Monday, June 16, 2014

 गोविन्द खत्री-
 लोकतन्त्रले देशवासी सम्पूर्ण बर्ग, धर्म, लिङग, वर्ण, जात–जाती, उम्मेर समूह र सम्प्रदायका मागहरुलाई सुनुवाइ र सम्बोधन गर्न सक्नु पर्दछ । लोकतन्त्र (म्झयअचबअथ) कुनै स्थान र व्यक्ति विशेष फरक फरक हुने भन्ने पनि हुदैन् । विश्वमा लोकतन्त्र र लोकतान्त्रीक पद्धतीका मूल्य मान्यताहरु समान हुन्छन् । जनसहभागिताका आधारमा नीति निर्
माण र मानव अधिकारको सम्मानलाई लोकतन्त्रको मूल मर्मका रुपमा लिइनु पर्छ । लोकतन्त्रमा नागरिकहरुमा आत्म निर्णयको अधिकार हुनुपर्छ, त्यती मात्र होइन जनप्रतिनिधि, सरकार, कर्मचारीतन्त्र र सर्बसाधारणबीच एक आपसमा सुमधुर सम्बन्ध कायम गरी एक अर्काका समस्या तथा सूचना सुन्ने परीपाटीको विकास हुनुपर्छ । हाम्रो जस्तो अर्धविकसीत र एकतन्त्रीय कार्यप्रणालीले जडो गाडीरहेको राष्ट्रमा सिमान्कृत, पिछडा बर्ग, दमित, शोषीत राज्यको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुका आवश्यक्ता इच्छा चाहाना र समस्याहरु शाषण गर्नेहरु समक्ष सोझै पुग्न नसक्ने अवस्था यथावत छ । लोकतन्त्रलाई शासन गर्न र शासित हुने द्वपक्षियबीचको समान हैसियत हुने ढंगले परीभाषित गर्ने हो भने एक अर्काका समस्या, माग सुन्न सुनाउन तथा सूचना आदान प्रदान गर्न कुनै एक माध्यमको आवश्यक्ता हुन्छ । प्रबिधीको तिब्र विकसीत अहिलेको अवस्थामा सञ्चारका विभिन्न माध्यमहरुको विकास भएको छ । तर व्यक्ति एक्ला एक्लै दिएको सूचना माग र समस्याहरु आधारिकता र प्राथमिक्ताका आधारमा त्यती बलिया हुदैनन् । त्यसैगरी अर्काे एक माध्यम हो आमसञ्चार माध्यम जसले समग्र समुदाय वा समूहको प्रतिनिधित्व गर्न सक्दछ । आमसञ्चारको शाब्दिक अर्थ नै एकै पटक धेरै मानिसहरुलाई सूचना प्रवाह गर्नु भन्ने हुन्छ । त्यसकारण एक अर्कामा सूचना आदान प्रदानमा आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ । आमसञ्चार र लोकतन्त्रको सम्बन्ध निकै महत्वपूर्ण र परिपुरक छ । आमसंचारका माध्यमबाट नै राजनीतिक प्रणालीको संरचना, योजना, सरकारको रणनीति, विकासका कार्यक्रमहरू एवं जनतासँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण कुरालाई सरकारले जनतासमक्ष पु¥याउन सक्छ । द्रुत सञ्चार माध्यमबाट जनताहरू सूसुचित हुने अवसर प्राप्त हुन्छ । तसर्थ, लोकतन्त्रका लागि संचार माध्यमको उल्लेख्य भूमिका रहेको हुन्छ । उदाहरणको लागि पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्ता संचारका माध्यमले मुलुकको कुना–कुनासम्म सन्देश प्रवाह गर्न सक्षम हुन्छ जसले गर्दा सरकारले तुरून्तै जनताको भावना बुझ्न सक्दछ । लोकतान्त्रिक राज्य संचालनको लागि सुसूचित नागरिककोे प्रत्यक्ष भूमिका हुने भएकाले सरकारले जनताको भावना अनुरूप आफ्ना कार्यक्रम निर्माण गर्न, कार्यक्रम परिवर्तन गर्न र लागू गर्न सक्दछन् । यतिमात्रै नभई संचारका माध्यमद्वारा अनुसन्धान गर्न, सर्वसाधारणलाई सूचना दिन, राजनीतिक विवादका लागि मञ्च प्रदान गर्न र जनताको दृष्टिकोणलाई मार्गचित्र गर्न समेत अर्थपूर्ण भूमिका निर्वाह हुन्छ । सरकारको गोपनीयताको नाममा सूचना प्रवाहमा हुने निरंकुशतासँग जुध्न तथा सूचनाको अधिकार र गोपनीयता बीचको सार्वजनिक सम्बन्धलाई सन्तुलित बनाउन सञ्चार माध्यमका खोजपूर्ण र सूचनामूलक कार्य महत्वपूर्ण ठानिन्छन् । सरकारले के गर्न लागेको हो भन्ने कुरा जनतालाई थाहा दिएमा र सरकारका नीतिका बारेमा आधिकारिक दावीलाई जाँच्ने स्वतन्त्र संयन्त्र विद्यमान भएमा मात्र सार्वजनिक रूपले सरकारलाई उत्तरदायी बनाउन सकिन्छ । यद्यपि, गोपनीयताको सीमालाई सञ्चार माध्यमले नाघ्न हुँदैन तर सूचना प्रवाह गर्ने र सार्वजनिक हीतको अवधारणालाई प्राथमिकता प्रदान गर्नु सञ्चार माध्यमको आधारभूत धर्म हो किनभने सूचनाको अधिकार सर्वसाधारण जनताको मौलिक अधिकार हो । सञ्चार माध्यम स्वतन्त्र एवं निष्पक्ष नभएको अवस्थामा यस्तो सार्वजनिक संरक्षकको आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न असक्षम हुनेछ । सार्वजनिक छलफल एवं स्वतन्त्र सूचना प्रवाहका निम्ति सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ । सञ्चार माध्यमले सार्वजनिक छलफलका लागि साझा मञ्च प्रदान गर्दछ । जसका माध्यमद्वारा निर्णायक तहमा तथा