले नेपालीहरुको मौलिक संस्कृतीका रुपमा रहेको लोक संस्कृती बचाउने उद्देश्यले देउडा प्रति आकर्षित भएको बताउँछन् । जुम्लाको सिंजाबाट बसाई सरी सुर्खेत आएका विष्णुप्रसाद आचार्य अहिले ८१ बर्षका भए तर उनको लोक संस्कृती प्रतिको मोह र जोस भने तन्नेरी नै छ । उनी हरेक महिनामा खुला मञ्च आएर देउडा गाउने गरेको बताउँछन् । उनलाई अहिलेका युवा पिडिले लोकसंस्कृतीलाई नअंगालेकोमा दुःख लाग्छ, उनी अझै संरक्षणमा ध्यान नदिने हो भने मौलिक संस्कृती लोभ भएर जाने देख्छन् । लोक संस्कृती र देउडामा योगदान पु¥याएकी कलाकार भिमादेवि सुवेदी पनि अहिले लोकसंस्कृती संरक्षणको अभियानमा छन् । २०४९ सालमा रेडियो नेपालमा स्वर परिक्षण गराउँदा भिमादेविले गाएको गित “सुन बाजै हेर्दा राम्रो देखिने रैछ कालिकोट मेला...,” स्रोताका माझमा केही समय चर्चामा थियो । “हाट जाने हटारीले पानी खाया टिनमा, क्या विलरीपरी मलाई खेल्ने खाने दिनमा हाई नानै ..,” भिमा देविले गाएको यो गितले महिलाहरुको कथा व्यथाको प्रतिनीधित्व गरेको छ । देउडाले विशेष भाव बोकेको हुने भएकाले एक पुस्ताबाट अर्काे पुस्तामा इतिहांस पनि सिकाउने भिमादेविको भनाई छ ।  देउडा विशेष गरी मेला, पर्व, उत्सव र विबाह बर्तवनहरुमा गाइने मौलिक संस्कृतीका रुपमा भए पनि अहिले लोप हुदै गएको उनी बताउँछिन् । देउडा देवि देउताका पाला देखि सुदुर पश्चिममा गौच र कर्णालीमा देउडाका रुपमा विकास भएको उनको भनाई छ । लोक संस्कृती जोगाई राख्न अग्रजहरुको संरक्षण हुन नसकेको बताउँदै राज्यको तर्फबाट समेत प्रोत्सान दिने काम नभएको उनी बताउँछिन् ।  प्रचार प्रसारमा प्रमुख भूमिका रहेको सञ्चार माध्यमले पनि लोकसंस्कृतीलाई उचित स्थान नदिएको उनको गुनासो छ । देउडा लगाएतका मौलिकता बोकेका गितहरु एल्वम् निकाल्दा लाग्ने खर्च जुटाउन नसक्दा थुप्रै रचनाहरु कलाकारसंगै गुम्सिएर रहेको उनले बताइन् । लोक संस्कृतीको संरक्षण र मौलिकतामा सहयोग पु¥याउने गितका एल्वंम निकाल्दा सरकारले उचित सहयोग गर्नुपर्ने उनको भनाई रहेको छ ।  सुर्खेतमा अग्रज कलाकार प्रेमदेव गिरी, भिमादेवि लगाएतको अग्रसरतामा देउडा संस्कृतीको संरक्षणमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । जिल्लामा आयोजना हुने मेला महोत्वसमा देउडा प्रतियोगिता तथा प्रस्तुतीहरु देखाई संरक्षणमा लागेको भएपनि अग्रज तथा विभिन्न निकायको यसमा विशेष चासो नपुगेको देउडा तथा लोक संस्कृती प्रेमीहरुको भनाई रहको छ ।






सुर्खेत, २४ साउन ।
चोरीकामा संलग्न अधिकांश व्यक्तिहरुमध्ये आधाभन्दा बढी बालबालिका हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यलयका प्रहरी निरिक्षक लक्ष्मण
शाहीका अनुसार पछिल्लो समय सुर्खेतमा भैरहेका विभिन्नखाले चोरीका घटनाहरुमा अधिकांश १२ देखि १६ बर्षका बालकहरुको संलग्नता हुने गरेको छ ।
विशेषगरी घुम्टी, मोवाईल पसल, काठ तस्करी तथा अन्य खालका साना तथा ठुला चोरी कार्यमा बालकहरुको प्रत्यक्ष संलग्नता रहने गरेको प्रहरी निरिक्षक शाहीको भनाई छ । गत आ.व.मा जिल्ला प्रहरी कार्यालयले २० भन्दा बढी बालकहरुलाई चोरीको आरोपमा पक्राउ गरि छाडेको बताउँदै प्रहरी निरीक्षक शाहीले बालबालिका चोरीमा संलग्न हुनुले नियन्त्रणमा समेत चुनौती ल्याएको बताए ।
काठ तस्करी र साना तथा घुम्टी पसलहरु चोरीमा संलग्न बालबालिकाहरुले नै पछिल्लो समयमा मोबाईल पसल चोर्ने गरेको हुन सक्ने प्रहरीको आशंका रहेको छ । प्रहरी निरीक्षक शाहीका अनुसार उनीहरु ठुलाबाट प्रेरित भएर तथा परिवारको उचित मार्गदर्शन नपाएर चोरी गरेको देखिन्छ । “चोरीको आरोपमा पक्राउ पर्नेमध्ये ६० प्रतिशत जती बालबालिका हुन्छन्” उनले युगआह्वानसंग भने ।
निरीक्षक शाहीका अनुसार  अधिकांश घटनामा लहलहैमा लागेर वा नजानेरै उनीहरु चोरी कार्यमा संलग्न हुन्छन् । कसैलाई शंका नहुने गरी चोरीमा संलग्न गराएपछि बालबालिकालाई आपराधिक समूहले लुकाउने सक्ने बताउँदै शाहीले प्रमुख कुरा अभिभावकले आफ्ना बालबच्चाको निगरानी गर्नुपर्ने बताए ।
पक्राउ परेका बालकहरु परिवारको उचित निगरानी नपाएर पनि चोरीमा संलग्न भएको पाइएको छ । “छोरा छोरी स्कूल जान्छन भन्यो जे माग्यो त्यही दिने तर उनीहरुका क्रियाकलापबारे ख्याल नगर्नु नै मुख्य कम्जोरी हो,” शाहीले भने “अभिभावकले माया र पैसासंग संगै छोराछोरीको क्रियाकलापहरुका बारेमा पनि ख्याल राख्नुपर्छ ।” प्रहरी निरीक्षक शाहीका अनुसार बालबालिकाहरु लागुऔषध दुर्वेसनिमा समेत त्यत्तिकै मात्रामा फसेका छन् ।
“विद्यालय जाने बालबालिकाहरु नै लागुऔषध प्रयोग गरेको अवस्थामा भेटिन्छन् उनले भने “लागुऔषधमा फस्नेहरु पहिले गाजा चरेस सेवनबाट सुरु गर्छन ।” बालकहरुलाई कुइने पानी र विभिन्न ठाउँहरुबाट लागुऔषध सेवन गरीराखेको बेला प्रहरीले पक्राउ गरेको शाहीले बताए ।
बालबालिकाहरु दुर्वेसनीको सुरुवातको चरणमा प्रायः गाँजा चरेस सेवन गरेको अवस्थामा भेटिने गरेको शाहीको भनाई छ ।  बालबालिकालाई प्रयोग गरेर चोरी गराउने समूह हुन सक्ने बताउँदै उनीहरुलाई प्रहरी निगरानीमा राखिएको शाहीले बताए  । “उनीहरुलाई प्रमाण सहित समाउने दाउमा प्रहरी हुन्छ” उनले भने,“ठोस सूचना आउने बित्तिकै छापा मारेर समाउँछौं ।” पक्राउ गरिएका बालबालिकालाई सजाय दिनुभन्दा परामर्श दिएर राम्रो मार्गमा ल्याउनेतिर आफूहरु प्रयासरत रहेको निरीक्षक शाहीले बताए ।
नेपालको कानुनले १६ वर्षमुनिकालाई बालबालिका मानेको छ । प्रहरी निरीक्षक शाहीका अनुसार १० वर्षदेखि १४ वर्षकालाई ठूलालाई हुनेको आधा सजाय हुन्छ । ऐनको प्राब्धान अनुसार चोरी अपराधमा पहिलो पटक पक्राउ परेमा तीन महिना, दोस्रो पटकमा  ६ महिना र तेस्रो पटकमा १२ वर्ष हुँदै सजायको मात्रा बढ्दै जाने व्यवस्था छ ।
तीन वर्षभन्दा कम सजाय हुने मुद्धामा धरौटीमा छाडिने ऐनमा व्यवस्था भएको उनले बताए । मुद्धा चलाउनुपर्ने वा सजाय गर्नुपर्ने अवस्था आएमा उनीहरुलाई सुधारगृह पठाउनुपर्ने कानूनी प्राब्धान छ । उक्त गृह नभएको स्थलमा प्रहरी कारालयमा छुटै कोठा बनाएर ठूला व्यक्तिभन्दा भिन्दै ठाउँमा राख्नुपर्छ ।
बाल सुधार गृह र छुटै गृह समेत नभएकाले विभिन्न अपराधमा पक्राउ परेका बालबालिकालाई अभिभावकले लिन्न भन्दा पनि जबरजस्ती घरपठाउनु पर्ने अवस्था रहेको प्रहरी निरीक्षक शाहीले बताए । बालबालिकालाई अपराधिक घटनामा नलाग्न चेतनाजागृत गर्ने उद्देश्यले प्रहरीले जिल्लाका विभिन्न मावि तथा उच्च माविहरुमा अन्तरक्रिया र कक्षा चलाउने शाहीले बताएका छन् । शाहीका अनुसार साउन महिनाको अन्त सम्मा उपत्यका र आसपासका विद्यालयहरुपमा जनचेतना मुलक कक्षाहरु सञ्चालन गरिने छ ।

