सुर्खेत, भदौ ।
| फोटाः पुरस्कृत हुने पत्रकारहरु वायाँबाट गोविन्द खत्री, विष्णप्रसाद न्यौपाने, |
स्वच्छता, सरसफाई र खानेपानीको विषमा समाचार सम्प्रेषण गरेका सुर्खेतका सात जना पत्रकारहरुलाई वीरेन्द्रनगरमा पुरस्कृत गरिएको छ ।
वातावरण तथा जनस्वास्थय संस्था (एन्फो) सुर्खेतको सहयोग तथा नेपाल पत्रकार महासंघ सुर्खेत, शाखाको समन्वयमा नगद तीन हजारले पुरस्कृत गरिएको हो । गत कात्तिक देखि पुस महिनाको अवधिमा सुर्खेत जिल्लामा रही खानेपानी, सरसफाई र स्वच्छता विषयमा निरन्तर समाचार लेखन तथा सम्प्रेषण गरेकोमा उनीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा युगआह्वान दैनिकका गोविन्द खत्री, छरछिमेक दैनिककी प्रतिमा परियार, हाम्रो अखवार दैनिककी लक्ष्मी भण्डारी, सुर्खेतपत्र दैनिककी सुनिता पन्त, काँक्रेविहार दैनिकबाट खेमराज वली र सुर्खेत पहिचान दैनिकबाट बिष्णप्रसाद न्यौपाने रहेका छन् ।
0 comments:
Post a Comment