सरोकारवाला व्यक्ति समक्ष आम जनताको चासोको विषय प्रस्तुत गर्न सकिन्छ तथा आम जनताको मागलाई सरकार समक्ष सोही माध्यमद्वारा बुलन्द पार्न सकिन्छ । सरकारी अधिकारीलाई प्रत्यक्ष भेटघाट र छलफल गर्न असम्भव भएका बेलासमेत सर्वसाधारणका जायज मागलाई सम्बन्धित निकायसम्म पु¥याउने महत्वपूर्ण भूमिका सञ्चार माध्यमले खेलेको हुन्छ । लोकतान्त्रिक शासन प्रणालीमा जनताका प्रतिनिधिद्वारा शासन गर्ने भएता पनि सबै ठाउँमा सर्वसाधारणको पहुँच नपुग्न सक्छ । कतिपय अवस्थामा जनताका प्रतिनिधिहरूले बाटो बिराइरहेका पनि हुन सक्नछन् । यस्तो अवस्थामा सञ्चारका माध्यमद्वारा संसद्सम्म जनताको आवाजलाई पु¥याई जनताका प्रतिनिधिहरूलाई खबरदारी गर्ने कार्य समेत सञ्चारका माध्यमद्वारा गर्न सकिन्छ । सञ्चार माध्यमहरू सही रूपले स्वतन्त्र छन् र सरकार वा शक्तिशाली निजी स्वार्थबाट प्रेरित छैनन् भने त्यस्ता सञ्चारका माध्यमले लोकतान्त्रिक शासन प्रणालीका महत्वपूर्ण कार्यहरू सम्पादन गर्न सक्छन् । स्वतन्त्र नियोग वा नागरिक समाजका प्रतिनिधिहरूप्रति निजी क्षेत्रबाट लगानी भएका सञ्चार माध्यमलाई उत्तरदायी बनाएर तथा निजी क्षेत्रबाट लगानी भएका सञ्चार माध्यमलाई प्रतिष्पर्धा गर्न दिई सरकारको आधिपत्यलाई सीमित तुल्याउन सकिन्छ । कतिपय अवस्थामा सञ्चार माध्यमको स्वामित्व केन्द्रीकृत गरी सीमित तुल्याएर निजी स्वार्थको आधिपत्यलाई समेत नियन्त्रण गर्ने समेत प्रयास गरिएको पाइन्छ । यद्यपि सञ्चार माध्यमको स्वामित्वलाई केन्द्रीकरण गर्ने कार्य लोकतन्त्रको निम्ति अन्ततोगत्वा घातक हुन सक्छ । लोकतान्त्रिक व्यवस्थामा मात्रै पत्रकार, सम्पादक र उत्पादकहरूको स्वतन्त्रता र पेशागत क्षमताको पूर्ण कदर हुन सक्दछ । सञ्चार माध्यम जतिसुकै स्वतन्त्र देखिएता पनि निरंकुश शासन प्रणालीमा यसलाई कुनै न कुनै तवरले अंकुश लगाएको हुन्छ जसले गर्दा सञ्चार माध्यमको स्वायत्तता हरपल धरासायी हुन्छ । लोकतन्त्रमा प्रत्येक नागरिकको आवाजको सुनुवाइ हुनुपर्दछ । त्यसैले प्रत्येक नागरिकको आवाज सुन्ने अवसर उसलाई प्रदान गर्नु छ भने अभिव्यक्तिको स्वतन्त्रता अत्यावश्यक मानव अधिकार हो । अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डले बोल्ने अधिकारसँग मात्र चासो राख्ने होइन कि कुनै पनि अभिमतको ख्याल नगरी जुनसुकै किसिमको सञ्चार माध्यमबाट सबै किसिमका सूचना र विचार जान्न खोज्ने र प्राप्त गर्ने अधिकारसँग पनि चासो राख्दछ । व्यक्तिको प्रतिष्ठा र गोपनीयताको सुरक्षाका लागि स्थापित प्रष्ट नियमहरू सहित आमसञ्चार माध्यमहरू आधुनिक समाजमा स्वतन्त्र हुनुपर्छ र नागरिकहरूलाई सुसूचित गर्न, सरकारको आलोचना गर्न र नीतिगत छनौटका बारेमा सबै खालको परिचर्चा गर्न स्वतन्त्र हुनु पर्छ । लोकतन्त्रमा सरकारको खुलापन सुसूचित हुने स्वतन्त्रताको सिद्धान्तबाट विकास भएको हुन्छ । त्यसो भन्नुको अर्थ सरकारी सूचना र दस्तावेजप्रति जनसाधारणको स्वतन्त्र पहुँच हुन्छ र केही अपवाद बाहेक गोपनीयता वा गोप्यताका रूपमा ती विभाजित हुँदैनन् भन्नु हो । सार्वजनिक विषय उपर छलफल गर्न, व्यावसायिक संघ र अन्य संगठनलाई सुसूचित गर्न, आफ्ना हितका लागि सरकारलाई दबाव दिन र राजनीति दल गठन गर्न एवं राजनीतिमा सहभागी हुनका लागि जनताहरू संगठित हुने स्वतन्त्रताको प्रत्याभूति विना प्रतिनिधिमूलक आधुनिक लोकतन्त्रले काम गर्न सक्तैन । पीडितहरूको उद्धारका लागि संगठित हुने, प्रदर्शन गर्ने र उजुरी गर्ने अधिकार यी स्वतन्त्रतामा समावेश भएका हुन्छन् ।


गोविन्द खत्री – असार ।
नेपाल सरकारको ‘भू–उपयोग नीति २०६९’ अनुुसार नमूनाका रुपमा छनोटमा परेको लाटीकोइलीमा दश महिनाभित्र भूउपयोग योजना कार्यन्वयन हुने भएको छ ।