Friday, July 26, 2013

गोविन्द खत्री
सुर्खेत, १२ साउन
जिल्ला मालपोत कार्यालय सुर्खेतले आर्थिक वर्ष ०६९÷७० मा लक्ष्य भन्दा दोब्बर बढी राजस्व संकलन गरेको जनाएको छ ।
मालपोत कार्यालय सुर्खेतका कार्यलय  कमलप्रसाद पौडेलका अनुसार आव ०६९÷७० मा ४ करोड ५४ लाख ७० हजार ८ सय ८० रुपैया ५० पैसा राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षमा २ करोड ४२ लाख ५७ राजस्व संकलन भएकोमा १० दशमलव ६ प्रतिशतले राजश्व बृद्धि समेत भएको प्रमुख पौडेलले जानकारी दिए ।  कार्यालयले लिएको लक्ष्य भन्दा दोब्वरले बढी राजश्व संकलन भएको कार्यालय प्रमुख पौडेलले बताए । लिएको लक्ष्य भन्दा १ सय ६७ प्रतिशतले बढी राजश्व संकलन भएको हो । प्रमुख पौडेलका अनुसार रजिष्ट्रेशनतर्फ ४ करोड ४ लाख ७० हजार ७ सय ४३ रुपैया ५० पैसा, वित्तीय बैंकहरुबाट उठेको सेवा शुल्कमा ३६ लाख ७६ हजार ९ सय र विविधमा १३ लाख ७५ हजार ५सय २४ रुपैया राजश्व संकलन भएको हो । अचल सम्पति खरिद गरे आपाङ्गता, महिला र शहीद परिवारलाई २५ प्रतिशत छुट दिने सरकारी नीति अनुसार महिलालाई ४८ लाख ७२ हजार ६ सय ६७, दलित ५२ हजार ५२ सय अपाङ्गता २२ हजार २ सय ४२ रुपैया छुट दिएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।  महिला ४ सय ८५ , आपाङ्गता ३ र दलित ३ लाई छुट दिएको जानकारी प्रमुख पौडेलले जानकारी दिए । अघिल्लो आबमा १० हजार ४ सय ३४  रजिष्टे«शन संख्या रहेकोमा यस गत आबमा १० हजार ९ सय ७८ पुगेको छ । रजिष्ट्रेशन ग्रामिण क्षेत्रको ७ हजार ९ सय ४६ र नगरपालिका क्षेत्रमा १ हजार २ सय ७ रहेको उनले जानकारी दिए । कार्यालयको सेवा शुल्क संख्या तर्फ १ हजार ८ सय १५ रहेको उनले जानकारी दिए । मालपोत कार्यालयमा मुत्यु भएको मान्छेको जग्गाको नामसारीको विषयमा र अन्य विषयमा ४ सय ९३ वटा निवेदन आएको बताउँदै उनले ४ सय २४ वटा मुद्धा फरछौयोट भएको बताए । यसै गरी दाखीला गरे बाफत ५८ वटा निवेदन आएकोमा ५४ वटाको पर्छौयोट गरिएको , संशोधन सम्बन्धी २ सय ४५ वटा निवेदन आएकोमा २ सय २४ वटा फर्छौयोट गरिएको र श्रेस्ता कायममा ९ वटा निवेदन आएकोमा ७ वटाको फछौयोट गरिएको उनले जानकारी दिए । कार्यालयमा गत आव २०६८÷६९ मा ४ करोड ३५ लाख ४ सय ९ रुपैया राजश्व संकलन भएको मालमोत कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सुर्खेत, १२ साउन
संबिधान सभा मार्फत संबिधान निर्माण गर्नका निम्ति संघियता र संबिधानका बारेमा स्थानीय स्तर सम्म छलफल तथा संवाद गर्न आवश्यक रहेको सुर्खेत स्थित नागरिक समाजका अगुवाहरुले औल्याएका छन् ।
संस्थागत विकास सञ्जालको सहयोगमा शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको संघियतामा नागरिक समाजको भूमिका विषयक अभिमुखिकरण गोष्ठि तथा नागरिक संवाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । यस अघिको संविधान सभामा कस्तो संबिधान बनाउने र कुन आधार र संरचनामा संघियतामा जाने प्रष्ट नभएकै कारण संबिधान बन्न नसकेको बताउँदै नागरिक अगुवा चक्रमान बिकले आगामी संबिधाान सभाबाट संबिधानको सुनिश्चितताका लागि संबिधान र संघियताका बारेमा व्यापक छलफल र वहस आवश्यक रहेको बताए । जनपक्षीय र जनप्रिय संबिधान बनाउनका लागि नागरिक समाजले दबाब सृजना गर्नु पर्ने उनको भनाई थियो । राजनीतिक दलहरुसंग गरिएको नागरिक संबाद कार्यक्रमका अधिकांश सहभागीहरुले आगामी संबिधानसभा मार्फत संबिधानको सुनिश्चितता हुने की नहुने विषयमा प्रष्ट पार्न दलका नेताहरुलाई प्रश्न सुझाब दिएका थिए । एकिकृत नेकपा माओवादी क्षेत्र नं २ का इन्चार्ज जीतबहादुर रानाले एकले अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्नुले संघियताका विषयमा विवाद हुँदा गत संबिधानसभा विघठित भएको बताए । संघियताका विषयमा वहस गरी बहुपहिचान सहित वा एकल पहिचान कस्तो संरचनाको संघियता बनाउने भन्ने एजेण्डाहरु लिएर दलहरु निर्वाचनमा आउने भएकाले जनताले त्यसको निर्णायक भूमिका भोट मार्फत गर्नु पर्ने जिकीर गरे । अहिले संघियतामा पहिचानको लडाई  भैरहेको भन्दै यसको निर्णयका लागि उपयुक्त माध्यम निर्वाचन भएकाले सबै शक्तिहरु निर्वाचनमा जानुको विकल्प नभएको रानाको भनाई थियो । संवादमा सहभागीका प्रश्नको जवाफ दिँदै नेपाली कांग्रेसका जिल्ला सदस्य अनन्त पौडेलले विगतमा संबिधानसभामा दलहरुले गरेका कमिकम्जोरीका बारेमा जनता सामु भन्न लाज नमानी स्पष्ट पार्नु पर्ने बताए । नेकपा एमाले सुर्खतका सचिवालय सदस्य ऋषि गिरीले देश अहिले चरम संकटमा फसेको भन्दै शान्ति सुव्यवस्था कायम गर्नुका साथै प्राप्त उपलब्धी संस्थागत गर्नका लागि एक मात्र उपयुक्त विकल्प निर्वाचन र निर्वाचन बाट संबिधान निर्माण नै भएको बताए । उनले जनताहरुले पार्टीका दस्तावेज र विगतका क्रियाकलापलाई हेरेर म्यान्डेड दिन उत्तम पार्टीलाई मतदान गरी बहुमतले विजयी गराउनु पर्ने जिकीर गरे । नेकपा—माओवादी भेरी कर्णाली राज्य समितिका सदस्य इश्वरीभक्त सुनारले जनताका आकांक्षाका साथै जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संबिधानमा सुनिश्चित गर्ने ग्यारेन्टी भए आफ्नो पार्टी निर्वाचनमा जान तयार भएको बताए । विगत चार बर्षमा सम्पन्न गरिएका कामहरुलाई जनता सामु ल्याउनु पर्ने र संबिधान किन बनेन् भन्ने विषयमा व्यापक छलफल पछि मात्रै अर्काे निर्वाचन गर्न सकिने दाबि गरे । सुनारले बर्तमान निर्दलिय सरकार र चार दलले चुनावको निहुँमा लाखौँ गैर भारतीय नागरिकलाई नागरिकता दिदै देशलाई सिक्कीमीकरण गर्न खोजेको आरोप लगाए  । विदेशीको इशरामा ४ मंसिरमा चुनाव गर्न लागिएको भन्दै त्यो वास्तविक चुनाव भन्दा पनि द्वन्द्व निम्त्याउने खेल भइरहेको जिकीर गर्दै कुनै पनि हालतमा २ मंसिरमा चुनाब हुन नदिने बताए । राष्ट्रिय जनमोर्चा सुर्खेतका सचिव लालबहादुर नेपालीले नेपालको सन्दर्भमा संघियता उपयुक्त नभएको भन्दै जवरजस्तसंघियतामा गए राष्ट्रियता खतरामा पर्ने बताए । भारत युरोपका केही देशहरुले नेपालमा संघियता जवरजस्त लादी नेपाललाई टुक्र्याउने षडयन्त्र गरेको नेपालीको आरोप थियो । नेपाल मज्दुर किसान पार्टी सुर्खेतका अध्यक्ष मणीराम तिवारीले विघठीत संबिधानसभाले सम्पन्न गरिएको भनिएका कामहरुलाई निरन्तरता दिदै प्रतिनीधि सभाको चुनाव गराई बाँकी काम पुरा गर्न उपयुक्त हुने बताए । विगतमा संबिधान सभाबाट संबिधान निर्माण हुन नसकेकाले पुन त्यसैको अभ्यास गर्नु उपयुक्त नहुने उनको भनाई थियो । संवाद अन्तरनिर्भर समाजका कार्यक्रम संयोजक विवेक शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Saturday, July 20, 2013

