सुर्खेत, असोज
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई सहभागी नगराई गरिएको चुनावको कुनै सार्थकता नरहने बताएका छन् ।
पार्टी सुर्खेत जिल्ला अधिवेशनको उद्घाटन तथा आमसभालाई बुधबा वीरेन्द्रनगमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । अध्यक्ष थापाले कुनैपनि राजनितीक दललाइृ बाहीर राखेर निर्वाचन गर्न नहुने बताए । “बैद्य माओवादीलाई बाहिर राखेर गरेको चुनावको कुनै अर्थ छैन्, त्यस्तो चुनावको कुनै सार्थकता रहँदैन्” थापाले भने । निर्र्वााचनको बिरोधमा उत्रिएको बैद्य माओबादीलाई बाहीर राखेर निर्वाचन भएपनि संविधानसभाले संबिधान दिन नसक्ने थापाले दाबि गरे । द्वन्द्व समाधान नगरि संबिधानसभाको औचित्य नभएको बताउंदै उनले चार दलको सिण्डीकेट नै सबै दललाई निर्वाचनमा आउन नदिने अस्त्र भएको आरोप लगाए । थापाले तीनै चार दलकै कारणले गत संविधानसभाबाट संबिधान नवनेको समेत आरोप लगाए । चार दलिय सिण्डीकेटका कारण निर्वाचन हुने कुरामा अझै ढुक्क नभएको बताउँदै सबै दलहरुलाई मिलाए नलिए र सिण्डीकेट भङ्ग नगरे मंसिर चार गते पनि संबिधान सभाको निर्वाचन नहुने दाबि गरे । ११ बुंदे र २५ बुंदे सम्झौता प्रति राप्रपा नेपालको असहमती रहेको स्पष्ट पार्दै उनले सहमतीका नाममा चार दलिय मोर्चाले दादागिरी गरिरहेको आरोप लगाए । ठूला भनीयका दलहरुले नेपाली जनताको नभई बिदेशी प्रभुको आशीर्वादलाई महत्व दिएको थापाको आरोप छ । सभामा बोल्दै पार्टीका बरिष्ठ नेता केशरबहादुर बिष्टले गत संबिधानसभा निर्वाचनमा माओबादीलाई जनताले जिताएको नभई जबजस्ती रुपमा भोट हाल्न लगाएको बताउँदै त्यसको परिणाम माओवादीले आगामी निर्वाचनमा हार ब्यहोर्ने जिकिर गरे । माओको सिद्धान्त अनुसार जनतालाई दुःख नदिने नभए पनि नेपालका माओबादीहरुले जनतालाई दुःख दिएकाले माओवादी उग्रबामपन्थी भएको ठोकुवा गरे । माओवादीलाई देशकै भ्रष्ट र जनतालाई दुख दिने पार्टीको संज्ञा दिँदै उनले माओवादीले गरेको भ्रष्ट्राचारको हिसाब किताव जनताले गरेरै छाड्ने दावि गरे । “जनताको अगाडी एक सय चार बर्ष शासन गरेको राणा, पञ्चायत कसैले पनि हिसाब किताव नगरि सुख्ख पाएका छैनन् माओवादीले पनि एक दिन हिसाव किताब गुर्नुपर्ने छ कति दिन दादागिरी टिकाई राख्न सकिन्छ हेरौँ” उनले भने । माओबादीसंग जनताले हिसाव माग्ने अवसरका रुपमा निर्वाचनलाई प्रयोग गर्दै आगामी निर्वाचनमा राप्रपा नेपाललाई मत दिन विष्टको आग्रह थियो । सभामा राप्रपाका उपाध्यक्ष धवल शमसेर राणाले राजासहितको प्रजातन्त्र र नेपालको पहिचानका रुपमा हिन्दु धर्म राष्ट्र बनाउनका लागि राप्रपा नेपाललाई मतदान गर्न आग्रह गरे । प्रजातन्त्रको नाममा चार दलले निरंकुशता लाद्न खोजेको उनले आरोप लगाए । केन्द्रीय सदस्य मुकुन्दश्याम गिरीले राप्रपा नेपालबाट राष्ट्रवादी आन्दोलनको सुत्रपात भएको र यसैलाई जनताले अवसरका रुपमा प्रयोग गर्नुपर्ने बताए । उनले देशलाई सम्मान गर्न र नेपाललाई विदेशीको कब्जाबाट बचाउनका लागि भएपनि राजा सहितको प्रजातन्त्र आवश्यक रहेको बताए । विगतमा सभासद्हरुले संबिधान निर्माणका नाममा आफ्नो भविश्य निर्माण गर्न तिर ध्यान दिएको गिरीले आरोप लगाए । अर्का केन्द्रीय सदस्य ओमबहादुर जिसीले गत संबिधानसभाबाट संबिधान नबन्नुको कारण पत्ता लगाई आगामी निर्वाचनमा जनताले को सही र को गलत हो भन्ने कुरा मतदान मार्फत प्रमाणित गर्ने बताए ।

0 comments:
Post a Comment