युएन हेविटेडको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको भू उपयोग योजनाको जिल्ला स्तरीय प्रारम्भ कार्यशालामा योजना कार्यन्वयन टिम लिडर डा.भागवत रिमालले सो कुरा बताएका हुन् । सुर्खेतको लाटीकोइली सहित नमुनाका रुपमा छनोटमा परेका मोरङको झर्राहाट र नवलपरासीको अर्मौटा गाविसमा पनि आगामी दश महिना भित्र योजना कार्यन्वयन सुरु गरिने उनले बताए । उनका अनुसार परियोजनाले हाल राष्ट्रिय भूउपयोग योजना र छनोटमा परेका जिल्लाको योजना बनाउने र गाविसहरुको भने सुक्ष्म योजना बनाउने काम गरिरहेको छ । ती गाविसहरुमा अहिले नक्साकन र तथ्याङ्क संकलन कार्य भैरहेको उनले बताए । उनका अनुसार संकालन गरिएको तथ्याङ्क र नक्साङकन स्थानीय सरोकारवालाहरुको छलफलमा पुन प्रमाणिकरण गरिने छ । गाविसहरुमा सहभागितात्मक रुपमा सुक्ष्म योजना बनाइने टिम लिडर रिमालले बताए । राष्ट्रिय भू उपयोग योजना बनाएर अहिलेकै संसदबाट पारित गर्ने लक्ष्य रहेको रिमालले बताए । ‘अहिले ड्राफ्ट तयार हुँदैछ’ उनले भने‘तयार भएपछि पुन छलफलका लागि ल्याइने छ ।’ यूएन हेविटेडका रविन्द्र ताम्राकारले सरकारको कार्यक्रम भएकाले सबैले सहयोग गरेर जानुपर्ने बताए । विज्ञ दिनेश त्रिपाठीले भूउपयोग योजना विनाको देश आधुनिक विकास हुन नसक्ने बताए । वातावरण सन्तुलन र विकासका लागि भूउपयोग नीति तथा योजना राज्यका लागि महत्वपूर्ण हुने उनको भनाई थियो । 
कार्यक्रममा सुर्खेत पनि नमूनामा परेको प्रति सुर्खेत स्थित सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन् । योजना कार्यन्वयनका लागि सहयोग गर्ने पनि उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले सहरउन्मुख सुर्खेतमा जथाभावी वस्ती वस्नेक्रम बढीरहेको समयमा भूउपयोग योजना कार्यन्वयन हुनु खुशीको कुरा भएको बताए । उनले जथाभावी जमिनको प्रयोग गर्दा वातावरणीय सन्तुलन विग्रने तर्क राखेका थिए । अव्यवस्थीत जग्गा खरिद बिक्रिले गर्दा खेतियोग्य जमिन मासिनुका साथै अकल्पनीय वसोबास बढेको प्रजिअ घिमिरको भनाई छ । उनले सहभागितामूलक रुपमा योजना निर्माण गरि कार्यन्वयन गर्नुका साथै समग्र उपत्याका र जिल्लाको नै योजना कार्यन्वयन गर्न आवश्यकता औल्याएका थिए ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयका प्रमुख तपेन्द्रबहादुर खड्काले सरकारले भूउपयोग योजना देशभरीनै कार्यन्वयन गराउन आवश्यक रहेको बताए ।  सुर्खेतको सन्दर्भमा उपत्याकालाई नै समेट्नु पर्ने उनको भनाई छ । निमित्त स्थानीय विसका अधिकारी राजेन्द्र केसीले पनि राज्यले नै भूउपयोग नीति तथा योजना कार्यन्वयनलाई प्राथमिकता दिनुपर्ने बताए ।  कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरुले उपत्याकाको समग्र भूउपयोग योजना कार्यन्वयनमा ल्याउनुपर्ने धारणा राखेका थिए ।
 ‘भू–उपयोग नीति २०६९’ अनुरुप भूमि तथा भूमिस्रोतको उपयोगका लागि भूमिलाई संभावनका आधारमा वर्गिकरण गरिने छ । कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, वन–क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रहरु गरि छ क्षेत्र भूमिको बर्गिकरण गरिने छ । नेपाल सरकारको पछिल्लो निर्णय अनुसार लाटीकोइली गाविस नगरपालीकामा गाभिएको छ । नगरपालिका भएपनि नमुनाका रुपमा वडाबाट नीति कार्यन्वयन गरिने बताइएको छ । नीति अनुसार उपयोगको आधारमा जग्गाको वर्गीकरण गरेपछि कुनै एक उपयोगको लागि निर्धारित जग्गा अर्को उपयोगमा लगाउन पाइने छैन् । चक्लाबन्दी गरी सहकारी खेती गर्नेलाई कृषि औजार, प्रविधि, मलबीउ, आदिमा सुविधा दिने, सुरक्षित वा व्यवस्थित क्षेत्रमा वसोवासको व्यवस्था गराउन सक्ने र कानून विपरीत कार्य गर्नेलाई दण्ड सजायको व्यवस्था गर्ने लगायतका भू–उपयोगका दृष्टिले उपयोगी प्रावधानहरु सरकारले लिएको छ । नेपाल सरकारले आर्थिक बर्ष २०६६÷६७ देखि उपयोगका आधारमा भूमिको वर्गीकरण गरी सो अनुरुप स्वामित्वको प्रमाणपत्र जारी गर्ने नीति समेत लिएको छ । विभिन्न भागमा अव्यवस्थित रुपमा वसोवास क्षेत्र एवम् शहरीकरण रोक्ने, उद्योग व्यवसायका लागि विशेष क्षेत्र छुट्याउने, विनास हुँदै गएको कृषिभूमि संरक्षण गर्न, जग्गा ओगटेर बाँझो राख्ने प्रवृत्ति हटाउन तथा सुकुम्वासीका नाममा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवत्तिमा अन्त्य गर्न सो नीतिले काम गर्ने जनाइएको छ ।
जिल्ला स्तरमा भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयनमा प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्न तथा जिल्लाभित्रको भू–उपयोग परिवर्तन सम्बन्धी निर्णय गर्न जिल्ला विकास समिति सभापतिको अध्यक्षतामा भू–उपयोग कार्यान्वयन समितिको गठन गरिनेछ । भने गाउँविकास समिति वा नगरपालिकास्तरमा गाउँविकास समिति ÷नगरपालिको अध्यक्षतामा समिति गठन गरिने प्राब्धान छ ।


भ्रष्टाचारः को जिम्मेवार ?