गोविन्द खत्री
सुर्खेत, ५साउन ।
छिन्चु गाविस तल्लो थानेचौरकी टिका विसी गाउमा रहेको नेपाल राष्ट्रिय निम्नमाध्मिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन् । उनी गाविसमा रहेका विद्यालयहरुमा रहेका समिति मध्ये एक मात्र महिला अध्यक्ष हुन् र सुर्खेत जिल्लाकै नमूना पनि ।
गत असोज महिनामा भएको विद्यालय व्यवस्थापन समिति गठनमा अध्यक्ष हुनका लागि टिकाले निकै संघर्ष गर्नु प¥यो । एका तिर महिलाहरुले अध्यक्ष पदमा रहेर काम गर्न सक्दैन भन्ने भ्रम र लामो समय देखि पुरुषहरुले गाउँमा हुने सबै प्रकारका समितिहरुमा नेतृत्व जमाउँदै आएको अवस्था अर्काे तिर महिलाहरुमा नै हामी केही गर्न सक्छौँ भन्ने चेतनाको अभाव उनका लागि प्रमुख चुनौती थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा पुग्न निकै संघर्ष गर्नु परेको स्वयंम उनी बताउँछिन् । टिका अध्यक्ष भएपछि समितिमा महिलालाई दुई सिट मात्रै दिइयो ।
एक जना अध्यक्ष र एक जना  सदस्य । आफ्ना निमित्त अध्यक्ष पद समग्र महिलाहरुको अग्नि परिक्षाका रुपमा टिकाले लिएकी छन् । महिलाहरुले पनि अवसर पाएको खण्डमा काम गर्न सक्छन भनेर देखाउनका निम्ति पनि विद्यालयलाई सुधार गर्दै लैजाने र नमूना विद्यालय बनाउने उनको उद्देश्य रहेको छ । विद्यालयमा बिधुत जडान गरी यसै शैक्षिक सत्र देखि कक्षा ६ मा अनिवार्य विषयका रुपमा कम्प्युटर शिक्षा सञ्चान गरिएको उनले बताईन् ।
विद्यालयमा एउटा मात्रै भएपनि कम्प्यूटरको व्यवस्था छ । उनले केही गरेर देखाउनकै लागि भएपनि यस अघि कक्षा आठ सम्मका विद्यार्थी समेत भुईमा गुन्द्री बिच्छ्याएर पढ्ने गरेकोमा डेस्क बेन्च निर्माण गुर्नका साथै निःशुल्क रुपमा अध्ययन गर्ने वातावरण तयार गरेकी छन् । सुरुमा आफ्नो व्यक्तिगत रुपमा खर्च गरेर विद्यालयमा बिद्युत र बेन्च डेस्क निर्माण गरेकी उनले गाविसबाट अनुदान प्राप्त गरेको बताईन् ।
महिला भएकै कारणले गाविस सचिवले समेत विभिन्न बाहाना बाजीगरी रकम निकासामा अल्झाउन खोजेपनि दृढ र आत्मबलका साथ संघर्ष गरेकाले व्यवस्थापन गर्न सफल भएको टिकाले बताईन् । पहिलेका दिनहरुमा बजारतिर बन्द भएको समय र हल्लै हल्लामा विद्यालय बन्द गर्ने परिपाटी भएकोमा आफूले हल्ला र बजार तिरको बन्दकै कारण विद्यालय बन्द गर्न नदिएको र यसो गर्दा विद्यालयका प्रअबाट समेत असन्तुष्टी आएको उनी बताउँछिन् ।
टिका अहिले आफूलाई पछाडी फर्केर हेर्दा आफ्नो पहिलो प्रेरणा र चेतना तथा नेतृत्वको विकासमा सबै भन्दा ठुलो सहयोग पु¥याउने महिला नेतृत्व विकसलाई लिन्छन् । अक्सफाम नेपाल र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामको साझेदारीमा सञ्चालन भएको नेतृत्व विकास कार्यक्रमले केही गर्ने जोशलाई उजागर गर्न सहयोग गरेको बताउँछिन् ।
“पहिले त समितिमा बसेर हामीले काम गर्न सक्दैनौँ होला भन्ने लागथ्यो । दुई चार जना मान्छेको अगाडी उभिएर बोल्न पनि डर लाग्ने गर्दथ्यो । जिम्मेवारी लिने हो र निरन्तर दृढ भएर लाग्ने हो भने जस्तो सुकै काम पनि महिलाहरुले गर्न सकिँदो रहेछ भन्ने लागेको छ,” उनले भनिन् ।
मैनतडा—२ ठुलोजात्रीकी रमा विक पनि प्रभात प्राथमिक विद्यालयको व्यवस्थापन समितिको सदस्यमा रहेर काम गरिरहेकी छन् । विद्यालयमा यस अघिका बर्षहरुमा विद्यार्थीको नाम लेखाउन र मासिक शुल्क समेत लिने गरेकोमा रमाले बालबालिकाले निःशुल्क रुपमा पढ्न पाउनुुपर्ने आवाज उठाईन र त्यसलाई समुदाय र अभिभावकको साथ समर्थनले पारित समेत गरियो ।
छलफल कक्षाका महिला दिदिवहिनीको उक्त एजेण्डालाई रमाले व्यवस्थापन समितिको बैठकमा अडानका रुपमा अगाडी सारेको बताईन् । विभिन्न समिति उपसमितिहरुमा महिलाहरुलाई सहभागिताका लागि मात्रै सहभागी गराउने र उनीहरुका कुरालाई महत्व नदिने समस्याले समितिहरुमा जडो गाडेको सामाजिक परिवेशमा रमालाई पनि विद्यालय व्यवस्थापन समितिमा आफूले उठाएका विषयमा महत्व नदिनु सामान्य जस्तो लाग्यो र त्यसका लागि संघर्ष नै गर्नु प¥यो ।
संघर्षकैबीचमा आधा विद्यार्थीले पैसा दिएर भर्ना गरेपनि केही विद्यार्थीले भर्ना नगरे पछि अन्ततः असार १३ गतेको व्यवस्थापन समितिको बैठकबाट निःशुल्क पढाउने निर्णय गर्दै विद्यालयले भर्ना गर्दा लिएको ४८ हजार ३ सय शुल्क अभिभावकलाई फिर्ता गरेको रमाले बताईन् । उनी ठुलोेजात्री सामुलायिक वन उपभोक्ता समितिको समेत सदस्य पदमा रहेकी छन् ।
गुमी गाविस वडा नं. २ की हरिमाया विकलाई पहिले दुई चार जना मान्छेको अगाडी उभिएर आप्mनो परिचय दिन र आफ्ना कुरा राख्न लाज लाग्ने गर्दथ्यो । आज भोली उनले बोल्न आफ्ना कुरा राख्न मात्रै होइन् गाउँमा हरेका महिलाहरुलाई अधिकारका कुरा सिकाउने गरेकी छन् । 
समूहमा आवद्ध हुँदा र केही बोल्दा सुरु सुरुमा गाउँमा कतियपय पुरुष र महिलाहरुकै मुखबाट पोथी बासेको भन्ने अपमान सहनु परेको हरिमायको अनुभव छ । अरुको नकरात्मक कुराहरुलाई चुनौती र सकारात्मक कुराहरुलाई सुझाबका रुपमा लिएर अगाडी बढेपछि अहिले गाउँमा स्यावासी पाउने गरेको उनले बताईन् ।
समूहमा आवद्ध भएर बचत गर्ने, आयआर्जनका विभिन्न कामहरु सिलाई बुनाई तथा सामुहिक रुपमा वेसार आलु खेती गरी राम्रो आम्दानी समेत गरेपछि हाल सबैको सहयोग र विश्वास पाएकाछौँ, उनले भनिन् । ग्रामिण क्षेत्रमा पछाडी परेका महिलाहरु विभिन्न खाले चेतना मुलक कार्यक्रमले आफ्नो अधिकारका बारेमा बोल्ने भएकाछन्, रमा, टिका र हरिमाया जसका प्रतिनीधि मात्र हुन् ।
महिलाहरुले काम गर्न सक्दैनौँ समितिहरुका नेतृत्वमा पुरुषहरुलाई नै चयन गर्नुपर्छ भन्ने गलत बुझाई रहेका महिलाहरुले जनचेतना पश्चात विभिन्न समूह, समितिको नेतृत्वमा दावि गर्न थालेका छन् । विगत लामो समयदेखि महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएकी वाम संस्था सुर्खेतकी कार्यक्रम निर्देशक मधुरानी ढकाल सबै भन्दा ठुलो विकास भनेको चेतनाको विकास भएको बताउँछिन् ।
बाटो खन्नु र विद्यालय बनाउनु मात्रै विकास नभई त्यस भन्दा महत्वपूर्ण विकास भनेको चेतनाको विकास र शसक्तिकरण भएको ढकालको भनाई छ । “हिजो पनि विद्यालय थिए तर विद्यालयमा महिलाहरु पढ्न जाँदैनथ्ये, आज चेतनाको विकाससंगै विद्यालय जानको संख्या समेत बढेको छ,” उनले भनिन् ।
वाम संस्थाले महिला लक्षित गरी नेतृत्व विकास, मेरो अधिकार मेरो आवाज र खाद्य सुरक्षा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । गुमी, लेखफर्सा, दशरथपुर, छिन्चु, रामघाट, मैनतडा, कल्यान, नेटा, दशरथपुर साटाखानी गाविसमा कार्यक्रमहरु सञ्चालन गरेको छ । संस्थाले सञ्चालन गरेको नेतृत्व विकास कार्यक्रमका छलफल कक्षामा सहभागी भएपश्चात महिलाहरु विभिन्न समितिको मुख्य तथा सहायक पदमा पुगेका जनाईको छ । हाल सामुदायिक वन उपभोक्ता समुहमा ५ जना मुख्य र ५ जना अन्य पदमा, विद्यालय व्यवस्थापन समितिमा १ जना मुख्य र ८ जना अन्य, विद्यालय भवन निर्माण समितिमा २ जना मुख्य पदमा रहेको वाम संस्थाले जनाएको छ । संस्थाले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकारहरुसंगको बैठकमा सो कुराको जानकारी दिएको हो ।

Tuesday, July 16, 2013

गोविन्द खत्री,
वेपत्ता ईन्द्रा पुरीकि आमा ६५ वर्षिया भगवति पुरी
सुर्खेत, असार । “कति साल हो ठ्याक्कै सम्झना छैन संकटकाल कडा थियो, साउनको महिना दिउँसो १२ जति बजेको हुँदो हो  बजार जान्छु है आमा साँझ आउँछु भनेर घरबाट निस्किएकी हो, खै अझै पनि आएकी छैन् ।” वीरेन्द्रनगर १ ढोडेखालीकी भगवती पुरी यसरी सुनाउँदै थिईन आफ्नी छोरीको बारेमा ।
फोटोः  १४ वर्षिय छोरा सन्तोष पुरी ।
भगवतीले छोरी इन्द्रा पुरी बेपत्ता भएको झण्डै एक दशक वितिसक्दा पनि अझै पत्तो पाउन सकेकी छैनन् छोरीको अवस्थाका बारेमा । छोरी बेपत्ता भएको दश बर्ष बितेको छ दश बर्षमा भगवती आफूपनि बृद्ध भएकी छन् तर छोरी इन्द्राले “साँझ घर आउँछु है आमा” भनेको बाक्य उनका मनमा अहिले पनि ताजै छ । “बर्दिया विवाह भएको भएपनि जुवाईले अर्की श्रीमति विवाह गरेर इन्डिया गएपछि माइतमा बस्थी, छोरो चार बर्षको थियो घरबार बिग्रीएकी चेली हेला हुन्छन भन्छन माईतीले समेत राम्रो सहयोग नगरेपछि रुमाल, लेस बुनेर आफ्नो खर्च चलाउथी । त्यस दिन पनि धागो सकिएको छ धागो ल्याएर साँझ आउँछु भनेर बजार गएकी थिई” उनले भनीन् “साँझ परिसकेपछि पनि आईन एक छिन त बाटो हेरेँ, बजार तिर दाजुभाइ छन उतै बसी होली भोली आउले भन्ने ठान्यौँ, भोलिपल्ट पनि नआएपछि खोज्न सुरु गरेको खोज्दा खोज्दा दश बर्ष विती सकेछ ।” आँखा भरी आँस टिलपिल पार्दै मुस्किलले बोल्दै गर्दा उननको अनुहारमा एउटा आमालाई आफ्नो सन्तान हराउँदा हुने वास्तविक पिडा प्रस्ट झल्किन्थ्यो । पहिले पनि एक पटकबीचमा घर पठाउँदा कुरा भैरन्थ्यो घरमा माओवादीको अखडा हुन्थ्यो भन्थी । एकातिर लोग्नेको अपमान र वेवास्ता अर्काेतिर काखमा छोरा निकै पिरमा थिई पिरकै कारण माओवादीमा जाने सुर पो थियो की । गाउँकै मान्छेले इन्द्रा त पार्टीमा लागेकी रैछ हामीले भेटायौँ पनि भने । त्यस पछि मेरी छोरी जहाँ भएपनि जिउँदै होली भन्ने आशमा वसे ” भगवतीले भनीन् । माओवादीमा गएकी छ भन्ने सेनाले थाहा पायो भने सेनाले दुख्ख दिन्छ भन्ने डरलाग्यो भित्र भित्रै खोजी गरे तर त्यतिबेला मलाई साथ दिने कोही भएन् छोरीका बारेमा कुरा खोल्दा घाउँलाई चलाए जस्तो अनुभव गरी आशु झार्थिन कुरागर्दै जाँदा विस्तारै आँखामा आसु ओभाउँथे र केही हलुको भएको महशुस गर्थिन उनी । माओवादी पनि शान्ति प्रक्रियामा आयो माओवादीमा गएका गाउँघरका सन्तानहरु घर फर्कदाँ भगवतीलाई पनि उनीहरुसंगै आफ्नी छोरी पनि आउँछे की भन्ने लाग्थ्यो ।
कार्यक्रमबाट विजौरामा, वावियाचौर, उत्तरगंगा, अवलचिङ, गुमी, जर्वुटा र लेखपराजुलमा एक÷एक परिवार लाभान्ति भएको रेडक्रम सुर्खेतका सभापति लिलाराम सुवेदीले जानकारी दिए । त्यसैगरी लाटीको
शसस्त्र द्वन्द्वकालमा सुर्खेतबाट १३ नागरिक वेपत्ता भएको नेपाल सरकार शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये राज्यपक्षबाट तीन, विद्रोही पक्षबाट एक जना वेपत्ता पारिएको उल्लेख छ भने बाँकीको नखुलेको अन्र्तगत राखिएको छ । तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे शसस्त्र द्वन्द्वका क्रममा राज्य र विद्राही पक्षबाट एक हजार तीन सय ८० बढि नागरिक वेपत्ता भएको र उनीहरु अझैपनि परिवारको सम्पर्कमा नरहेको आईसीआरसीको तथ्यांकमा उल्लेख छ ।

