![]() |
| विद्युत उत्पादनको नयाँ प्रविधि विकास गरेका वीरेन्द्रनगर–१८ का ३० बर्षे युवा कृष्ण आचार्य आफूले विकास गरेको प्रविधिबारे जानकारी दिँदै ।ः |
सुर्खेत, २ असोज ।
वीरेन्द्रनगर नगरपालिका–१८ का एक युवाले जल विद्युत उत्पादनका लागि एउटा सहज र नयाँ प्रविधिको विकास गरेका हुन् । सामान्य लेखपढ गर्ने वीरेन्दनगर–१८ सृजना टोलका कृष्ण आचार्यले गेयर बक्सको सहायताले पानीबाट विजुली निकाल्न सक्ने प्रविधिको विकास गरेका हुन् । राष्ट्रिय विज्ञान दिवसको अवसर पारी आफूले विकास गरेको प्रविधिको सार्वजनिक गर्दै उनले यो प्रविधि अहिलेसम्मकै सजिलो र नयाँ भएको दाबि गरेका छन् । करिब दश महिनाको प्रयासमो विद्युत निकाल्ने यस्तो प्रविधिको विकास गरेको बताए ।
आचार्यले समथल नदिबाटै एक किलोवाट र ५० किलोवाट क्षमतासम्म बिजुली निकाल्न सक्ने मेसिन निर्माण गरेका छन् । आचार्यले स्थानी स्तरबाटै आवश्यक सामग्रिहरु खरिद गरी जस्तापाता, गेयरहरु र डाईनोमाको सहयाताले सहजै विद्युत निकाल्ने मेसिन तयार गरेका हुन् । उनका उनुसार प्रतिसेकेन्ट ५० लिटर पानी उपलब्ध भए एक किलोवाट भन्दा बढीको विद्युत निकाल्न सकिन्छ । तर यसका लागि जहाँ पानी छ त्यही मेसिन जडान गरे पुग्छ । गेयरलाई चालमा ल्याउनका लागि पाताद्वारा निर्माण गरिएको पंखालाई पानीले घुमाउनुपर्ने हुन्छ । यस्तै आचार्यले अर्काे करिब ५० किलोवाट विद्युत निकाल्ने मेसिन पनि तयार गरेका छन् । यसमा एक किलो वाटको विद्युत निकाल्ने मेसिनभन्दा ठुला गेयरको प्रयोग गरी निर्माण गरेका हुन् । यसको पंखा दुई मिटर चौडाईको छ ।
पङखा घुमेपछि त्यसबाट गेएरबक्स हुदै डाईनोमा चल्छ । पंखा चलाउनका लागि निकै कम पानी भएपनि पुग्छ । एकछिनको लागि त पंखा हातले चलाएर पनि विद्युत निकाल्न सकिन्छ । उनका अनुसार एक पटक पङखा घुमेमा १ सय पटक डाईनोमा घुमी बिद्युत उत्पादन गर्छ । हालसम्म निर्माण भएका हाईड्रो पावर निर्माण गर्दा अग्लो तथा भिरालो ठाउमा पानी पु¥याई खसालेर बिजुली उत्पादन गरिने भएपनि यो नितान्त फरक तरिकाले गेयर सिस्टमको माध्ममबाट मेसिन तयार गरिएको आर्चाले बताएका छन् । लोडका आधारमा गेएर सिस्टम चल्ने यो मेसिन उनले घरमै तयार पारेका हुन् । यसका लागि बिजुली उत्पादन गर्दा पानी अग्लो ठाउमा पु¥याउनु नपर्ने, सुरुङ तथा लामो नहर निर्माण गर्नु पर्नेछैन । यो प्रबिधीलाई कुनैपनि ठाउँमा मेल नखाएमा उत्पतीको प्रमाण दिन र सहयोग, सर्मथन तथा लगानी गर्नसमेत आचार्यले सरकारसँग आग्रह गरेका छन् । उनले यो प्रविधिको विकास गरी अहिले ‘कृष्ण हाइड्रोपावर रिसर्च प्रा.ली.’ नाम दिएका छन् । जुन कलंकी काठमाडौंको ठेगानामा दर्ता भएको छ ।
आचार्यले आफूले विकास गरेको यो प्रविधि अन्य प्रविधिभन्दा ५० प्रतिशत सस्तो रहेको दावि गरेका छन् । यो प्रविधिबाट विद्युत उत्पादन गर्न समय पनि छोटो लाग्ने र एउटै नदिको करिब एक सय मिटरको फरकमा फरफरक आयोजना निर्माण गर्न सकिने आचार्यले बताए । जलश्रोतको दोस्रो धनी देशका रुपमा नेपाल चिनिय पनि प्रायाप्त मात्रामा विद्युत उत्पादन हुन नसक्दा यहाँका जनताले लोडसेडिङको सामना गर्नुपरेको भन्दै आफूले यस्तो प्रविधिको विकासको प्रयास गरेको उनले बताए । यो प्रविधिलाई सफलरुपमा प्रचार र विकास गरिए नेपालमा लोडसेडिङको पीडा भोग्न नपर्ने उनको भनाइ छ । चार बर्ष अगाडी दक्षिण कोरिया पुगेका आचार्यले त्यहाँबाट फर्केर यो प्रविधिको विकास गरेका हुन् । आचार्यले कोरियामा भने यस्तो प्रविधि सिकेका होइनन् । उनले यस अघि पनि प्रविधि सम्बन्धी विभिन्न नयाँ काम गर्ने र अनुसन्धान गर्ने प्रयास गरेका थिए । कोरिया जानु अघि नै उनले कारको इन्जिन प्रयोग गरी हेलिकप्टर बनाएका थिए । हेलिकप्टर बनाउने काम पूर्णरुपमा सफल नभएपछि उनी विदेश गएका थिए । अहिले भने विद्युत निकाल्ने प्रविधि सफल हुने उनको विश्वास छ । यो प्रविधिको लागि सबैले सहयोग गरेमा अव आफू विदेशको भिजा रोकेर नेपालमै यही प्रविधिको प्रचारमा लाग्ने आचार्यले प्रतिबद्धता गरेका छन् ।
पानीबाट बिजुली निकाल्नका लागि अहिलेसम्म प्रयोमा ल्याएको प्रविधी अग्लो स्थानबाट पानी खसालेर टर्वाइनर घुमाउनु हो । यो प्रविधिबाट गहिरिएर बगेको नदीबाट विद्युत निकाल्न असम्भव जस्तै हुन्छ । त्यस्ता नदिको पानी प्रयोग गरी विद्युत निकाल्नु परे बाँध निर्माण गरी पानी धेरै टाढा पु¥याएर विद्युत निकाल्ने गरिन्छ । यसरी सबै विद्युत निकाल्नको लागि नेपालका सबै नदिहरुको स्थान मिलेको छैन । तर अव यस्तो प्रविधिको विकास भएको जुन प्रविधिबाट सजिलै जुनसुकै नदिबाट पनि विद्युत निकाल्न सकिनेछ । यो प्रविधिबाट विद्युत निकाल्न न त बाँध निमार्ण गरेर सुरुङमार्फत पानी अग्लो ठाउँबाट तल खसाल्नुपर्नेछ न त विदेशी लगानी नै भित्र्याउनुपर्ने छ । यो प्रविधीको प्रयोगले जलविद्युत उत्पादनमा नयाँ किर्तीमानी कायम गर्ने अनुमान गर्न सकिन्छ ।