गोविन्द खत्री
भ्रट्राचारको एक रुप ‘ढिलासुस्तीे’ 
अकुत सम्पत्ति कमाउनु र आर्थिक हिनामिना गर्नु मात्रै भ्रष्टाचार होइन । भ्रष्टाचार सेवामा पनि हुन्छ । सेवाग्राहीले समयमा सेवा पाएकी पाएनन् ? सर्सत वा निर्सत कसरी पाए ? सेवा लिनका लागि केही क्षति व्यहोर्नु प¥यो परे भन्ने विषय पनि भ्रष्टाचारसंग सम्बन्धित छ । गत फागुन महिनामा सुर्खेत रानीवास गाविसका केही सेवाग्राहीले समयमा सेवा नपाएको गुनासो गर्दै गाविस सचिव बिरुद्ध जिल्ला प्रसाशन कार्यालय सुर्खेतमा क्षतिपूर्तिको लागि उजुरी दिए  । गाविस सचिव गाउँमा वस्न नचाहने यो देशभरीको लामोसमय देखिको समस्या हो । तर सदरमुकाम बसेर पनि सेवाग्राहीलाई सेवा नदिएको यो एउटा प्रतिनिधिमुलक उदारणिय घटना हो । दश बर्षे युद्धले गाविस सचिवहरुलाई सदरमुकाममै वस्ने अवसर सृजना गरिदिएको हो । काम गर्ने इच्छा शक्ति भएका सचिवहरुले  गाविस र सदरमुकाम दुबै तिर चाँजो मिलाउन सकेका छन् । एउटा नागरिकताको सिफारिस गाउँबाटै हुन्थ्यो । सेवा लिन गाउँबाट सदरमुकाम आएका सेवाग्राहीले सचिवलाई भेट्न नसकेपछि सदरमुकाम बस्ने खाने खर्चले गर्दा क्षतिपूर्ति माग्नु स्वभाविक थियो । रानीवासका सेवाग्राहीको अन्याय बिरुद्धको त्यो साहसले गाविस सचिवहरुमा पनि एक खालको झट्का लागेको छ । 
रानीवासका सेवाग्राहीहरुले दिएको उजुरी त बाहिर आएको एक साहसपूर्ण घटना हो । कयौँ गाविस र अन्य सरकारी कार्यालयहरुमा सेवाग्राहीले सहज रुपमा सेवाको अनुभूति गर्न पाएका छैनन् । सरकारी अड्डा जनताका सेवाका लागि खोलिएका सरकारी कार्यालय र जनताको करबाट तलब खाएर जनताको सेवाका लागि खटिएका कर्मचारीहरुको काम जनतालाई सेवा दिनु हो । यसमा कसैको दुइमत हुनु हुँनुहुँदैन । ति कार्यालयका हाकिम तथा कर्मचारीहरुले सार्वजनिक कार्यक्रममा सुशासनका कुरा गरे पनि सेवाग्रीलाई भने दुःख दिने गरेको गुनासो छ । जिल्लाका विभिन्न गाउँ विकास समितिबाट सदरमुकाममा विभिन्न सेवा लिन आएका जनताको काम समयमै नहुने, कर्मचारीहरुले अशिष्ट व्यावहार गर्ने र सचिवहरुले गाउँमा नबसेर दुःख दिएको गुनासाहरु बढी आउने गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालमा आबद्ध नागरिक सरोकार संघ सुर्खेतले २०७० सालमा वीरेन्द्रनगरका नौ वडामा गरेको एक सर्बेक्षणमा जनताले यस्तै गुनासा गरेका थिए । नागरिक सरोकार संघ तथा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा सुशासन सम्बन्धि जिल्ला स्तरिय आधारभुत सर्बेक्षण मध्ये सेवाग्राहीसंग गरिएको सर्बेक्षणले सरकारी सेवा लिनेक्रममा कार्यालयहरुमा भ्रष्टाचारका कुनै स्वरुप व्यहोर्नु परेको थियो ? भन्ने प्रश्नमा सबै भन्दा बढी मालपोत कार्यालयमा सास्ती व्यहोर्नु परेको उत्तर दिएका थिए । २ सय ९७ जनालाई सोधिएको प्रश्नमा एक सय ६८ जनाले सास्ती व्यहोर्नु परेको छ भन्ने उत्तर दिएको सर्बेक्षणले देखाएको छ । नापी,  राजश्व, नगरपालिका तथा गाविस, प्रहरी र प्रशासनमा धेरै भ्रष्टाचारका स्वरुप देखिएको अध्ययनले देखाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, पशुसेवा कार्यालय, जिल्ला अदालत, विद्युत प्राधिकरण, विभिन्न गाविस लगायतसँग सम्बन्धित गुनासा बढी भएपनि उजुरीमा भने कमै मात्र आउने गरेका छन् । नागरिक सरोकारसंघले गरेको सर्बेक्षणमा सेवा लिदाँ भोग्नु परेका समस्याका निम्त्ति उजुर बाजुर गर्नु भएको छ ? भन्ने प्रश्नमान दुइ सय ९७ जना मध्ये ३० जनाले मात्रै गरेको बताएका थिए । यसरी पनि सर्बसाधारण सेवाग्राहीलाई आफूले खेप्नुपरेका सास्तीका बारेमा उजुरबाजुर गर्नु पर्छ भन्ने थाहा नभएको भन्ने बुझिन्छ । सर्बसाधारणबाट अधिक आउने गुनासाहरु भनेका जिल्ला प्रशासन कार्यालयबाट समयमा पासपोर्ट नबनेको, कर्मचारीहरुको व्यवहार शिष्ट नभएको, गाविस सचिवहरु गाउँमा नबसेको जस्ता छन् । बाठा टाँठाहरुले त सेवा नपाएपछि सञ्चार माध्यममा उजुर गर्ने गर्छन् । सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण सम्प्रेषण गरेर सेवा पाउनु पर्ने जनतालाई कतिसम्म सास्ती हो भन्ने कुरा त्यसबाट पनि प्रष्ट हुन्छ । 
समाजमा पढेलेखेका  र जान्ने बुझ्ने तथा राजनीति गर्नेहरुले भ्रष्टाचारलाई इन्कार गर्नुको साटो झन झन फैलाइरहेका छन् । लामो समय देखि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा राजनीतिक दलका प्रतिनिधि र कर्मचारी मिलेर हाका हाकी भ्रष्टाचार गर्छन् । स्थानीय स्तरमा भ्रष्टाचार बढेको महशुस गरेरै होला सरकारले डा.बाबुराम भट्टाइ प्रधानमन्त्री हुँदा दलिय संयन्त्रलाई विघटन गरेको थियो । एउटा कुरा के देखिन्छ भने स्थानीय तहमा हुने भ्रष्टाचार स्थानीय राजनीतिककर्मीसंगको मिलोमता विना कर्मचारी एक्लैले गर्नसक्दैनन् । चाहे वन समितिमा होस्, विद्यालय व्यवसथापन समिति होस वा उपभोक्ता समिति निर्माण गर्दा राजनीतिक दलका जिल्ला सदस्यहरुले समेत निर्वाचनको मैदानमा उत्रिने गरेका छन् । यि र यस्ता समितिहरुमा बसेर सेवा गर्ने रहर लागेर होइनकी त्यसमा फाइदा देखेर हो भन्ने कुरा विद्यालय व्यवस्थापन समिति गठनका लागि हुने निर्वाचनले प्रमाणित गर्छ । सुर्खेत जिल्लाका २५ प्रतिशत विद्यालयहरुमा अहिलेपनि व्यवस्थापन समितिको म्याद सकिएको छ । तर विवादनका कारण गठन हुन सकेका छैनन् । 