हेर्दा हेर्दै धेरै परिवर्तन भए छोरीको खोजीका लागि कहाँ जाने कसलाई भन्ने भगवतीलाई केही थाहा भएन् । शान्ति समितिले पहिलो पटक निकालेको वेपत्ताहरुको सूचीमा आफ्नी छोरीको पनि नाम भएको गाउँकै मान्छेबाट सुनीन् । राज्यले नै बेपत्ताको सूचीमा राखे पछि आफ्नी छोरीको खोजी हुने भयो भन्ने भगवतीमा थोरै भएपनि आशा पलाएको थियो । तर शान्ति समितिले पछि छानविन गर्दा कुन पक्षबाट व्यपत्ता पारिएको हो भन्ने दरिलो प्रमाण खुल्न नसकेपछि राहतका लागि लगतबाट इन्द्राको नाम हटाइयो । राहतबाट समेत बञ्चि गरेपछि छोरीको आशामा रहेकी उनलाई झनै पिडा थपेको छ । ३ बर्षमा छोराछोडर घरबाट निश्किएकी इन्द्राको नासोे बनेका छन् सन्तोष पुरी उनी अहिले १४ बर्षका भएकाछन् । छोरीको को सम्झनालाई मत्थर पार्न नातिको अनुहार हेर्ने गरेकी  भगवतीलाई आज भोली नातिको भविष्यको चिन्ताले झनै सताउने गरेको छ । आमा व्यपत्ता भएपछि बुवा शहदेव पुरीले जन्म दर्ता समेत गरिदिएका छैनन् । नातिको लालन पालनको बाध्यता आई परेको भगवतीलाई ।   शान्तिसमितिको बेपत्ताको सूचिमा इन्द्रा पुरी २०६१ साल साउन ९ गते बेपत्ता पारिएकी उल्लेख गरिएको छ । उनी मात्रै होइन उनी जस्तै वेपत्ता पारिएका परिवार र आफ्न्तका आँखा अझै ओभाउन सकेकाछैनन् न त राज्यले आशु पुच्छन सकेको छ । बेपत्ताका परिवारको एउटै मात्र माग भनेको कि सास की लास चाहियो भन्ने छ । आफ्ना आफ्न्तको स्थितीका बारेमा जानकारी पाउनु र आफ्नो धार्मिक र साँस्कृतिक संस्कार अनुसार काज क्रिया गर्न पाउनु मानव उनीहरुको मानव अधिकार हो । चाहे राज्यबाट होस  वा विद्रोही अर्थात जो सुकैले बेपत्ता पारेपनि उसको खोजीनीति गर्नु राज्यको दायित्व भित्र पर्दछ । वेपत्ताका लागि भनेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छन् । विभिन्न संस्थाहरु मध्य एक हो अन्तराष्ट्रिय रेडक्रम समिति अन्र्तराष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का मध्य तथा सुदुरपश्चिम संयोजक कविराम मगरले कसले कहाँबाट वेपत्ता पारेको हो भन्ने आधिकारीक नभई खोजीको पहल गर्न गाह्रो हुने प्रतिक्रिया दिए । द्वन्द्वका क्रममा मारिएका, घाईते भएका र वेपत्ताका पारिएका परिवारहरुको अनिश्चित क्षती  वा असहज परिस्थितीलाई मनोसामाजिक सहयो गर्ने उद्देश्यले हातेमालो कार्यक्रम अहिले सुर्खेतका १३ गाउँ विकास समिति र एक नगरपालीमा लागु भएको छ । 
ईली, गढिमा र लेखफर्सामा २, छिन्चुमा ३, दशरथपुरमा ४, र वीरेन्द्रनगरमा ३ परिवार हातेमालो कार्यक्रमबाट लाभान्वित भएको रेडक्रसले जनाएको छ ।

Sunday, July 14, 2013

रतु गाविसलाई अनिवार्य तथा निःशूल्क शिक्षा प्रदायक गाविस  घोषणा समह्रोह । फाईल फोटो
गोविन्द खत्री
सुर्खेत, ३० असार
सुर्खेत जिल्लाका २४ गाविसलाई आर्थिक बर्ष २०६९÷०७० सम्ममा आधारभूत तहमा अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक गाविस घोषणा गर्ने लक्ष्य लिईएपनि हाल सम्म २० गाविस मात्रै घोषणा भएका छन् ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतले चालु आबको असार मसान्त (आज) सम्ममा निर्धारण गरिएका सबै गाविसलाई घोषणा गरिसक्ने बताएको थियो । तर आर्थिक बर्षको अन्तिम दिन (आज) सम्म ४ वटा गाविस घोषणा हुन बाँकी रहेका छन् । निर्धारण गरिएका मध्ये मैनतडा, लेखफर्शा, घाटगाउँ र उत्तरगंगा गाविसलाई अनिबार्य तथा निःशुल्क शिक्षा प्रदायक गाविस घोषणा गर्न बाँकी रहेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले बताए । यस भन्दा अघिल्लो आर्थिक बर्षमा दश गाविसलाई अनिबार्य तथा निःशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिएको थियो । आर्थिक वर्ष २०६९÷०७० मा जिल्लामा रहेका स्रोत केन्द्रमध्ये एउटा स्रोत केन्द्रमा कम्तिमा एउटा गाविसलाई निःशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरी अनिवार्य तथा निःशूलक शिक्षा प्रदायक गाविसको संख्या २४ पु¥याउने जिल्ला शिक्षा कार्यालयको  योजना रहेको थियो । जिल्ला शिक्षा कार्यालयका अनुसार हाल सम्ममा गर्पन, दशरथपुर, रामघाट, कुनाथरी, बावियाचौर, लाटिकोइली, मालारानी, नेटा, कल्याण, लेखगाउँ, हरिहरपुर, मेहलकुना, धारापानी, कुनाथरी, रतु, तातापानी, डाँडाखाली, अवलचिङ्ग, काप्रिचौर र पोखरीकाँडालाई निःशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिएको छ ।
गाविस सचिव परिवर्तन हुने तथा समन्वयको अभावका कारण केही गाविस निःशूल्क तथा अनिवार्य शिक्षा प्रदायक घोषणा हुन नसकेको बताउँदै बाँकी रहेका चार गाविसलाई पनि साउन महिना भित्रै घोषणा गरिने जिल्ला शिक्षा अधिकारी उपाध्यायले बताए ।
उनले बाँकी गाविसमा त्यसका लागि गतिविधी चलिरहेकाले निर्धारण गरिएका सबै गाविस लाई चार पाँच गते भित्रै घोषणा गर्ने तयारी भइरहेको बताए । नेपाल सरकारले सन् २०१५ सम्मा सबैलाई शिक्षाको पहुँचमा समेट्न चलाएको सबैका लागि  शिक्षा अभियान अन्तर्गत सुर्खेतका थप १४ गाविसलाई आर्थिक बर्ष २०७०÷०७१ भित्रमा अनिवार्य तथा निःशूल्क शिक्षा प्रदायक गाविस घोषणा गर्ने जिल्ला शिक्षा कार्यालयले लक्ष्य लिएको छ । विद्यालयमा दरबन्दी तथा अन्य साधनस्रोतको उचित व्यवस्थापन नगरी  अनिवार्य तथा निःशूल्क शिक्षा प्रदायक गाविस घोषणा गर्दा विद्यालयमा प्रभावकारी कार्यन्वयनमा समस्या उत्पन्न भएको सम्बन्धीत विद्यालयहरुको भनाई रहको छ । विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलना गर्ने भनिए पनि हाल सम्म पनि पूर्ण रुपमा दरबन्दी मिलानको काम हुन नसक्नु र जिल्ला शिक्षा कार्यालयबाट हुने साधन स्रोत तथा दरबन्दीको उचित बाँडफाँड नहँुदा अनिवार्य तथा निःशूल्क घोषणा प्रभावकारी नभएकाले यस तर्फ जिल्ला शिक्षा कार्यालयले ध्यान पु¥याउन आवश्यक देखिन्छ । घोषणा भैसकेका कतिपय विद्यालयहरुले अंग्रेजी शिक्षा सञ्चालनका नाममा त कुनै विद्यालयले अभिभावकबाट स्वच्छिक सहयोगका नाममा शूल्क लिने गरेकाछन् । अनिवार्य तथा निःशूल्क शिक्षा कार्यक्रमलाई प्रभावकारी कार्यन्वयनका लागि अनुगमन तथा विद्यालयको अवस्था र आवश्यक्ता हेरी सहयोगको समेत आवश्यक देखिन्छ ।    

Saturday, July 13, 2013


गोविन्द खत्री
सुर्खेत, २८ असार
वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले वीरेन्द्रनगरलाई बालश्रम मुक्त बनाउने बताएका छन् ।
आवाज संस्थाले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको श्रमिक बालबालिकाको अधिकार संरक्षण र बाल श्रमशोषण न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । उनले सबैको सहयोगमा वीरेन्द्रनगरलाई बाल श्रममुक्त नगरपालिकाका रुपमा अगाडी बढाउने योजनामा रहेको बताए । नगरपालिकामा अन्य क्षेत्र भन्दा बढी मात्रामा बाल श्रमिक भएकाले पनि बाल श्रम रोक्न त्यति सजिलो नभएको बताउँदै उनले सबैको सहयोग र सहकार्यमा वीरेन्द्रनगरलाई बाल श्रममुक्त नगरपालिका बनाउन सकिने बताए । योजनालाई अगाडी बढाउनका निम्ति जिल्ला स्तरीय कार्यशाल गरी ठोस कार्ययोजना बनाई अगाडी बढ्न आवश्यक रहेको बताउँदै त्यसका निम्ति आफूले विशेष पहल चाल्ने बताए । सुर्खेत जिल्लामा कति बाल श्रमिक छन भन्ने पछिल्लो तथ्याङक नभएपनि जिल्ला बालकल्याण समितिले २०६६ सालमा निकालेको तथ्याङ्कलाई आधार मान्ने हो भने ७ देखि १४ बर्ष उमेरका १ हजार एक सय ८९ जना बालश्रमिक सुर्खेतमा छन् । जसमध्ये सबैभन्दा धेरै ५ सय ५७ बालबालिका घरेलु श्रमिक रहेकाछन् । पछिल्ला तीन चार बर्षको अबधी भित्र जिल्लामा बालश्रमिकको संख्या घटेको नभई पहिलेको तुलनामा बढेको सरोकारवालाहरुको अनुमान छ । आवाज संस्थामा विभिन्न हिंसामा परी आर्थिक बर्ष २०६९÷०७० मा ७३ जना बालबालिकाले सेवा लिएको संस्थाको तथ्याङ्क छ । बाल श्रममुक्त मात्रै गर्ने भन्दापनि उनीहरुको सर्बाेत्तम हितलाई हेरेर आवश्यक कदम चाल्नु पर्ने आवाज संस्थाकी कार्यक्रम निर्देशक पवित्रा शाहीले बताईन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख टंकप्रसाद चापागाईले बालश्रम र बालदुव्र्यबहार सरोकारला सबैको समस्या भएकाले बालश्रम बिरुद्ध सबैको एक्यबद्धता हुन जरुरी रहेको बताए । कनुै पनि कानून बन्दैमा समस्याको समाधान हुन नसक्ने भन्दै चापागाईले सबैले संबेदनशील भएर लाग्ने हो भने बालश्रम मुक्त गर्न सकिने बताए । कार्यक्रममा बोल्दै जिल्ला बालकल्याण समिति सुर्खेतकी बाल अधिकार अधिकृत रमा भण्डारीले बाल श्रमको मुख्य कारण गरिबी र जनचेतनाको अभाव भएकाले यस तर्फ सबैले ध्यान दिनुपर्ने बताईन् । बालश्रम अन्त्यका लागि यही साउन महिना देखि जिल्ला स्तरमा विशेष अभियान सुरु गरिने भण्डारीले बताइन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक लक्ष्मण शाहीले पछिल्लो समय बालबालिकाहरु चोरी जस्ता घटनामा प्रत्यक्ष संलग्न हुने गरेको पाईएको बताउँदै बालश्रमले अपराध समेत निम्त्याउने भएकाले यसलाई न्यूनिकरण गर्न लाग्नु पर्ने बताए ।  कार्यक्रममा विभिन्न विद्यालका शिक्षक, संस्थाका प्रतिनीधि लगाएतको उपस्थीति रहेको थियो ।


