| अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै । |
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले सुर्खेत जिल्लालाई अबको ७५ दिन भित्रैमा अर्थात २०७२ बैशाख १ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्नसकिने विश्वास व्यक्त गरेका छन् ।
वास पत्रकार समूह सुर्खेतले जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्व्य समितिको समन्वयमा बिहीबार आयोजना गरेको ‘सरसफाई अभियानका उपलब्धी तथा भावी कार्यनीति’ सम्बन्धी अन्तरक्रिया तथा लेखनबृत्ती कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा सहभागी सरोकारवालाहरुले निर्धारित मितिमै जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । अन्तरक्रियकासहभागीले पहिले भएका कमिकमजोरिलाई सच्याएर अगाडि बढेमा अभियान सफल हुने विश्वास व्यक्त गरे । जिल्लाको समग्र सरसफाई अभियान एवं खुला दिसामुक्त घोषणा अभियानका बारेमा जानकारी दिँदै जिल्ला स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं क्षेत्रीय सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आवेद हुसेनले एक महिनायता जिल्लामा अभियानले तिब्रता पाएको अवगत गराउँदै अहिलेको अवस्थामा थप क्रियाशिल भएर लाग्ने हो भने बैशाख १ गतेभित्र जिल्ला खुला दिसामुक्त गर्नसकिने बताए । उनले सुर्खेतको खानेपानी तथा सरसफाईको स्थिति सार्बजनिक गर्दै हुसेनले गरेका कामप्रति सकारात्मक सोच राखेमा कुनैपनि काम असफल नहुने भन्दै सबैलाई सकरात्मक सोचका साथ अघि बढ्न सुझाव दिए । त्यस्तै सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक गणेश वलीले खुला दिसामुक्त घोषणा गर्न बाँकी गाविस र नगरपालिकामा जारी अभियानको बारेमा जानकारी दिँदै चुनौतीहरुलाई सबै मिलेर सामना गरेमा अभियान सफल हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका उपाध्यक्ष एवं वास पत्रकार समूहका निवर्तमान अध्यक्ष दीपक बुढाले जिल्लाको सरसफाई अभियानमा होमिएका अभियान्ताहरुले जोश जाँगरका साथ अघि बढेमा निर्धारित मितिमा जिल्ला खुला दिसामुक्त घोषणा गर्न सकिने बताए । उनले सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं २ का सभापती कमलराज रेग्मीले सरसफाई अभियानलाई सबैले हाम्रो हो भन्ने सोचाई राखेर काम गरेमा बाँकी ७५ दिनमा सुर्खेत खुला दिसामुक्त क्षेत्र घोषणा हुन सक्ने बताए । त्यस्तै नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालले सुर्खेतीको शान, इज्जत र प्रतिष्ठासंग जोडिएको अभियान सफल पार्नु सबैको दायित्व भएको बताए । झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बैशाख १ गते नै जिल्लाई घोषणा गर्न धेरै चुनौती भएकाले क्रियाशिल भएर लाग्नुपर्ने बताए । एस एन भी नेपालका सरसफाई सल्लाहकार लेखबिक्रम शाहले सरसफाई अभियानमा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउँदै राजनीतिक दल तथा स्थानीय निकायका विभिन्न समूह,सञ्जालहरुले आफ्नै अभियान ठानेकाले सरसफाई अहिलेको अवस्थामा पुगेको बताउँदै लक्ष्यमा पु¥याउन सबै जागरुक भएर लाग्नुपर्ने बताए । उनले अभियानमा चुनौतीसंगै संभावना पनि भएकाले संभावनाको खोजी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । वीरेन्द्रनगर नगरपालिका का टिका थानीले सुर्खेतलाई स्वच्छ र सुन्दर जिल्ला बनाउने अभिभारा पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको बताइन् ।
सरसफाई सम्बन्धी कलम चलाउने आठ जनालाई लेखनबृत्ती
कार्यक्रममा जिल्लामा रहेर खानेपानी सरसफाई तथा स्वच्छताका विषयमा कलम चलाउँदै आएका आठ जना पत्रकारहरुलाई लेखनबृत्ती प्रदान गरिएको छ ।
सरसफाई क्षेत्रमा सञ्चार कलम चलाउदै आएका छापा माध्यमका ८ जना पत्रकारलाई वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को आर्थिक सहयोगमा प्रति व्यक्ति चार हजारका दरले लेखनबृत्ती प्रदान गरिएको हो । लेखनबृत्ती पाउनेहरुमा हाम्रो नयाँ नेपाल दैनिकका खेमराज वली, सुर्खेतपत्र दैनिकका सुनिता पन्त, लोकमञ्च दैनिकका गोविन्दप्रसाद देवकोटा, युगआवान दैनिकका डिलप्रसाद शर्मा, सुर्खेतपहिचान दैनिकका रचना, साझा विसौनी दैनिकका गीता थापा, काँक्रेविहार दैनिकबाट मानबहादुर वली र हाम्रो अखबार दैनिकका मुना हमाल रहेका छन् ।
लेखनवृत्तीका लागि सहयोग गर्ने संस्था एन्फोका सुर्खेत जिल्ला कार्यक्रम संयोजक मोचन भट्टराइले सरसफाई अभियानमा सञ्चारकर्मी र सञ्चारमाध्यमले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको बताउँदै आगामी दिनमा जिल्लाको लक्ष्य पूरा गर्न थप सहयोग पु¥याउन आग्रह गरे । खुला दिसामुक्त घोषणा अभियानका चुनौती मात्र नभई अबसरहरु केलाउँदै समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई सुझाव दिए । कार्यक्रमको समापनअघि बोल्दै वास पत्रकार समूहका संयोजक गाविन्द खत्रीले जिल्लालाई आउँदो ७५ दिनभित्र खुला दिसामुक्त घोषणा गर्न चुनौती र संभावना पनि उत्तिकै भएकोले सबै सरोकारवाला र्जुमुराउनु पर्नेबेला आएको बताए । कार्यक्रममा सरोकारवालाहरुले गरेका प्रतिबद्धता पूरा गरे नगरेको निगरानीका साथै अभियानलाई सफल पार्न सञ्चारमाध्यमबाट सकरात्मक भूमिका निर्वाह गरी सहयोग गर्ने संयोजक खत्रीले प्रतिबद्धता जनाए ।
0 comments:
Post a Comment