अहिले शैक्षिक क्षेत्रमा सबै भन्दा बढी भ्रष्टाचार हुने गरेको देखिएको छ । शिक्षित व्यक्तिहरुले गर्ने भ्रष्टाचार यो पनि एउटा नैतिक ह्रासको गतिलो उदारण हो । मध्यपश्चिमका सबै जिल्लाहरुमा शिक्षा क्षेत्रमा बढी भ्रष्टार देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतको तथ्याङ्क छ । क्षेत्रीय कार्यालयका अनुसार असोजदेखि बैशाख दश गतेसम्म परेका छ सय ८० उजुरी मध्ये २५ प्रतिशत शिक्षा मन्त्रालयसंग सम्बन्धित छन् । विद्यालयमा अध्यक्ष र प्रधानाध्यापक मिलेर रकम हिनामिना गरेका, भवन निर्माणमा अनियमितता, विव्यस गठन, नक्कली प्रमाणपत्र दिएका जस्ता उजुरीहरु परेको अख्तियार स्रोतले जनाउँछ । आयोगका अनुसार शिक्षापछि संघिय मामिला, वन, भूमि सुधार र गृह मन्त्रालय मातहतका कार्यलयसंग सम्बन्धीत उजुरीहरु बढी आउने गरेका छन् । व्यवसायिकता र नैतिकताको ह्रास विशेषगरी राजनीतिक, प्राविधिक, प्रशासनिक तथा निजी क्षेत्रमा रहेका अधिकांश रुपमा ठूला भनिनेदेखि सानामा गनिनेसमेत व्यक्तिगत लाभहानिलाई मुद्धा बनाएर हिँडेकाले नैतिकताको स्खलन भएको छ र यसले भ्रष्टाचारलाई बढावा दिएको छ । भ्रष्टाचारको पूरै विकेन्द्रीकरण भएको छ यत्र तत्र सर्बत्र भ्रष्टातारले हाँगा बिगाँ फैलाउँदै छ । समाजका बुज्रक र शिक्षित भनिनेहरुबाटै भ्रष्टाचारलाई मलजल गर्ने काम भएको छ । अहिले अख्तियार सक्रिय भएर अगाडि आएको छ । भ्रष्टाचार नियन्त्रणका लागि उसको कार्य सह्रानीय छ । मूलत ः यो कार्य निरोधात्मक कार्य हो । भ्रष्टाचारीमाथि कारबाही गर्नु र उसलाई दण्ड दिनु एउटा पक्ष हो, भ्रष्टाचार हुन नदिनु अर्को पक्ष हो । भ्रष्टाचार हुन नदिनेतर्फ राज्यको चासो बढ्नु जरुरी छ । ‘व्यवहारमा सकारात्मक परिवर्तन’ नै भ्रष्टाचार हटाउने माध्यम हो । यसमा नैतिक शिक्षाको आवश्यकता पर्छ । विद्यालयको प्राथमिक कक्षादेखि नैतिक शिक्षा र मूल्यमान्यताको दिक्षा दिँदै गएमा एउटा अवधिपछि नैतिकवान जनशक्ति मुलुकभित्र तयार हुनेछ । नैतिक शिक्षा प्राप्त व्यक्तिमा मूल्यमान्यता स्थापित गर्ने ऊर्जा हुन्छ । त्यही ऊर्जाका आधारमा उसले पद्धति स्थापना गर्छ र त्यसको कडाइका साथ पालना गर्छ । त्यस्तो अवस्थामा मात्र व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन भई भ्रष्टाचार न्यून हुनेछ ।
 भ्रष्टाचार न्युनिकरण अभियानमा समेत लागेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकि संकायका डिन पीताम्बर ढकालले भन्ने गरेका छन् भ¥याङको छारो र भ्रष्टाचार माथीबाटै बढार्नु पर्छ । अर्थात तल्लो तहबाट भ्रष्टचार समाप्त गर्न नसकिने भएकाले ठूला प्रकृतिका जो माथिल्लो तहमा हुने गर्छन त्यहाँ देखिनै भ्रष्टाचार समाप्त हुँदै तल्लो तहसम्म आउनु पर्ने उनको भनाइको सार बुझिन्छ । त्यसो त मुहान सफा नभई धारामा सफा पानी आउँदैन । मन्त्री, सचिव, आयोजना प्रमुखबाट भ्रष्टाचार नभए मातहतका कर्मचारीले त्यो आँट गर्न सक्दैनन् । हाम्रो देशको भ्रष्टाचार निवारण गर्न बनेको कानुन फराकिलो पक्कै छ तर निर्मम भने छैन । करोडौंको अकुत सम्पत्ति आर्जन गर्नेलाई समेत डेढ–दुई वर्षभन्दा कम सजायमै उन्मुक्ति दिइएको छ । संसारमा भ्रष्टाचार राज्यको शत्रु हो । विकास र सुशासनको बाधक पनि । भ्रष्टाचार निरुपण नभई सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार, भ्रष्टाचारी, भ्रष्टाचारजन्य कर्तुत र भ्रष्टाचारको मतियारलाई कीरा परोस् भन्नेसम्मका नारा लगाइएका छन् । भ्रष्टाचारका कारण धनी र गरिबबीचको खाडल फराकिला भइरहेको छ । सार्वजनिक निर्माणकार्य गुणस्तरहीन भइरहेका छन् । सामाजिक अपराधले डेरा जमाइरहेको छ । सदाचार, नैतिकता र इमान्दारीपनमा ठेस पुगिरहेको छ । भ्रष्टाचारको जालो तोड्नु कठिन छ, तर असम्भव छैन । राजनीतिक दलका चन्दा संस्कृति, दलको अपारदर्शी आय–व्यय, महँगो चुनाव प्रणाली, कर्मचारीतन्त्रमा हुने राजनीतिक हस्तक्षेप, अपारदर्शी निर्णय प्रर्णाली, न्याय सम्पादनमा आर्थिक चलखेल, खचिर्लो र विलम्बपूर्ण न्याय सम्पादन, न्यायिक निर्णयमा एक रुपताको अभाव, भड्किलो सामाजिक संस्कार, उच्च मूल्यवृद्धि, धनलाई सबथोक मान्ने संस्कृतिको आडमा