Thursday, July 11, 2013

गोविन्द खत्री
सुर्खेत, २७ असार  ।
जनसंख्या बृद्धिलाई कम गर्ने विभिन्न उपायहरु मध्य एक हो ढिलो गरी विवाह गर्ने । चाँडै विवाह गर्दा स्वास्थ्यका हिसाबले त नकारात्मक हुन्छ नै सन्तान उत्पादन धेरै हुने र जनसंख्या समेत बृद्धि हुने गर्दछ ।
चिकित्सकहरुका अनुसार चाँडो विवाह गर्नु भनेको प्रजनन् प्रक्रियामा चाँडै सहभागी हुनु हो, कम उमेर मै गर्भाधान गर्नु हो । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार नेपालमा बार्षिक १५ देखी १९ बर्ष समूहका १७ प्रतिशतभन्दा बढी किशोरीहरुले गर्भाधान गर्ने गर्दछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत र मध्यपश्चिम स्वास्थ्य निर्देशनालयले विश्व जनसंख्या दिवस २०१३ को अवसरमा बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यशाला गोष्ठिमा यस्तो जानकारी दिइएको हो ।
३३ प्रतिशत अशिक्षित महिलाहरु किशोरी अवस्थामानै गर्भाधान गर्ने गर्दछन् । आर्थिक बर्ष २०६९÷०७० मा सुर्खेत जिल्लामा पहिलो पटक गर्भजाँच गराउने किशोरीहरुको संख्या २८ सय ३५ रहेको छ । अघिल्लो बर्षको तुलनामा भने कम हो अघिल्लो आर्थिक बर्षमा ३२ सय ९७ किशोरीहरुले पहिलो गर्भ जाँच गराएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका जनसंख्या व्यवस्थापन फोकल पर्सन लोकबहादुर शाहीका अनुसार जम्मा गर्भवती महिलाको संख्याको अघिल्लो बर्ष ४ दशमलव २ प्रतिशत किशोरीले गर्भजाँच गराएको मा गत आर्थिक बर्षमा ३ दशमलव ७८ प्रतिशत किशोरीहरुले गर्भ जाँच गराएका थिए ।  केही कमि आए पनि सोचे जस्तो उपलब्धि हुन नसकेको शाहीले बताए ।
प्रवेशिका वा सो भन्दा माथी पढेका करिब चार सय मात्र किशोरीहरुले गर्भाधान गर्दछन् । भने परिवार नियोजन साधनको ज्ञान भएता पनि यसको प्रयोग विवाहित किशोरीहरुमा अत्याधिक कम भएको शाहीको भनाई छ । एनडिएचएसका अनुसार हाल विवाहित किशोरीहरु मध्ये १७ दशमलव छ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गरिरहेका छन् ।
गर्भाधानमा सोचे जति कमि नआउनु मा किशोरीहरुमा परिवार नियोजनका अस्थायी साधनको उपलब्धता नहुनु पनि एक महत्वपूर्ण कारण हो । स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था एनडिएचएस अनुसार १५ देखी १९ बर्षका विवाहित ४१ दशमलव ५ प्रतिशत किशोरीहरुमा परिवार नियोजनको अपरिपूर्ति माग छ ।
शाहीका अनुसार आनो प्रजनन् दर नियन्त्रण गर्न चाहने किशोरीहरुमा परिवार नियोजन साधनको पहुँच सुलभ हुने हो भने साधन प्रयोगदर ३ देखि ४ गुणा बढेर ५९ प्रतिशत हुनसक्ने देखिन्छ । गर्भावस्था र सुत्केरी भएपछी हुने समस्याहरु २० बर्ष भन्दा मुनिका महिला ९किशोरी० हरुमा बढी देखिने शाहीले बताए ।
किशोरी अवस्थामा गर्भधारण गर्दा आमाको मृत्यु हुन सक्ने सम्भावना परिपक्क अवस्थाको दाँजोमा ५ देखी १० गुणा बढी हुन्छ । किशोरावस्थामा बच्चा जन्माउँदा जोखिम समेत बढि हुने बताउँदै शाहीले आमा मर्न सक्ने सम्भावना २ गुणा बढ्ने बताए । यो सम्भावना १५ बर्ष मुनि उमेरमा ५ गुणा बढी हुने, बच्चा मर्न जाने सम्भावना डेढ गुणा बढी हुने, असुरक्षित गर्भपतन हुन जाने शाहीको भनाई छ ।
विश्वमा बर्षेनि २० लाख यस्ता असुरक्षित गर्भपतन हुने गर्दछन् । अत्याधिक रगत बगेर ज्यान जान सक्ने, रक्त अल्पता हुन सक्ने सम्भावना बढी हुन्छ भने किशोरावस्थामा बच्चा जन्माउँदा मरेको र कम तौल बच्चा जन्मिने सम्भावना बढ्ने शाहीको भनाई छ ।
जनसंख्या व्यवस्थापनका लागि स्थानीय विकास अधिकारीको अध्यक्षतामा रहेको जनसंख्या व्यवस्थापन समितिले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि उचित उपलब्ध हाँसिल गर्न नसकेको स्वयम समितिको भनाई छ । जनसंख्या व्यवस्थापन कार्यक्रम अन्र्तगत यस बर्ष सुर्खेतमा ८ लाख ७७ हजार खर्च गरिएको छ ।
तेह्रौं त्रिबर्षिय योजना अनुरुप सबै बर्ग क्षेत्र र उमेरका नागरिकहरुमा जनसंख्या व्यवस्थापनको कार्यक्रम पु¥याई सन् २०२२ सम्म प्रजनन दर प्रतिस्थापनमा पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार हाल नेपालमा २ दशमलव ६ प्रतिशत प्रजननदर रहेको छ  भने १ दशमलव ३५ प्रतिशत बार्षिक बृद्धिदर रहेको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रको बार्षिक जनसंख्या बृद्धिदर १ दशमलव ६५ र सुर्खेतको १ दशमलव ९५ प्रतिशत रहेको छ । सुर्खेतको जम्मा जनसंख्या ३ लाख ५० हजार ८ सय ४ रहेको छ । दिवसको अवसरमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा  प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जनसंख्या व्यवस्थापनका लागि रणनीति तयारी गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।
जनसंख्याको प्रत्यक्ष रुपमा विकाससंग सम्बन्ध हुने भएकाले विकासका लागि जनसंख्याको सहि व्यवस्थापन आवश्यक रहेको बताए । जिल्ला जनसंख्या व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले जनसंख्या शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गरे जनसंख्या व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

Tuesday, July 9, 2013


सुर्खेत, २५ असार ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अपराधका घटना नियन्त्रण र न्यूनिकरणका लागि विशेष सुरक्षा अभियान सुरु गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार अभियानका बारेमा जानकारी गराउनुका साथै सुझाव संकलन गर्ने उद्देश्यले सरोकारवालाहरुबीच अन्तरक्रिया समेत गरेको छ । 
अभियानका बारेमा जानकारी गराउँदै सुर्खेत जिल्ला प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (एस.पी) विश्वनिरञ्जन प्रधानले लागु औषधको कारोबार तथा नियन्त्रण, घरेलु तथा मादक पदार्थको उत्पादन तथा बिक्री बितरण, चोरी तथा लुटपाट नियन्त्रण, गुण्डागर्दी तथा देहव्यापार नियन्त्रणका विषयमा निगरानी बढाएको छ ।
त्यसैगरी ट्रापिmक नियम उलंघनकर्ता उपर कारवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना हेल्मेट मोटरसाईकल चलाउने, तीन जना वा बढी चढने, तीव्र गतीमा चलाउने, लगायतका अभियान सञ्चालन गर्ने बताए ।
आर्थिक बर्ष २०६९÷०७० मा जिल्ला प्रहरी कार्यालयमा तीन सय १७ जम्मा मुद्दा दर्ता भएको एस.पी. प्रधानले जानकारी दिए । दर्ता भएका मुद्धाहरुमा जघन्य अपराध ९२, जवरजस्ती करणीका ३० , बालबालिका सम्बन्धी ७ (बाल बिवाह समेत), चोरी अपराध १०, सार्वजनिक अपराध ४६, लागुऔषध अपराध २८ रहेको प्रधानले जानकारी दिए ।
विगतका बर्षहरुको अपराधिक गतिविधीलाई ध्यान दिँदै नियन्त्रणका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने प्रधानले बताए । लागुऔषध दुव्र्यसनि नियन्त्रणका लागि सरकारी तथा निजी विद्यालयहरुसंग सहकार्य गरी विद्यालय  सम्पर्क कार्यक्रम गर्ने, सरकारी तथा गैर सरकारी संघ–संस्थाहरुसंग समन्वय गरी लागुऔषध विरुद्ध सडक नाटक तथा ¥याली गर्ने, लागुऔषध दुव्र्यसनिको पहिचान गरी कानुनी  कारवाही गर्ने प्रहरी प्रमुख प्रधानले बताए ।
घरेलु मादक पदार्थ नियन्त्रणका लागि नगरपालिका, गा.वि.स., संघ संस्थाहरु तथा स्थानीय क्लवहरुसंग समन्वय गरी आवश्यकता अनुसार सहयोग माग गर्ने, अवैध मदिरा उत्पादन तथा विक्रि वितरणमा संलग्न होटेल, भट्टी तथा व्यक्तिहरुको जाँच गरी आवश्यक कारवाही गर्ने योजना सार्वजनिक गरिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जाँचलाई सक्रिय गराउने, सवारी चालकलाई स्थलगत प्रशिक्षण एवम सचेतनामुलक जानकारी दिने, पैदल यात्रीहरुलाई ट्राफिक संकेत तथा नियम बारे सचेतना कार्यक्रम गर्ने, विद्यालय सम्पर्क कार्यक्रम संञ्चालन गर्ने ।
साथै चोरी नियन्त्रणका लागि सादा पोशाकमा विशेष प्रहरी टोली परिचालन गरी सूचना संकलन गर्ने, रात्री पैदल गस्तीको संख्या बढाउने, श्ांकास्पद ठाउँ तथा चोकहरुको पिकेट ड्यूटीलाई प्रभावकारी बनाउने र मोबाईल गस्ती सक्रिय बनाउने कार्यक्रमहरु अगाडी सारिएको छ ।   प्रधानले अभियानलाई सफल पार्नका लागि सबैलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
               प्रहरी सेवा आधुनिकीकरण गर्न आवश्यक छ ः भण्डारी
मध्यपश्चिमाञ्चल प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेन्द्र सिंह भण्डारीले अहिले प्रबिधिको विकास भैसकेकाले प्रहरी सेवालाई समेत आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको विशेष अभियानको जानकारीका गराउनुका साथै भण्डारीसंग परिचयात्मक  कार्यक्रममा यस्तो बताएका हुन् । “प्रबिधिको जमाना आएको छ, उनले भने “प्रहरीको पुरानै डण्डाको तालले हँुदैन आधुनिकिकरण गर्न खोजिरहेका छौँ ।”
समाज परिवर्तन र शान्ति स्थापनाका लागि प्रहरी एकातिर र समाज अर्काे तिर भए संभव नहुने भन्दै प्रहरीलाई आग्रह भन्दा पनि आदेश र परिचालन गर्नुपर्ने बताए । स्थानीय समस्याहरुको वस्तुगत पहिचान गरी समाधानका लागि कार्ययोजना अघि बढाउनुपर्ने बताउँदै त्यसका निम्ति प्रहरी सहयोग गर्न सधैँ तयार रहेको बताए ।
उनले प्रहरीलाई कति परिचालन गर्ने भन्ने विषय समाजको हातमा हुने र समाजले शान्ति स्थापना र अपराध न्यूनिकरणका लागि तत्परता देखाए प्रहरीले त्यसमा सहयोग गर्ने र लागि पर्ने बताए ।
लागुऔषध तथा अन्य अपराध न्यूनिकरणका लागि त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई हतोत्साहित गर्न तर्फ उन्मुख हुनुपर्ने उनको भनाई थियो । मध्यपश्चिमाञ्चल क्षेत्रकै सुरक्षा र सुव्यवस्थाका लागि हिमाल, पहाड र तराईमा छुट्टा छुट्टै कार्ययोजना बनाएर लागि रहेको बताउँदै त्यसैको निरन्तरताका लागि बाँकेमा सांगठनिक अपराध न्यूनिकरण योजना सुर्खेतमा विशेष अभियान र अन्य जिल्लामाहरुमा पनि सोही अनुरुपका अभियानहरु सञ्चालन गरिने भण्डारीले बताए ।


