सुर्खेत, २५ असार ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अपराधका घटना नियन्त्रण र न्यूनिकरणका लागि विशेष सुरक्षा अभियान सुरु गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार अभियानका बारेमा जानकारी गराउनुका साथै सुझाव संकलन गर्ने उद्देश्यले सरोकारवालाहरुबीच अन्तरक्रिया समेत गरेको छ ।
अभियानका बारेमा जानकारी गराउँदै सुर्खेत जिल्ला प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (एस.पी) विश्वनिरञ्जन प्रधानले लागु औषधको कारोबार तथा नियन्त्रण, घरेलु तथा मादक पदार्थको उत्पादन तथा बिक्री बितरण, चोरी तथा लुटपाट नियन्त्रण, गुण्डागर्दी तथा देहव्यापार नियन्त्रणका विषयमा निगरानी बढाएको छ ।
त्यसैगरी ट्रापिmक नियम उलंघनकर्ता उपर कारवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना हेल्मेट मोटरसाईकल चलाउने, तीन जना वा बढी चढने, तीव्र गतीमा चलाउने, लगायतका अभियान सञ्चालन गर्ने बताए ।
आर्थिक बर्ष २०६९÷०७० मा जिल्ला प्रहरी कार्यालयमा तीन सय १७ जम्मा मुद्दा दर्ता भएको एस.पी. प्रधानले जानकारी दिए । दर्ता भएका मुद्धाहरुमा जघन्य अपराध ९२, जवरजस्ती करणीका ३० , बालबालिका सम्बन्धी ७ (बाल बिवाह समेत), चोरी अपराध १०, सार्वजनिक अपराध ४६, लागुऔषध अपराध २८ रहेको प्रधानले जानकारी दिए ।
विगतका बर्षहरुको अपराधिक गतिविधीलाई ध्यान दिँदै नियन्त्रणका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने प्रधानले बताए । लागुऔषध दुव्र्यसनि नियन्त्रणका लागि सरकारी तथा निजी विद्यालयहरुसंग सहकार्य गरी विद्यालय सम्पर्क कार्यक्रम गर्ने, सरकारी तथा गैर सरकारी संघ–संस्थाहरुसंग समन्वय गरी लागुऔषध विरुद्ध सडक नाटक तथा ¥याली गर्ने, लागुऔषध दुव्र्यसनिको पहिचान गरी कानुनी कारवाही गर्ने प्रहरी प्रमुख प्रधानले बताए ।
घरेलु मादक पदार्थ नियन्त्रणका लागि नगरपालिका, गा.वि.स., संघ संस्थाहरु तथा स्थानीय क्लवहरुसंग समन्वय गरी आवश्यकता अनुसार सहयोग माग गर्ने, अवैध मदिरा उत्पादन तथा विक्रि वितरणमा संलग्न होटेल, भट्टी तथा व्यक्तिहरुको जाँच गरी आवश्यक कारवाही गर्ने योजना सार्वजनिक गरिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जाँचलाई सक्रिय गराउने, सवारी चालकलाई स्थलगत प्रशिक्षण एवम सचेतनामुलक जानकारी दिने, पैदल यात्रीहरुलाई ट्राफिक संकेत तथा नियम बारे सचेतना कार्यक्रम गर्ने, विद्यालय सम्पर्क कार्यक्रम संञ्चालन गर्ने ।
साथै चोरी नियन्त्रणका लागि सादा पोशाकमा विशेष प्रहरी टोली परिचालन गरी सूचना संकलन गर्ने, रात्री पैदल गस्तीको संख्या बढाउने, श्ांकास्पद ठाउँ तथा चोकहरुको पिकेट ड्यूटीलाई प्रभावकारी बनाउने र मोबाईल गस्ती सक्रिय बनाउने कार्यक्रमहरु अगाडी सारिएको छ । प्रधानले अभियानलाई सफल पार्नका लागि सबैलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
प्रहरी सेवा आधुनिकीकरण गर्न आवश्यक छ ः भण्डारी
मध्यपश्चिमाञ्चल प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेन्द्र सिंह भण्डारीले अहिले प्रबिधिको विकास भैसकेकाले प्रहरी सेवालाई समेत आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको विशेष अभियानको जानकारीका गराउनुका साथै भण्डारीसंग परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् । “प्रबिधिको जमाना आएको छ, उनले भने “प्रहरीको पुरानै डण्डाको तालले हँुदैन आधुनिकिकरण गर्न खोजिरहेका छौँ ।”
समाज परिवर्तन र शान्ति स्थापनाका लागि प्रहरी एकातिर र समाज अर्काे तिर भए संभव नहुने भन्दै प्रहरीलाई आग्रह भन्दा पनि आदेश र परिचालन गर्नुपर्ने बताए । स्थानीय समस्याहरुको वस्तुगत पहिचान गरी समाधानका लागि कार्ययोजना अघि बढाउनुपर्ने बताउँदै त्यसका निम्ति प्रहरी सहयोग गर्न सधैँ तयार रहेको बताए ।
उनले प्रहरीलाई कति परिचालन गर्ने भन्ने विषय समाजको हातमा हुने र समाजले शान्ति स्थापना र अपराध न्यूनिकरणका लागि तत्परता देखाए प्रहरीले त्यसमा सहयोग गर्ने र लागि पर्ने बताए ।
लागुऔषध तथा अन्य अपराध न्यूनिकरणका लागि त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई हतोत्साहित गर्न तर्फ उन्मुख हुनुपर्ने उनको भनाई थियो । मध्यपश्चिमाञ्चल क्षेत्रकै सुरक्षा र सुव्यवस्थाका लागि हिमाल, पहाड र तराईमा छुट्टा छुट्टै कार्ययोजना बनाएर लागि रहेको बताउँदै त्यसैको निरन्तरताका लागि बाँकेमा सांगठनिक अपराध न्यूनिकरण योजना सुर्खेतमा विशेष अभियान र अन्य जिल्लामाहरुमा पनि सोही अनुरुपका अभियानहरु सञ्चालन गरिने भण्डारीले बताए ।
0 comments:
Post a Comment