भ्रष्टाचारले बढावा पाएको हो । भ्रष्टाचारको दाहसंस्कार गर्न राजनीतिक इच्छाशक्ति र प्रशासनिक प्रतिबद्धता अपरिहार्य हुन्छ, जसका लागि राजनीतिका सारथि र त्यसका अंगहरु चोखो र सबल हुनु त्यतिकै खाँचो हुन्छ । भ्रष्टाचार निवारणमा संलग्न संवैधानिक र कार्यकारी निकाय स्रोतसम्पन्न, शक्तिसम्पन्न, निष्पक्ष, कठोर र चुस्त हुनुपर्छ । राज्यको प्रत्येक कामकारबाही विधि, नीति र पद्धतिमा सञ्चालन गर्न सक्नुपर्छ । सार्वजनिक क्षेत्रका हरकाममा जवाफदेहिता, पारदर्शिता जनसहभागिताको उपयुक्त चाँजोपाँजो मिलाइनुपर्छ । भ्रष्टाचार जुनसुुकै कुनामा भए पनि, जोसुकैले गरे पनि, जुनसुकै शक्ति दीक्षा प्राप्त भए पनि भ्रष्टाचार र भ्रष्टाचारीको खिलापमा आमजनमत र सामाजिक बहिस्करण उरालिनुपर्छ । खराब वा विग्रिएको व्यवहारलाई भ्रष्टाचार र त्यस्तो व्यवहार गर्नेलाई भ्रष्टाचारी भनिन्छ । जनजिब्रोमा घुस खाने कामलाई भ्रष्टाचार भन्ने गरेको पाईन्छ । भ्रष्टाचारका कैयन् प्रकार मध्ये घुस खानु एउटा प्रकार हो । यो नै बढी चलनचल्तीमा आउनुमा सामाजिक मनोविज्ञानको ठूलो हात छ । सामाजिक मूल्यको दृष्टिकोणबाट अन्य बस्तुको भन्दा पैसाको महत्व बढी भएको हुँदा पैसाको माध्यमबाट गरिने भ्रष्टाचार प्रचलित भएको हो । अन्यथा मूल्य, मान्यता, नैतिकता, व्यवहार, धर्म, कानुन आदिले वर्जित वा निरुत्साहित गरेको कुनै पनि काम गर्नु र जिम्मेवारी अनुसार काम नगरि सेवाग्राहीलाई सास्ती दिनु तथा आफूले पाएको अख्तियारीको दुरुपयोग गनुए भ्रष्टाचार हो । पत्नीको नाममा बैंक खातामा रकम जम्मा गर्न लगाएर एउटा उच्च पदस्थ अधिकारीले चलन चल्ती भन्दा बढी लाभ हुने काम प्रकृया नपु¥याई कुनै व्यक्ति वा संस्थालाई दिनु हामी सबैले देख्दै, सुन्दै, भोग्दै, आएको ठाडो भ्रष्टाचार हो । भ्रष्टाचार कति प्रकारका हुन्छन् भन्ने कुनै निश्चितता छैन । यसबाट उत्पन्न असर वा नोक्सानको मात्रा, त्यसबाट प्रभावित व्यक्ति, समाज वा राज्य, भ्रष्टाचार गर्न प्रयोग गरेको तौर तरिका वा माध्यम, त्यसवापत लिएको अनुचित प्रतिफलको प्रकृति आदिका आधारमा हेर्ने हो भने भ्रष्टाचार अनगिन्ति प्रकारका हुन्छन् । ती मध्ये तत्काल सुरु गर्नु पर्ने र सकिने उपाय भनेको हामी, हरेक सर्वसाधारणले अवलम्बन गर्नु पर्ने मनो–सामाजिक चरित्र र व्यवहार नै हो । हामीले भ्रष्टाचारीलाई ‘‘नमस्कार” होइन तिरष्कार दिनु पर्दछ । सदाचारीलाई नमस्कार र भ्रष्टाचारीलाई तिरष्कार गरि भ्रष्टाचारीलाई पनि सदाचारी बन्न प्रेरित गरौं, यही नै सर्वोत्तम उपाय हो । भ्रष्टाचारीहरुले सामाजिक सुधार ऐन भन्दा बाहिर रहेर गरिएका विहे पुजा भोज भतेरहरुमा सहभागी नभएर पनि भ्रष्टाचार बिरुद्धको अभियानमा सहभागी हुन सकिन्छ । त्यसैले भ्रष्टाचार एउटा साजिक अपराध हो भ्रष्टाचार गर्नु पाप हो हामी सबै आजैबाट उठौँ जुटौँ भ्रष्टाचार बिरुद्धको अभियानमा आआफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ । सदाचारीलाई स्वागत गरौँ भ्रष्टाचारीलाई बहिस्कार गरौँ  । 


गोविन्द खत्री,
सुर्खेत,असार ।
काँक्रेबिहार प्राथमिक विद्यालयका प्रधानाध्यापक चन्द्रलाल आचार्यलाई अनिवार्य तथा निशुल्क शिक्षा दिने कुराले सुरुमा शिक्षाको गुणस्तर खस्कन्छ भन्ने लागेको थियो । विद्यालयमा विद्यार्थीको संख्या पनि शुन्य हुन्छ की भन्ने उनको मनमा थियो । विद्यालयले हाल निशुल्क रुपमा अंग्रजी माध्यममा पढाइरहेको छ । अंगे्रजी पढ्न समुदायका विद्यार्थीहरु नीजी विद्यालय जानथालेपछि विद्यार्थी संख्या समेत घट्दै गयो । विद्यालयलाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक घोषणा गरिसकिएको भएकाले विद्यालय सञ्चालन गर्न हम्मे हम्मे परेको थियो  । त्यसैमाथि बिद्यार्थी संख्या समेत घट्दै गएपछि जिल्ला शिक्षाले विद्यार्थी टाउँका गनेर दिने अनुदान (ननस्यालरी) समेत घट्दै गएपछि विद्यालयलाई झनै आर्थिक समस्या प¥यो  ।    
एकातिर अभिभावकको छोरा छोरीलाई अंग्रजी माध्यम पढाउने रहर अर्काेतिर विद्यालयमा विद्यार्थी संख्या घट्दै जानुका अगाडी दुई बर्ष अघि विद्यालय परिवारले नयाँ सोच ल्यायो अंग्रजी माध्यममा पढाउने । विद्यालयको उक्त उपायले राम्रो काम ग¥यो । हाल समुदायबाट समेत राम्रो साथ पाइरहेको छ । विद्यालय परिवारले अभिभावकका अगाडी गुणस्तरीय रुपमा अंगे्रजी माध्यममा पढाउने प्रतिबद्धता गरेपछि अभिभावकले पनि साथ दिए । अहिले शिशु कक्षा (बाल विकास केन्द्र) देखि कक्षा तीनसम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । राम्रो आर्थिक स्तर भएका विद्यार्थीहरुले नीजि विद्यालय रोजे पनि न्यून आयस्तर भएका अभिभावकका लागि नीजि विद्यालयमा महंगो शुल्क तिरेर बच्च पढाउनु सानो चुनौती थिएन । त्यसैले सामुदायिक विद्यालयमै अंग्रजीमाध्यममा पढाइ सुरु भएपछि नीजि विद्यालयबाट समेत विद्यार्थी काँक्रेबिहार प्राविमा भर्ना हुन आएका छन् । “पैसा तिर्न नसकेर कोही पनि अभिभावकले आफ्नो बच्चा पढाउनबाट बञ्चित हुनु परेको छैन’’ प्र.