Monday, July 8, 2013

सुर्खेत, २५ असार 
सुर्खेत जिल्लाका आँप खेति गर्ने कृषकहरु आँप पाक्नै लाग्दा पनि खरिदका लागि व्यापारीहरु नआएपछि कुहीने होकी भन्दै निरास भएकाछन् ।
विगतका बर्षहरुमा भन्दा यस बर्ष राम्रो उत्पादन हुने देखिएपछि सुरुमा आँपबाट राम्रो संभावना देखेका कृषकहरु आँप रुखमै पाक्न लाग्दा समेत बिक्रि नभएपछि बिक्रि नै नहुने होकी भनी निरास भएकाहुन् । सुर्खेतका रामघाट, दशरथपुर, मेहलकुना, साहारे, लेखफर्सा, गुमी, मैनतडा, बाबियाचौर लगाएतका गाविसमा व्यावसायिक आँप खेति गरिदै आएको छ । जिल्लामा करिब दुई सय ८० हेक्टर क्षेत्रफलमा आँप खेति गरिने र तीन हजार मेक्ट्रिकटन भन्दा बढी आँप उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख बिजय गिरीले बताए ।  जिल्लामा फलफूल खेति मध्ये आँप खेति सबै भन्दा बढी र राम्रो मानिन्छ । आँपलाई खेतिनै प्रमुख खेतिका रुपमा गदै आएका कृषकहरुलाई क्षती हुँदा असर पुग्ने गरेको छ । रामघाट ४ का रमेश खत्रीले दुई विगाह जमिनमा आँप खेति गरेको र व्यापारीहरु आँप खरिदका लागि नआएपछि रुखमै पाकेर छर्ने गरेको बताए । बिक्रिका लागि छिन्चु र वीरेन्द्रनगर बजार सम्म लिदा पनि बिक्रि नहुने र बिक्रि भएपनि उचित मूल्य नपाएको उनको भनाई छ ।  यता जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख विजय गिरीले अहिले तराई र भारतको आँपले गर्दा बजार नपाएपनि केहि समय मै बजार पाउने भन्दै किसानहरुलाई आत्तियर काचो आँप नबेच्न आग्रह गरेकाछन् । सुर्खेतमा उत्पादन हुने आँप विगतका बर्षहरुमा पोखरा  लगाएतका ठाउँमा बिक्रि हुने गरेको र यस बर्ष व्यापारीहरु नआएको बताए । हाल सम्म कार्यालयमा प्रत्यक्ष रुपमा कुनै किसानले बजारको लागिा आग्रह नगरेको बताउँदै गिरीले बजारको लागि सहकारी वा समुह मार्फत आएमा समन्वय गर्ने बताए । विगतका बर्षहरुमा कृषकहरुले काँचो आँप बिक्रि गरेकाले ग्राहकहरुमा समेत सुर्खेतको आँप राम्रो हुदैन भन्ने बुझाई परेकाले समेत राम्रोसंग पाक्ने समय भएपछि मात्रै बिक्रि गर्न समेत गिरीले आग्रह गरेकाछन् ।    

सुर्खेत, २३ असार
शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रथम जिल्ला सरसफाई सम्मेलन सुर्खेत १५ बुँदे घोषणा गर्दै आईतबार सम्पन्न भएको छ ।
सुर्खेत जिल्लालाई बि.सं २०७३ (सन् २०१५) अगावै खुला दिसामुक्त जिल्ला वनाउन सञ्चालित अभियानलाई सरसफाई गुरुयोजना, सुर्खेत घोषणा पत्र २०६६, नेपालगंज प्रतिबद्धता पत्रका आधारमा थालिएका सामुहिक प्रयासहरुलाई सफल बनाउन सुर्खेत घोषणा पत्र २०७० जारी गरिएको हो । हाल सम्म भएका उपलब्धीहरुलाई संस्थागत गरी सहकार्यको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सरसफाई आन्दोलनलाई सशक्त बनाउन १५ प्रतिबद्धता सहितको घोषणा पत्र जारी गरिएको छ । घोषणा पत्र मार्फत जिल्लालाई सन् २०१५ अगाबै खुला दिसामुक्त क्षेत्र बनाई पूर्ण सरसफाई उन्मुख गराउने, दुई बर्ष भित्रमा सरसफाई सम्बन्धी रणनीतिक कार्ययोजना तर्जुमा गर्ने, खुला दिसा गर्नुलाई सामाजिक अपराध घोषणा गर्ने उल्लेख गरिएको छ । “हामी सुर्खेत जिल्लावासीहरु आफ्नो चर्पी आफै बनाउन सक्षम छौँ”, घोषणा पत्रमा उल्लेख गरिएको छ “व्यक्तिगत चर्पी निर्माण गराउन हाम्रो समाजमा अन्तयन्त असक्त अवस्थामा रहेका व्यक्ति र परिवारलाई सहयोग गर्नु हाम्रो आफ्नो दायित्व ठान्छौँ ।” सुर्खेत जिल्लाको सहरी क्षेत्रमा सरसफाईका लागि सार्बजनिक शौचालयको निर्माण, पानीको पुनः प्रयोग, पनरभरण र फोहोरमैला उचित व्यवस्थापनका साथै प्लाष्टिक रहित सहरको रुपमा विकास गर्ने घोषणा गर्दछौँ, घोषणा पत्रमा उल्लेख गरिएको छ । राजनैतिक दलहरुले आफ्नो प्रतिष्ठा र साझा दायित्व ठानी अभियानमा साझा कार्ययोजना बनाई कार्यन्वयनका लागि स्थानीय कमिटि तथा भातृ संगठनहरुलाई निरन्तर परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । सञ्चारकर्मीहरुले आफ्नो भूमिकालाई अझ प्रगाढ र फराकिलो बनाउँदै रेडियो कार्यक्रम, टेलिभिजन तथा पत्रपत्रिकामा सन्देशमुलक सूचना÷समाचार प्रकाशन तथा प्रसारण गरी प्राथमिकता प्राप्त सामूहिक अभियानको रुपमा विकास गर्ने प्रतिबद्धता गरेकाछन् ।  सरकारी कार्यालयहरु, विकास साझेदार तथा अन्य गैरसरकारी संस्थाहरु, जिल्ला जनस्वास्थय कार्यालय, सरसफाई तथा स्वच्छता सम्बन्धीका समिति उपसमितिहरु, सामुदायिक वन उपभोक्ता समितिहरु, सहकारी संस्थामा आबद्ध व्यक्ति, उद्यमी, व्यापारीले पनि अभियानमा सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेकाछन् । सरसफाईका संरचना तथा वानीव्यहोरा कायम गर्न प्रयाप्त तथा स्वच्छ खानेपानी सेवा व्यवस्थापनको लागि कार्ययोजना तयार गरी कार्यन्वयन गर्ने, अभियानमा बिशेष योगदान गर्ने व्यक्ति तथा संघ संथालाई सम्मान र पुरस्कृत गर्ने परिपाटीलाई निरन्तरता दिने र घरधुरी र सार्बजनिक स्थलहरुमा बालमैत्री, अपाङ्गमैत्री, महिलामैत्री, बृद्धमैत्री चर्पी प्रबद्र्धन गर्न सामुहितक रुपमा प्रतिबद्धता गरिएको छ ।
साथै सम्मेलनबाट सुर्खेत जिल्लालाई खुला दिसामुक्त बनाउनका लागि आचारसंहिता समेत जारी गरिएको छ  । सर्बसाधारणका लागि, उद्योगपती, व्यावसायी, जग्गाधनी, घरधनी, विद्यालय, राजमार्ग र यातायात मज्दुर, अस्पताल एवं स्वास्थ्य संस्था, कार्यालय एवं संघ संस्था, जिल्ला नगर, गाउँ स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समिति लगाएतलाई छुट्टा छुट्टै आचारसंहिता घोषणा गरिएको छ । विभिन्न संघ संगठन तथा कार्यालयहरुले आफ्नो संकल्प समेत घोषणा गरेका छन् ।
समापन कार्यक्रममा सहयाक क्षेत्रीय प्रसाशक बासुदेव दाहालले घोषणा पत्रको प्रभावकारी कार्यन्वयनमा ध्यान दिनुपर्ने बताए । स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले सम्मेलनबाट घोषणा गरिएका कुरालाई मध्यनजर गर्दै अघिबढ्न सबैलाई आग्रह गरेका थिए । निर्वतमान सभासद् कमला शर्मा, प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले, क्षेत्रीय अनुगमन कार्यालय सुर्खेतका निमित्त प्रमुख रामलखन मण्डल, संघीय तथा स्थानीय विकास मन्त्रालयका उप—सचिव रमेशकुमार अधिकारी, समाजशास्त्री तथा सहजकर्ता भोजेन्द्र अर्याल, कमल अधिकारी राजनीतिक दलका प्रतिनीधिहरु त्था सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनीधिहरुको लगाएतको सहभागिता रहको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतले पश्चिम तातापानी गाविसलाई आफ्नो समन्वयमा खुला दिसामुक्त घोषणा गर्ने भएको छ । सरसफाई सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष दुर्गा थापाले पत्रकारहरुले सरसफाई र खुला दिसामुक्त अभियानमा सक्रियतापूर्ण ढंगले सहयोग गर्दै आएको बताउँदै नमूनाका रुपमा तातापानी गाविसलाई महासंघको समन्वयमा  खुला दिसामुक्त बनाउने घोषणा गरेका थिए । तातापानीलाई समन्यमा घोषणा गर्ने भएपनि निगरानी र अनुगमन भने ५० औ गाविस र नगरपालिकामा समेत प्रभावकारी रहने प्रष्ट पारे ।

