Friday, June 20, 2014



हालको अवस्था
गोविन्द खत्री
सुर्खेत, असार ।
आठ बर्ष पहिलेदेखि निर्माण सुरु गरिएको राकम स्थित भेरी नदिको पुल बन्न अझै दुइ बर्ष लाग्ने भएको छ ।
यस अघि बन्ने नबने अनिश्चित रहेकोे उक्त पुल अबको दुइ बर्षमा भने बन्ने निश्चित भएको हो । छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको सल्लीबजार र सुर्खेतको राकम जोड्न सो पुल २०६३ देखि निर्माण सुरु भएको थियो । मध्यपश्चिम क्षेत्रीय सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार पुलको फाउनडेशन तर्फको काम लगभग अन्तिम चरणमा पुगेको छ । नदिको बिच भागमा बन्दैगरेको  पिलरको काम पनि अन्तिम चरणमा पुगेको कार्यालयका इन्जिनियर धु्रब झाले बताए । नयाँ प्रविधिबाट १४ मिटर जमिन मुनी पिलर धसाउनका लागि खाल्डो खन्नु पर्नेमा अन्तिम पिलरमा चट्टान लागेपछि निर्माणमा ढिलाई भएको थियो । इन्जिनियर झाका अनुसार अब भने माइक्रोपाइल बिधिबाट जमिनमुनी ६ मिटर पिलर धसाइने छ ।

फाउण्डेशनको काम  गरिदाको अवस्थामा

अर्का इन्जिनियर तुलाराम शर्माले बलास्टिङ गरेर पिलर धसाउनु पर्ने भएकाले ढिलाइ भएको बताए । उनका अनुसार ३ मिटरदेखि चट्टान लागेपछि बलाष्टिङ गरेर अरु ७ मिटर  खाल्डो खनिएको हो । ‘अब बल्ल निर्माण हुन्छ भन्ने कुरामा ढुक्क भयौँ’ इन्जिनियर शर्माले भने‘त्यति बेलै माइक्रोपाइल गर्ने भन्ने टङ्ग्याएको भने अहिले सम्म पुल बनी सक्थ्यो ।’ बर्षमा चार महिना मात्रै काम गर्न मिल्ने भएकाले दुइ बर्ष भएपनि काम गर्ने समय भने सात महिना मात्रै हुने इन्जिनियर शर्माले बताए । अरु महिना नदिमा पानीको वहाव बढ्ने भएकाले माघ, फागुन, चैत र बैशाख महिनमा मात्रै काम हुने गरेको उनले जनाए । यो बर्ष पनि बैशाखदेखि नै काम बन्द भैसकेको छ ।
निमार्ण कार्य पुन सुरु भएपछि यस बर्षका चार महिना मध्ये सुरुमा नदिको पानी फर्काउन आर्थत ड्राइभर्सनको काम २५ दिन हुनेछ । त्यसपछि एक महिनामा माइक्रापाइलको काम सकिएपछि बाँकी दुइ महिनामा फाउण्डेशन अर्थात जग निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको इन्जिनियर शर्माले बताए । उनका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा सुपर कन्स्ट्रसन अर्थात स्टिल जडानको कामगरी पुल सञ्चालनमा आउनेछ । स्टिलको स्पान बाहिरदेशबाट ल्याउनुपर्ने भएकाले समयमा प्राप्त हुने नहुने कुरामा पनि भर पर्ने शर्माको भनाइ छ ।
निर्माणाधिन चरणमा



१ सय ८० मिटर लामो पुलको फाउण्डेशन निर्माणका लागि पहिलो पटक ०६३ असार मसान्तमा स्वच्छन्द लगायतका संयुक्त कम्पनीले सम्झौता गरेका थिए । सुरुमा दुई वर्ष ०६५ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पुल निर्माणका लागि २ करोड ७० लाख रुपैयाँमा निर्माण सम्झौता भएको थियो । पुलको माथिल्लो भाग अर्थात सुपर स्ट्रक्चर निर्माणका पुन २०६८ मा सम्झौता भएपछि आयोजनाको रकम १२ करोड पुगेको छ । १२ करोड मध्ये हालसम्म ६ करोड खर्च भएको  सडक डिभिजन कार्यालयले जनाएको छ । पुल नबन्दा २०४९ मा निर्माण सुरु गरिएको छिन्चु जाजरकोट सडक खण्डले समेत पूर्णता पाउन सकेको छैन् ।


पुल नबनेपछि फेरीको भर

विकल्पका रुपमा रहेको फेरी पनि हिउँदको समयमा मात्रै सञ्चालन हुने भएकाले पुल निर्माण नहुँदा व्यापारीदेखि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । गत जेठ महिनाको सुरुदेखि नै फेरी बन्द भएपछि सल्यान, जाजरकोट, रुकुमलगायत जाने यात्रुहरुले सल्ली बजार र रुकुम, जाजरकोटबाट आएका गाडी जामुने बजारमै रोकिने गरेका छन् ।


0 comments:

Post a Comment

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?