अ आचार्यले भने,–“अनिवार्य तथा निशुल्क शिक्षा संगै अंग्रेजी माध्यमले शिक्षाको गुणस्तरसमेत बढेको छ ।’’ “सरकारले सबै व्यवस्थापनको जिम्मा लिएको छ निशुल्क शिक्षा दिन किन नसक्ने हो’’ उनले थपे–“सरकारले अनुगमन तथा विद्यालयका माग तथा चाहाना पुरा गरिदिने हो भने समस्या छैन ।’’ अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा पछि विद्यालय सेवा क्षेत्र भित्रका विद्यालय उम्मेकार कोहीपनि बालबालिका विद्यालय बाहिर नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर खड्काले बताए । “नीजि विद्यालयसंग प्रतिस्पर्धा गरेर निशुल्क रुपमा शिक्षा दिन सके शैक्षिक गुणस्तर पनि बढ्ने छ’’ अध्यक्ष खड्काले भने । अनिवार्य तथा निशुल्क शिक्षा पछि विद्यार्थी संख्यामा समेत बृद्धि भएको बताउँदै उनले थपे–“सुरुमा ७०–८० जना विद्यार्थी थिए अहिले एक सय ४० पुगेका छन् ।’’ सिमित आर्थीक स्रोत र साधानकाबीच स्थानीय स्तरमा उपलब्ध शैक्षिक सामग्रीहरुको प्रयोगगरी अध्यापन गराइरहेको शिक्षिका सीता वस्नेत बताउँछिन् । 
जनसेवा उच्च माध्यामिक विद्यालयमा पनि अनिवार्य तथा निशुल्क शिक्षा घोषणाले सहयोग गरेको छ । विद्यालयका सहायक प्राधानाध्यापक कृष्ण थापाले निशुल्क तथा अनिवार्य शिक्षा प्रदायक घोषणापछि शैक्षिक गुणस्तर समेत बढ्दै गएको बताए । “पछिल्ला बर्षहरुमा रिजल्ट पनि बढ्दै गएको छ’’– थापाले भने । थापा भने निशुल्क तथा अनिवार्य शिक्षाले विद्लयलाई समस्यामा पारेको तर्क गर्छन् । “जिल्ला शिक्षाले सुरुमा सहयोगको आशा देखाउने घोषणा पछि चुटुक्कै छोड्दिएको छ ’’ उनले भने– “निशुल्क भने पछि अभिभावकले पनि कम चासो दिएका छन् ।’’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्ददलाल शर्माको भने शुल्क लिएर मात्रै पढाउनु पर्छ भन्ने धारणा हट्नुपर्ने भनाई छ ।
गाविसबाटै स्रोत जुटाउँछ गाउँ शिक्षा समिति 
 नेपालमा शिक्षा ऐन २०५८ आएपछि सबै भन्दा पहिले गठन भई नेपालकै पहिलो गाउँ शिक्षा समितिको ठाउँमा आफूलाई उभ्याएको लाटीकोइली गाउँ शिक्षा समितिले लाटीकोइली गाविवसलाई २०६८ मा अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस पनि घोषणा गरिसकेको छ । गाविस भित्र १४ सामुदायिक विद्लयहरु रहेका छन् । विद्यालयहरुलाई परीक्षा तथा अन्य सामान्य खर्च जुटाउने उद्देश्यले गाउँ शिक्षा समितिले गाउँ विकास समितिलाई आर्थिक आधार बनाएको छ । गाविसमा जग्गा खरिद बिक्रि गर्दा प्रतिकठ्ठा दुई सय लाटीकोइली गाविसमा शिक्षाका लागि कर काट्ने र सोही रकमबाट विद्यालयहरुका साना समस्या समाधान गर्ने गरेको छ । “गाविससंग समन्वय गरेर जग्गा खरिद बिक्रि गर्दा प्रतिकठ्ठाबाट दुई सय थप लिइर जम्मा रकम विद्यालयलाई दिने नीति अबलम्बन गरेका छौँ’–गाउँ शिक्षा समितिका सदस्य सचिव भक्तबहादुर शाहीले भने । साथै गाविसमा संस्थागत विद्यालयले अनुमती लिंदा माद्यमिक भएमा २० हजार सम्म शिक्षा क्षेत्रमा कर दिनुपर्ने व्यवस्था पनि गरिएको उनले बताए । समितिले सबै विद्यालयहरुले आफ्नो सेवा क्षेत्रबाट आर्थिक अभावका कारण विद्यालयसम्म आउन नसकेका विद्यार्थीहरुको पहिचान गरी छात्रबृति समेत दिने गरेको छ । निशुल्क शिक्षाले सबै बर्गका बालकालिकाको विद्यालयमा पहुँच पुगेको शाहीको भनाई छ । अनिवार्य तथा निशुल्क शिक्षा घोषणापछि विद्यार्थी संख्या पनि बढेको शाहीले बताए । अनिवार्य तथा निशुल्क शिक्षाबाट भर्नादर बढेपछि गाउँ शिक्षा समितिले अहिले भर्ना भएका विद्यार्थीहरुलाई कसरी टिकाई राख्ने भन्ने तर्फ योजना बनाइरहेको उनले सुनाए । “अनिवार्य तथा निशुल्क शिक्षा घोषणाले अभिभावक केन्द्रीत हुन्छ, जनचेतना हुन्छ र विद्यालयप्रति अपन्वत्व हुन्छ’’–उनले भने । गाउँ शिक्षा समिति लाटीकोइली अभिभावकसंग लागत साझेदारी हुनु पर्छ भन्ने विषयमा छलफल गरिरहेको छ । अभिभावकले पनि विद्यालयलाई मुठी दान भएपनि गर्न सक्नुपर्दछ’’ सदस्य सचिव शाहीले भने,–“विद्यार्थीबाट होइन अब अभिभावकबाट सहयोग लिनुपर्छ ।’’ विद्यालयहरुलाई निुशल्क शिक्षा प्रदायक घोषणा गर्नु मात्रै भन्दा पनि कार्यन्वयन गर्न नसक्नुका चुनौतीलाई चिर्न आवश्यक रहेको उनको भनाई छ । 
अतिरिक्त स्रोतको खोजीमा विद्यालयहरु
