गोविन्द खत्री
सुर्खेत, २८ असार
वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले वीरेन्द्रनगरलाई बालश्रम मुक्त बनाउने बताएका छन् ।
आवाज संस्थाले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको श्रमिक बालबालिकाको अधिकार संरक्षण र बाल श्रमशोषण न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । उनले सबैको सहयोगमा वीरेन्द्रनगरलाई बाल श्रममुक्त नगरपालिकाका रुपमा अगाडी बढाउने योजनामा रहेको बताए । नगरपालिकामा अन्य क्षेत्र भन्दा बढी मात्रामा बाल श्रमिक भएकाले पनि बाल श्रम रोक्न त्यति सजिलो नभएको बताउँदै उनले सबैको सहयोग र सहकार्यमा वीरेन्द्रनगरलाई बाल श्रममुक्त नगरपालिका बनाउन सकिने बताए । योजनालाई अगाडी बढाउनका निम्ति जिल्ला स्तरीय कार्यशाल गरी ठोस कार्ययोजना बनाई अगाडी बढ्न आवश्यक रहेको बताउँदै त्यसका निम्ति आफूले विशेष पहल चाल्ने बताए । सुर्खेत जिल्लामा कति बाल श्रमिक छन भन्ने पछिल्लो तथ्याङक नभएपनि जिल्ला बालकल्याण समितिले २०६६ सालमा निकालेको तथ्याङ्कलाई आधार मान्ने हो भने ७ देखि १४ बर्ष उमेरका १ हजार एक सय ८९ जना बालश्रमिक सुर्खेतमा छन् । जसमध्ये सबैभन्दा धेरै ५ सय ५७ बालबालिका घरेलु श्रमिक रहेकाछन् । पछिल्ला तीन चार बर्षको अबधी भित्र जिल्लामा बालश्रमिकको संख्या घटेको नभई पहिलेको तुलनामा बढेको सरोकारवालाहरुको अनुमान छ । आवाज संस्थामा विभिन्न हिंसामा परी आर्थिक बर्ष २०६९÷०७० मा ७३ जना बालबालिकाले सेवा लिएको संस्थाको तथ्याङ्क छ । बाल श्रममुक्त मात्रै गर्ने भन्दापनि उनीहरुको सर्बाेत्तम हितलाई हेरेर आवश्यक कदम चाल्नु पर्ने आवाज संस्थाकी कार्यक्रम निर्देशक पवित्रा शाहीले बताईन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख टंकप्रसाद चापागाईले बालश्रम र बालदुव्र्यबहार सरोकारला सबैको समस्या भएकाले बालश्रम बिरुद्ध सबैको एक्यबद्धता हुन जरुरी रहेको बताए । कनुै पनि कानून बन्दैमा समस्याको समाधान हुन नसक्ने भन्दै चापागाईले सबैले संबेदनशील भएर लाग्ने हो भने बालश्रम मुक्त गर्न सकिने बताए । कार्यक्रममा बोल्दै जिल्ला बालकल्याण समिति सुर्खेतकी बाल अधिकार अधिकृत रमा भण्डारीले बाल श्रमको मुख्य कारण गरिबी र जनचेतनाको अभाव भएकाले यस तर्फ सबैले ध्यान दिनुपर्ने बताईन् । बालश्रम अन्त्यका लागि यही साउन महिना देखि जिल्ला स्तरमा विशेष अभियान सुरु गरिने भण्डारीले बताइन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक लक्ष्मण शाहीले पछिल्लो समय बालबालिकाहरु चोरी जस्ता घटनामा प्रत्यक्ष संलग्न हुने गरेको पाईएको बताउँदै बालश्रमले अपराध समेत निम्त्याउने भएकाले यसलाई न्यूनिकरण गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा विभिन्न विद्यालका शिक्षक, संस्थाका प्रतिनीधि लगाएतको उपस्थीति रहेको थियो ।

0 comments:
Post a Comment