Saturday, July 6, 2013

सुर्खेत, २२ असार
सिम्ताली विद्यार्थी एकता समाज सुर्खेतको आयोजनामा शनिबार बृहत काब्य गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा उपस्थीत साहित्यकारहरुले आःआफ्ना रचनाहरु वाचन गर्नुका साथै साहित्य बिद्याका बारेमा आप्mनो धारणा राखेका थिए । अतिथीहरुले सिम्ता क्षेत्र साहित्य र संस्कृतीको विबिद्यता बोकेको क्षेत्र भएकाले समाजले यसको संरक्षणका साथै साहित्य क्षेत्रमा योग्दान गर्नुपर्ने सुझाव दिएका थिए । वाङमय चौतारी सुर्खेतका अध्यक्ष गणेशभक्त गौतम प्रमुख अतिथि रहेको गोष्ठीमा बिशिष्ट अतिथि डा.दीपक गौतम , अतिथिहरु रमेश चन्द कुसुम, महेन्द्रचन्द्र महासागर, क्षितिज समपर्ण, तेजबिक्रमसिंह लगाएतको उपस्थीति रहेको थियो । एकता समाजका सचिव विष्णु महताराले सञ्चालन गरेको गोष्ठी अध्यक्ष गगनसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Friday, July 5, 2013


गोविन्द खत्री
सुर्खेत, २१ असार ।
नजिकैको बस पार्कका कारण मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतको महाविद्यालय (वीरेन्द्रनगर बहुमुखि क्याम्पस) र सुर्खेत क्याम्पस (शिक्षा) र इगरब्रिज उच्च माविका विद्यार्थीहरुले पढाईमा बाधा खेप्नु परेको छ ।
एक बर्ष पहिले बसपार्कको पुनःनिर्माण सुरु गरेपछि वीरेन्द्रनगर—९ मिलडाँडा स्थित शिक्षा क्याम्पस र बहुमुखी क्याम्पस रहेकोबीचको खालि ठाउँमा बैकल्पिक बसपार्क बनाइएको थियो । सुरुमा विद्यार्थीहरुको समेत समहाभागितामा वीरेन्द्रनगर नगरपालिकाको अगुवाईमा अनुगमन समिति गठन गरी विभिन्न सहमति गरीए पनि यातायात समितिहरुले सहमतिको पालना नगर्दा  पठन पाठनमा प्रत्यक्ष रुपमा असर परेको छ ।
बसहरुले हाइवेयमा हरण नबजाउने,  क्याम्पसहरुको उत्तरतर्फको सडकबाट ठुला गाडीहरु नचलाउने र शौचालय लगाएतका फोहोर जन्य कुराहरुको निर्माण नगर्ने सहमति भएपनि त्यसको पालना नभएको हो । बस चालकहरुले मनपरी ढंगले हरण बजाउने र क्याम्पसको उत्तर तर्फको सडक हुँदै दैलेख लगायतका ठाउँमा बसहरु सञ्चालन गर्ने गरेकाले पढाईमा बाधा पुगेको विद्यार्थीहरुको भनाई छ । 
एक विद्यार्थीले भने “गाडीहरुले बेस्सरी हरण बजाउँदा परिक्षाको समयमा त झनै असर पर्ने गर्दछ,” क्याम्पसको नजिक बसपार्क राखिएकोले क्याम्पस प्रशासनले समेत चासो नदेखाउनु विद्यार्थीहरुको भविष्य माथिको खेलवाड हो ।” बसपार्क व्यवस्थापनको मुख्य जिम्मेवारी नगरपालिकाले लिएको भएपनि व्यवस्थापन तर्फ खासै चासो नलिएको विद्यार्थीहरुले बताएका छन् ।
अनुगमन समितिका सदस्य समेत रहेका अनेरास्वीयु सुर्खेतका सचिव प्रेम खड्काले बसपार्क स्थापनाका लागि सुरुमा भएको सहमतिको कार्यान्वयन नगरी मनपरी ढंगले बस व्यावसायी समितिमहरु चलेको भन्दै यसमा नगरपालिकाले समेत चासो नदेखाएको बताए ।
सुरुमा भएको सहमती अनुसार पहिलो ३ महिना र पुनः ६ महिना सम्म सो स्थानमा बसपार्क राख्ने सहमति भएपनि समय सकिएको महिनौं वितिसक्दा पनि नगरपालिकाले बसपार्क सार्नमा चासो नदिनु लाचारिपन भएको बताए । नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश पौडेलको संयोजकत्वमा रहेको अनुगमन समितिलाई समेत सक्रिय नबनाई संयोजक आफूखुसी ढंगले अघि बढेको र व्यवस्थापनमा चासो नदेखाएको खड्काको भनाई छ ।
यता समितिका संयोजक तथा प्रशासकीय अधिकृत प्रकाश पौडेलले भने नगरपालिका एक्लैले गरेर केही नहुने बताउँदै पुनः बस समितिलाई पत्राचार गर्ने बताए । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले बस व्यावसायी समितिहरुले सहमतिको सुरु—सुरुमा पालना गरेपनि पछि आएर पालना नगरेको बताउँदै सकभर सहमति कार्यान्वयन गराउने बताउँछन् । निर्माणाधिन बसपार्कमा बेश कोर्ष तयार भएको अर्थात असारको अन्त्य सम्ममा ग्राभेल गरिसक्ने बताए । 
प्राबिधिकहरुको अनुसार बेश कोर्ष तयार भएपछि बसहरु सञ्चालनमा ल्याउन सकिने अधिकृत ढकालले बताए । बसपार्क भन्दा पनि बसपार्कमा सञ्चालन गरिएका पसलहरुका कारण पनि सञ्चालनमा ल्याउन सोच्नु परेको ढकालले बताए । विद्यार्थीहरुले भने छिटो भन्दा छिटो बसपार्क व्यवस्थित गरी शिक्षण क्षेत्रमा ध्वनी तथा अन्य प्रदुषणबाट मुक्त गर्नुपर्ने माग राखेका छन् ।




सुर्खेत, २१ असार
जनसेवा उच्च मावि घुस्रामा मंगलबार कथा लेखन प्रतियोगिता सम्पन्न भएको छ । निमावि र मावि तहको छुट्टा छुट्टै गरिएको प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुस्कार वितरण गरिएको थियो । मावि तर्फको प्रतियोगितामा शान्ता रेग्मी प्रथम, बासुदेव शर्मा द्धितीय, बमबहादुर खड्का तृतीय र कमला चौधरी सान्तोना भएका छन् । निमावि तर्फको प्रतियोगितामा सन्तोष चौधरी प्रथम, सुरेश चौधरी द्धितीय, रिना चौधरी तृतीय र राजेन्द्र विष्टले सान्तोना स्थान प्राप्त गरेका थिए । कार्यक्रममा असार महिनाको पहिलो र दोस्रो शुक्रबार सञ्चालन गरिएका अतिरिक्त क्रियाकलापमा स्थान ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको विद्यालयका प्रअ भक्तबहादुर शाहीले जानकारी दिए । अंग्रेजी निबन्ध लेखन तथा  मावि र निमावि तहमा गरिएको चित्रकला प्रतियोगिताको पुरस्कार वितरण गरिएको शाहीले बताए । विद्यार्थीहरुको अन्तनिहित प्रतिभाको उजागर गर्न विद्यालयले प्रत्येक शुक्रबार पाठ्यक्रम सहयोगी विभिन्न क्रियाकलापको आयोजना गर्ने गरेको छ ।

Thursday, July 4, 2013


सुर्खेत, २० असार
लाटिकोइली गाविसमा अन्तर विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।
  गाउँ शिक्षा समिति लाटिकोइलीले आलोपालो गरी गाविस भित्रका विभिन्न विद्यालयहरुमा अतिरिक्त क्रियाकलापगरी सामुदायिक विद्यालयको खस्किदो स्थितीलाई सुधारर्न मद्धत पु¥याउने उद्देश्यले  कोपिला मावि प्रसेनीमा हाजिरीजवाफ प्रतियोगिता गरेको हो । गाउँ शिक्षा समितिको सहयोग र कोपिला मावि प्रसेनीको आयोजनामा प्रथमिक तह स्तरको प्रतियोगिता गरिएको हो । गाविसमा रहेका १४ वटा सामुदायिक विद्यालयहरु रहेकोमा प्रतियोगितामा मध्ये ११ विद्यालयबाट सहभागिता रहेको थियो । प्रतियोगितामा पथम सुर्याेदय प्रावि पातलगंगा, काँक्रेबिहार प्रावि चारकुने द्धितीय, नेरा निमावि वामेखोला तृतीय र जनसेवा उमावि घुस्राको समुहले  सान्तोना स्थान प्राप्त गरेका छन् । स्थान ल्याउने समुहरुलाई प्रमाणपत्र तथा प्रथम हुनेलाई ८ सय बराबरको शैक्षिक सामग्री, द्धितीयलाई ६ सय, तृतीयलाई ४ र सान्त्तोनालाई ३ सय बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ । समितिले विद्यालयको गुणस्तर बृद्धी, अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमलाई कार्यन्वयन गर्न गाविस भित्रका प्रत्यक सामुदायिक प्राविहरुलाई १० हजार, निमाविलाई २० हजार, माविलाई ३० हजार र उच्च माविलाई ४० हजारका दरले १४ वटा सामुदायिक विद्यालयहरुलाई अनुदान समेत प्रदान गरेको सकेको छ । अनिवार्य तथा निशुल्क शिक्षा कार्यन्वयन प्रक्रिया अन्र्तगत विद्यालय बाहिर रहेका वालवालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउन, भर्ना भईसकेका बालबालिकाहरुलाई टिकाई राख्न र गुणस्तरीय शैक्षिक वातावरण कायम गर्नका लागि सो अनुदान गाउँ शिक्षा समितिले प्रदान गरेको हो । त्यस बाहेक भवन निर्माण शिक्षक तलव भत्ता आदि कार्यकालागि भने गाउ शिक्षाले रकम दिन नसक्ने  निर्णय गरिएको गाउँ शिक्षा समिति लाटिकोइलीका सदस्यसचिव भक्तबहादुर शाहीले जानकारी दिए । विद्यालय निरिक्षक उत्तमप्रसाद आचार्य प्रमुख अतिथि रहेको प्रतियोगिता शिक्षक अभिभावक संघका अध्यक्ष भीमबाहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


