गोविन्द खत्री,
सुर्खेत, असार । “कति साल हो ठ्याक्कै सम्झना छैन संकटकाल कडा थियो, साउनको महिना दिउँसो १२
जति बजेको हुँदो हो बजार जान्छु है आमा साँझ आउँछु भनेर घरबाट निस्किएकी
हो, खै अझै पनि आएकी छैन् ।” वीरेन्द्रनगर १ ढोडेखालीकी भगवती पुरी यसरी
सुनाउँदै थिईन आफ्नी छोरीको बारेमा ।
![]() |
| वेपत्ता ईन्द्रा पुरीकि आमा ६५ वर्षिया भगवति पुरी |
![]() |
| फोटोः १४ वर्षिय छोरा सन्तोष पुरी । |
कार्यक्रमबाट विजौरामा, वावियाचौर, उत्तरगंगा, अवलचिङ, गुमी, जर्वुटा र लेखपराजुलमा एक÷एक परिवार लाभान्ति भएको रेडक्रम सुर्खेतका सभापति लिलाराम सुवेदीले जानकारी दिए । त्यसैगरी लाटीको
शसस्त्र द्वन्द्वकालमा सुर्खेतबाट १३ नागरिक वेपत्ता भएको नेपाल सरकार शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये राज्यपक्षबाट तीन, विद्रोही पक्षबाट एक जना वेपत्ता पारिएको उल्लेख छ भने बाँकीको नखुलेको अन्र्तगत राखिएको छ । तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे शसस्त्र द्वन्द्वका क्रममा राज्य र विद्राही पक्षबाट एक हजार तीन सय ८० बढि नागरिक वेपत्ता भएको र उनीहरु अझैपनि परिवारको सम्पर्कमा नरहेको आईसीआरसीको तथ्यांकमा उल्लेख छ ।
हेर्दा हेर्दै धेरै परिवर्तन भए छोरीको खोजीका लागि कहाँ जाने कसलाई भन्ने भगवतीलाई केही थाहा भएन् । शान्ति समितिले पहिलो पटक निकालेको वेपत्ताहरुको सूचीमा आफ्नी छोरीको पनि नाम भएको गाउँकै मान्छेबाट सुनीन् । राज्यले नै बेपत्ताको सूचीमा राखे पछि आफ्नी छोरीको खोजी हुने भयो भन्ने भगवतीमा थोरै भएपनि आशा पलाएको थियो । तर शान्ति समितिले पछि छानविन गर्दा कुन पक्षबाट व्यपत्ता पारिएको हो भन्ने दरिलो प्रमाण खुल्न नसकेपछि राहतका लागि लगतबाट इन्द्राको नाम हटाइयो । राहतबाट समेत बञ्चि गरेपछि छोरीको आशामा रहेकी उनलाई झनै पिडा थपेको छ । ३ बर्षमा छोराछोडर घरबाट निश्किएकी इन्द्राको नासोे बनेका छन् सन्तोष पुरी उनी अहिले १४ बर्षका भएकाछन् । छोरीको को सम्झनालाई मत्थर पार्न नातिको अनुहार हेर्ने गरेकी भगवतीलाई आज भोली नातिको भविष्यको चिन्ताले झनै सताउने गरेको छ । आमा व्यपत्ता भएपछि बुवा शहदेव पुरीले जन्म दर्ता समेत गरिदिएका छैनन् । नातिको लालन पालनको बाध्यता आई परेको भगवतीलाई । शान्तिसमितिको बेपत्ताको सूचिमा इन्द्रा पुरी २०६१ साल साउन ९ गते बेपत्ता पारिएकी उल्लेख गरिएको छ । उनी मात्रै होइन उनी जस्तै वेपत्ता पारिएका परिवार र आफ्न्तका आँखा अझै ओभाउन सकेकाछैनन् न त राज्यले आशु पुच्छन सकेको छ । बेपत्ताका परिवारको एउटै मात्र माग भनेको कि सास की लास चाहियो भन्ने छ । आफ्ना आफ्न्तको स्थितीका बारेमा जानकारी पाउनु र आफ्नो धार्मिक र साँस्कृतिक संस्कार अनुसार काज क्रिया गर्न पाउनु मानव उनीहरुको मानव अधिकार हो । चाहे राज्यबाट होस वा विद्रोही अर्थात जो सुकैले बेपत्ता पारेपनि उसको खोजीनीति गर्नु राज्यको दायित्व भित्र पर्दछ । वेपत्ताका लागि भनेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छन् । विभिन्न संस्थाहरु मध्य एक हो अन्तराष्ट्रिय रेडक्रम समिति अन्र्तराष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का मध्य तथा सुदुरपश्चिम संयोजक कविराम मगरले कसले कहाँबाट वेपत्ता पारेको हो भन्ने आधिकारीक नभई खोजीको पहल गर्न गाह्रो हुने प्रतिक्रिया दिए । द्वन्द्वका क्रममा मारिएका, घाईते भएका र वेपत्ताका पारिएका परिवारहरुको अनिश्चित क्षती वा असहज परिस्थितीलाई मनोसामाजिक सहयो गर्ने उद्देश्यले हातेमालो कार्यक्रम अहिले सुर्खेतका १३ गाउँ विकास समिति र एक नगरपालीमा लागु भएको छ ।
ईली, गढिमा र लेखफर्सामा २, छिन्चुमा ३, दशरथपुरमा ४, र वीरेन्द्रनगरमा ३ परिवार हातेमालो कार्यक्रमबाट लाभान्वित भएको रेडक्रसले जनाएको छ ।


0 comments:
Post a Comment