गर्न थालेका छन् । कुनाथरीमा रहेको जनज्योति उच्च माद्यामिक विद्यालयले व्यावसायिक कृषिलाई अबलम्बनअनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएका विद्यालयहरुले आर्थिक स्रोत जुटाउनका लागि अतिरिक्त स्रोतको खोजी गरेको छ । विद्यालयले माछापालन, मौरी, गाई, गड्यौला पालनका साथै च्याउ खेती, धान तथा अन्य मौसमी तरकारी खेतीबाट बार्षिक लाखौँको आम्दानी लिन सफल भएको छ । कुनाथरीकै निमावि कुम्भीकोटले बाख्रा पालन गरेको छ । जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम सञ्चालनमा विद्यालयहरुले अतिरिक्त आयस्रोत जुटाइरहेको बताए ।
सुर्खेतलाई पहिलो निःशल्क शिक्षा प्रदायक जिल्ला बनाउने
शिक्षाको क्षेत्रमा एउटा नयाँ आयम आधारभुत तहमा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमको २०६५ सालबाट सुर्खेत जिल्लाले सुरुवात  ग¥यो । विद्याललय सेवा क्षेत्र भित्रका विद्यालय उम्मेरका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएपछि २०६५ साउन ३१ गर्पन गाविसलाई नेपालकै पहिलो निशुल्क तथा अनिवार्य शिक्षा प्रदायक गाविस घोषणा गरिएको हो ।

अनिवार्य तथा निशुल्क शिक्षा घोषणा सुर्खेत जिल्लाबाट सुरु गरिएको देशकै नमूना र उदाहरणीय कार्यक्रम बन्यो । आर्थिक बर्ष २०६५÷०६६ मा नेपालकै पहिलो गाविसका रुपमा गर्पन गाविसलाई १–५ सम्मको निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिएपछि शिक्षा विभागले नै अनिवार्य तथा निशुल्क शिक्षा घोषणालाई आफ्नो कार्यक्रमका रुपमा अबलम्बन गरेको हो । आ.व.२०६७÷०६८ देखि नेपाल सरकारले सुर्खेत लगायत देशका २० जिल्लाका सय गाउँ विकास समितिहरुमा निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यक्रमलाई परिक्षणको रुपमा लागू गर्न गाउँ शिक्षा समितिहरुलाई सहयोग गरिरहेको छ । सुर्खेत जिल्लामा उक्त कार्यक्रमका लागि छनोटमा परेका बाबियाचौर, लाटीकोइली, नेटा, कल्याण र मालारानी गा.वि.स.हरुमा गठित गाउँ शिक्षा समितिहरुले आ—आफ्नो गाविसमा आधारभूत तहको शिक्षा निःशुल्क तथा अनिवार्य घोषणा गरिसकेका छन् । सरकारी स्तरबाट यस प्रकारको कार्यक्रमको पहल हुनु भन्दा अगाडी नै सुर्खेतका गर्पन, दशरथपुर, रामघाट र कुनाथरी गा.वि.स हरुमा गाउँ शिक्षा समितिको पहलमा निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षाको घोषणा भइसकेका थिए ।
नेपाल सरकारले सन् २०१५ सम्मा सबैलाई शिक्षाको पहुँचमा समेट्न सञ्चालन गरेको ‘सबैका लागि  शिक्षा’ कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालयले २०६८ देखि २०७२ को लक्ष्य तथा उद्देश्यहरु अन्तर्गत जिल्लाका ५० गाविस र वीरेन्द्रनगर नगरपालिका भित्र बसोबास गर्ने विद्यालय उमेरका सबै बालबालिकाहरुलाई आधारभुत तहको शिक्षा पूर्णरुपमा निशुल्क र अनिवार्य गर्ने लक्ष्य लिएको छ । सुर्खेत जिल्लालाई देशकै पहिलो अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक जिल्ला घोषणा गर्ने लक्ष्यकासाथ अघि बढेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक तथा कार्य    क्रमका फोकल पर्सन धिरेन्द्रप्रसाद शर्माले बताए ।

जिल्ला शिक्षा कार्यालयको कार्ययोजना आउँदो असार सम्ममा अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक गाविसको संख्या ३७ पु¥याउने बताएको छ । चालु आर्थिक बर्षमा पनि प्रत्येक स्रोत केन्द्रबाट एक गाविस गरी १४ गाविस घोषणा गर्नका लागि छनौट गरिएको छ । चालु आबमा सालकोट, सहारे, जर्बुटा, साटाखानी, दहचौर, तरंगा, खानीखोला, बजेडीचौर, गुठु, लेखपराजुल, गढी, पाम्का, रानीवास र विजौरा गाविसलाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक गाविस घोषणा गर्ने जिल्ला शिक्षा कार्यालयको कार्ययोजना रहेको छ । कार्यालयका अनुसार हालसम्म गर्पन, दशरथपुर, रामघाट, कुनाथरी, बावियाचौर, लाटिकोइली, मालारानी, नेटा, कल्याण, लेखगाउँ, हरिहरपुर, मेहलकुना, धारापानी, कुनाथरी, रतु, तातापानी, डाँडाखाली, काप्रिचौर र पोखरीकाँडा पनि  निःशुल्क शिक्षा प्रदायक गाविस घोषणा भैसकेका छन् ।
सबै क्षेत्र र बर्गका बालकले पढ्न पाउनु पर्छ भन्ने मान्यताले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा अभियान सुरु गरिएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले बताए । “शिक्षाको उज्यालो ज्योतिबाट कोही पनि बञ्चित हुन नपरोस भनेजस्तै निशुल्क शिक्षाबाट सबै बर्गका विद्यार्थीले पढ्ने अवसर पाएका छन्’’–जिशिअ उपाध्यायले भने । उनले अनिवार्य तथा निशुल्क शिक्षा घोषणापछि गाउँ शिक्षा समितिहरुमा शिक्षाप्रति जिम्मेवारी बढेको बताए । अनिवार्य तथा निःशुल्क शिक्षाका लागि देशभरका १३ जिल्लालामा सघन कार्यक्रम सञ्चालन गर्ने बजेट बक्तब्यमा समावेश गरिएपनि हालसम्म कार्यन्वयमा आउन नआएको बताउँदै जिशिअ उपाध्यायले सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।


ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?