गोविन्द खत्री
सुर्खेत, २७ असार ।
जनसंख्या बृद्धिलाई कम गर्ने विभिन्न उपायहरु मध्य एक हो ढिलो गरी विवाह गर्ने । चाँडै विवाह गर्दा स्वास्थ्यका हिसाबले त नकारात्मक हुन्छ नै सन्तान उत्पादन धेरै हुने र जनसंख्या समेत बृद्धि हुने गर्दछ ।
चिकित्सकहरुका अनुसार चाँडो विवाह गर्नु भनेको प्रजनन् प्रक्रियामा चाँडै सहभागी हुनु हो, कम उमेर मै गर्भाधान गर्नु हो । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार नेपालमा बार्षिक १५ देखी १९ बर्ष समूहका १७ प्रतिशतभन्दा बढी किशोरीहरुले गर्भाधान गर्ने गर्दछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत र मध्यपश्चिम स्वास्थ्य निर्देशनालयले विश्व जनसंख्या दिवस २०१३ को अवसरमा बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यशाला गोष्ठिमा यस्तो जानकारी दिइएको हो ।
३३ प्रतिशत अशिक्षित महिलाहरु किशोरी अवस्थामानै गर्भाधान गर्ने गर्दछन् । आर्थिक बर्ष २०६९÷०७० मा सुर्खेत जिल्लामा पहिलो पटक गर्भजाँच गराउने किशोरीहरुको संख्या २८ सय ३५ रहेको छ । अघिल्लो बर्षको तुलनामा भने कम हो अघिल्लो आर्थिक बर्षमा ३२ सय ९७ किशोरीहरुले पहिलो गर्भ जाँच गराएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका जनसंख्या व्यवस्थापन फोकल पर्सन लोकबहादुर शाहीका अनुसार जम्मा गर्भवती महिलाको संख्याको अघिल्लो बर्ष ४ दशमलव २ प्रतिशत किशोरीले गर्भजाँच गराएको मा गत आर्थिक बर्षमा ३ दशमलव ७८ प्रतिशत किशोरीहरुले गर्भ जाँच गराएका थिए । केही कमि आए पनि सोचे जस्तो उपलब्धि हुन नसकेको शाहीले बताए ।
प्रवेशिका वा सो भन्दा माथी पढेका करिब चार सय मात्र किशोरीहरुले गर्भाधान गर्दछन् । भने परिवार नियोजन साधनको ज्ञान भएता पनि यसको प्रयोग विवाहित किशोरीहरुमा अत्याधिक कम भएको शाहीको भनाई छ । एनडिएचएसका अनुसार हाल विवाहित किशोरीहरु मध्ये १७ दशमलव छ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गरिरहेका छन् ।
गर्भाधानमा सोचे जति कमि नआउनु मा किशोरीहरुमा परिवार नियोजनका अस्थायी साधनको उपलब्धता नहुनु पनि एक महत्वपूर्ण कारण हो । स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था एनडिएचएस अनुसार १५ देखी १९ बर्षका विवाहित ४१ दशमलव ५ प्रतिशत किशोरीहरुमा परिवार नियोजनको अपरिपूर्ति माग छ ।
शाहीका अनुसार आनो प्रजनन् दर नियन्त्रण गर्न चाहने किशोरीहरुमा परिवार नियोजन साधनको पहुँच सुलभ हुने हो भने साधन प्रयोगदर ३ देखि ४ गुणा बढेर ५९ प्रतिशत हुनसक्ने देखिन्छ । गर्भावस्था र सुत्केरी भएपछी हुने समस्याहरु २० बर्ष भन्दा मुनिका महिला ९किशोरी० हरुमा बढी देखिने शाहीले बताए ।
किशोरी अवस्थामा गर्भधारण गर्दा आमाको मृत्यु हुन सक्ने सम्भावना परिपक्क अवस्थाको दाँजोमा ५ देखी १० गुणा बढी हुन्छ । किशोरावस्थामा बच्चा जन्माउँदा जोखिम समेत बढि हुने बताउँदै शाहीले आमा मर्न सक्ने सम्भावना २ गुणा बढ्ने बताए । यो सम्भावना १५ बर्ष मुनि उमेरमा ५ गुणा बढी हुने, बच्चा मर्न जाने सम्भावना डेढ गुणा बढी हुने, असुरक्षित गर्भपतन हुन जाने शाहीको भनाई छ ।
विश्वमा बर्षेनि २० लाख यस्ता असुरक्षित गर्भपतन हुने गर्दछन् । अत्याधिक रगत बगेर ज्यान जान सक्ने, रक्त अल्पता हुन सक्ने सम्भावना बढी हुन्छ भने किशोरावस्थामा बच्चा जन्माउँदा मरेको र कम तौल बच्चा जन्मिने सम्भावना बढ्ने शाहीको भनाई छ ।
जनसंख्या व्यवस्थापनका लागि स्थानीय विकास अधिकारीको अध्यक्षतामा रहेको जनसंख्या व्यवस्थापन समितिले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि उचित उपलब्ध हाँसिल गर्न नसकेको स्वयम समितिको भनाई छ । जनसंख्या व्यवस्थापन कार्यक्रम अन्र्तगत यस बर्ष सुर्खेतमा ८ लाख ७७ हजार खर्च गरिएको छ ।
तेह्रौं त्रिबर्षिय योजना अनुरुप सबै बर्ग क्षेत्र र उमेरका नागरिकहरुमा जनसंख्या व्यवस्थापनको कार्यक्रम पु¥याई सन् २०२२ सम्म प्रजनन दर प्रतिस्थापनमा पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार हाल नेपालमा २ दशमलव ६ प्रतिशत प्रजननदर रहेको छ भने १ दशमलव ३५ प्रतिशत बार्षिक बृद्धिदर रहेको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रको बार्षिक जनसंख्या बृद्धिदर १ दशमलव ६५ र सुर्खेतको १ दशमलव ९५ प्रतिशत रहेको छ । सुर्खेतको जम्मा जनसंख्या ३ लाख ५० हजार ८ सय ४ रहेको छ । दिवसको अवसरमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जनसंख्या व्यवस्थापनका लागि रणनीति तयारी गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।
जनसंख्याको प्रत्यक्ष रुपमा विकाससंग सम्बन्ध हुने भएकाले विकासका लागि जनसंख्याको सहि व्यवस्थापन आवश्यक रहेको बताए । जिल्ला जनसंख्या व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले जनसंख्या शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गरे जनसंख्या व्यवस्थापनमा सहयोग पुग्ने बताए ।