१) अहिले एमालेले के कस्ता गतिविधीहरु गरिरहेको छ ?
सुर्खेतमा नेकपा एमालेका गतिविधिहरु भन्नुपर्दा बहुपहिचान सहितको संघियता सामाजिक एकता सहितको राष्ट्रियता भन्ने मूल नाराका साथ अभियान सम्पन्न ग¥यौँ । निर्वाचन तीन क्षेत्रका १५ स्थानमा कार्यक्रम सम्पन्न  गरी अगुवा कार्यकता र अन्य कार्यकर्ताका भावनालाई समेट्याँै, शक्ति सन्तुलन र गाविसमा अन्य राजनीतिक पार्टिको अवस्थाका बारेमा १५ वटा मै सम्पन्न भयो । लामो समय पछि जनसभा सम्पन्न गर्दै छौँ अब अहिले हाम्रो ध्यान यसमै छ, हाम्रा नेता कार्यकर्ता विशेष गरी उपत्यकाका कार्यकर्ताहरु त्यसमै केन्द्रीत भैरहेका छौँ ।
आमसभा केका लागि गर्न लाग्नु भाछ, चुनाव प्रचारमा लाग्नु भएको हो ?
चुनाव भन्दा पनि पार्टीको आन्तरिक जीवनलाई व्यवस्थीत गर्न आमसभा गर्न लागिएको हो । पार्टी मजभुत नभईकन चुनाको कुनै मतलब हुदैन त्यसैले उपस्थीतका आधारमा आप्mनो मूल्याङ्कन गर्न पनि आमसभाले मदत गर्नेछ । नेकपा एमाले गत संबिधान सभाको चुनावमा पनि सुर्खेतको पहिलो पार्टी नै थियो यस पटक पनि पहिलो नै हो अहिले नै चुनाव प्रचार प्रसारमा लाग्नुपर्ने अवस्था एमालेको छैन । बाहिर अरुले हेर्दा निर्वाचन मुखी भन्ने होला तर एमालेले बुझ्ने कुरो जनसभा शक्ति देखाउने अवसरको रुपमा लिएका छौँ ।

अहिले त मकै छर्ने समय भएको छनी यतिवेला आमसभामा आएर जनताले के पाउछन ?
पहिलो कुरा त अहिले पानी पनि परेको छैन मौसमले हामीलाई साथ दिएको छ मकै छर्ने बेला भएको छैन । दोस्रो कुरा के हो भने नेकपा एमाले यो मूलुकको स्पस्ट नीति र विचार बोकेको पार्टी जनताको पक्षमा सिद्धान्त भएको पार्टी नेकपा एमालेको नीती तथा कार्यक्रमहरु सुन्न र बुझ्न जनताहरु आतुर छन् त्यसैले आफ्नो कामलाई एक दिनका लागि भएपनि थाती राखेर आउन तयार छन् । एक दिनका निम्ती सुर्खेती जनता आफ्नो कामलाई थाती राखेर एमालेको विचार सुन्न आउँछन् त्यसकारण हामीलाई विश्वास छ । खेतीपातीको बेला जनताले भोट हाल्ने राजनीतीमा समय दिनुपर्ने जुन यथार्थता छ सर्वप्रथम त मूलुकको राजनीतिक अवस्था ठिक छैन मूलुकको राजनीति ठिक भयो भने मात्रै जनताका चाहाना पुरा हुने हुन् ।
आगामी चुनावमा एमालेलाई ठुलो पार्टी बनाउनुस भन्नु भएको छ किन ठुलो पार्टी बनाउन आवश्यक छ ? 
जनताको पक्षमा नीति लिने पार्टी नेकपा एमाले हो युवा, महिला, जनजाती, मुस्लीम, हिमाल पहाड तराई सबै ठाउँका सबै जनताको साझा सवालहरु सम्बोधन गर्ने पार्टी नेकपा एमाले हो । कांग्रेस र माओवादीले केही पनि दिएनन् कांगे्रस ठुलो पार्टी भयो प्रजातन्त्र कम्जोर भयो र सत्ता समेत आफ्नै हातबाट राजालाई दियो र माओवादी ठुला पार्टी बन्यो जनतालाई शान्ति पनि दिन सकेन संबिधान पनि दिन सकेन उल्टो संबिधानसभाको अवसान गरायो र राष्ट्रयताका सवालमा घात ग¥यो । एमालले के दिन्छ भन्ने कुरामा बिचार दिन्छ, जागरुक बनाउने कुरा छ एमालेलाई ठुलो पार्टी नबनाए सम्म मूलकमा संबिधान पनि बन्दै र शान्ति कायम पनि हुदैन ।  त्यसकारण अवको मूल उद्देश्य के हो त भन्दा शान्ति र संबिधान दिने कुरा प्रमुख हो । नेकपा एमालेले ठुलो पार्टी नभए सम्म सुर्खेतलाई पनि समृद सुर्खेत बनाउ सकिदैन र मूलुकलाई पनि स्वाधिन र समृद राष्ट्र बनाउन सकिदैन । सुर्खेतमा अहिले पनि  पहिलो पार्टी छ र  आगामी चुनावमा पनि ठुलो होइन तीनवटै क्षेत्रमा जिताउन आवश्यक छ ।

आमसभालाई शक्ति प्रदर्शनका रुपमा पनि लिनुभएको छ  कति जनता उपस्थीती गराउने तयारीमा हुनु हन्छ ?
अरु पार्टीको जस्तो पूर्व पश्चिम गाडी लिने तयारी गरेका छैनौँ विशेष गरी उपत्यका केन्द्रीत भएकाले बाहिर त्यति सहभागीता रहदैन । तर पानि गाउँ कमिटि क्षेत्रीय कमिटिले के गर्छ आउने गाडीहरुलाई नआउ त भनेकाछैनौँ  १५ देखि २० हजारको उपस्थीति रहेने अनुमान छ ।
अरुलाई मात्रै दोष लगाउनु भन्दा पनि एमालेले पनि तीन तीन पटक सत्ता सञ्चालन गरेको छ नी ?
एमालेको नौ महिने सरकारलाई हेर्ने हो भने बृद्धका सवाल होस, एकल महिला, दलित, बाबालिकाको  सवाल होस र त्यो आफ्नो गाउँ आफै बनाउ जस्ता कार्यक्रमहरुको सवालमा एकालेले सबैलाई सम्बोधन गरेको छ । नौ महिनामा भएका कामका आधारमा भन्ने हो भने राम राज्य सञ्चालन भएको थियो त्यो काम अहिले चर्चा कम भएको छ उचित प्रचार प्रसार हुन सकेको छैन् । बाँकी २ वटा सरकारहरु अल्पमतका सरकार थिए त्यो बाध्यता थियो मिलिजुली सरकारको कुरा थियो माधव नेपाल र झलनाथ सरकारमा हुँदा राम्रा गर्न नसके पनि नराम्रा कामहरु पनि गरेका छैनौँ । माओवादी कांग्रसले कुनै राम्रो काम गरेमा हामी सिक्छौँ तर माओवादी जो बाबुराम नेतृत्वको सरकारलाई हे¥यो भने जनघात र राष्ट्रघातका कामहरु भएकाछन् । 
 जिल्ला अधिवेशन त तोकेको समयमा गर्न सक्नु भएन नी ?
पहिलो कुरा त हाम्रो लडाई बाह्य शक्तिसंगको हो चुनाव नजिकीएकाले चुनावलाई प्राथमिक्ता दिइएको साथै हाम्रो विद्यानले छ महिना पछि सम्म गर्ने भन्ने व्यवस्था गरेको छ सोही अनुसार गरेका छौँ । जिल्ला कमिटीको सर्बसहमत अधिबेशनको मिति सारेका हौँ ।
पार्टिको केन्द्रमा गुट अन्त्य भएको भनेपनि सुर्खेतमा तपााईहरुको कुरा मिलेको छैन भन्ने छनी ?
बाहिर बिरोधी पार्र्टीहरुले आरोप लगाउने कुरा  गलत हो हाम्रो बिचमा कुनै गुट उप गुट छैन्। फेरी पनि कम्यूनिष्ट पार्टीमा विचार राख्न पाउने स्वतन्त्रता हुने भएकाले कसैले फरक मत राख्यो  भने गुट भनिन्छ त्यो गुट होइन उसको विचार हो । त्यसैले कतिपय कुरामा अध्यक्षका कुरामा सहमति नहोलान त्यलाई गुटको रुपमा हेर्नु भएन गुट भन्ने कुरा छँदै छैन् ।
नेताहरुका बिचमा कुरा मिल्न नसक्दा स्ववियु निर्वाचनमा सहभागिताका लागि सहमती हुन नसकेको साँचो हो ?
एकदम गलत कुरा हो स्ववियुका बारेमा कुनै विवाद छैन । सबै विद्यार्थीहरु गएर संगठन दर्ता गराएका छन् । उम्मेद्धारका बारेमा पार्टीको १२ गतेको बैठकबाट निर्णय गरिन्छ १६ गते सम्म नोमिनेशन दर्ता गर्ने समय छ त्यस कारण नआतित्यको हो । राजनीतिमा लागि रहेका विद्यार्थीहरुले आशा राख्नु स्वभागिक हो तर त्यसको व्यवस्थापन गर्ने कुरा ठुलो हो । त्यो गुट पनि होइन अहिले लोकतन्त्रको विशेष्ता हो । मेरो उत्तर के हो भने सुर्खेतमा अनेरास्ववियु गट उप गुटले विभाजन हुदैन् ।
आगामी चुनावलाई नेकपा एमाले सुर्खेतले कसरी लिएको छ

पहिलो कुरा त हामिले पार्टि जीवनलाई मजबुद पार्ने कुराहो हामिले हाम्रा सांगठनीक किलाकाँटा दरिलो पार्ने कुरा हो कार्यकर्तालाई परिचालित गर्ने कुरा हो । जनतालाई एमालेका विचार धारण नौ महिने सरकारले गरेका कामहरु विभिन्न आन्दोलनमा खेलेको भूमिका, संबिधान सभामा खेलेको भूमिका जनतालाई बुझाउन सक्यो भने एमाले पार्टी सुर्खेतको पहिलो पार्टी हुन्छ । विगतमा हामीले दुइ क्षेत्र जित्यौँ अव हामी तीन वटै क्षेत्र जित्छौँ सुर्खेतबाट नयाँ सन्देश दिदै सुर्खेतका तीन वटै क्षेत्र कब्जा गर्दै देशको ठुलो पार्टीको सन्देश दिन्छौँ ।
नेकपा एमालेको सुर्खेतमा अन्य पार्टीहरु संगको सहकार्य कस्तो छ ?
सुर्खेतको सन्दर्भमा नेकपा एमाले ठुलो पार्टी हो तर कतिपय पाटीएहरुले सहकार्य गर्न चाहेका छैनन् तर पनि विकास निमार्णमा सहकार्य गरेरै गएका छौँ । साथै अन्य विभिन्न कामहरुमा सहकार्य भइरहेको छ । 
अन्तमा सम्पूर्ण पाठकहरुलाई केही भन्न चाहानु हुन्छ ?
सुर्खेतका सम्पूर्ण नेकपा एमालेका कार्यकर्ता शुभ चिन्तकलाई ११ गतेको आमसभमा सहभागि हुन आग्रह गर्दछु । साथै आगामी चुनावमा एमाले सक्रिय रुपमा लागेर नेता कार्यकर्ता तथा जनताहरुले आगामी चुनावमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउन आग्रह गर्दछु । अब पनि नेकपा एमालेलाई बहुमतका साथ निर्वाचित नगरे अहिलेको भन्दा पनि राष्ट्र र राष्ट्रियता कम्जोर हुन्छ । मूलुकको शान्ति संबिधान र समृद्धीका लागि एक मात्रै पार्टी एमाले भएकाले एमालेका नीती कार्यक्रम र बुझ्न आवश्यक  छ ।
                                                                                                            प्रस्तुती गोविन्द खत्री

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Blog Archive

Followers

Search This Blog

What's The rating For This Template?

Blog Archive