गोविन्द खत्री
सुर्खेत, असोज -
कहाँ कति घटे
क्षेत्र नं १ मा १९ हजार ९ सय ७६,
क्षेन नं २ मा १७ हजार ८ सय ४६
क्षेत्र नं. ३ मा २१ हजार ५ सय ५७ ।
सुर्खेत, असोज -
कहाँ कति घटे
क्षेत्र नं १ मा १९ हजार ९ सय ७६,
क्षेन नं २ मा १७ हजार ८ सय ४६
क्षेत्र नं. ३ मा २१ हजार ५ सय ५७ ।
गत संविधानसभाको निर्वाचनमा मतदाता नामावली भएका सुर्खेतका झण्डै ६० हजार मतदाताको नाम फोटो सहितको मतदाता नामावलीमा छैन् ।
२०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनमा भाग लिन सुर्खेत जिल्लाका २ लाख १४ हजार १ सय ८३ जनाले मतदाता नामावलीमा नाम लेखाएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ मंसिरमा हुने लागेको निर्वाचनमा भाग लिन १ लाख ५४ हजार ८ सय १० जनाको मात्रै मतदाता नामावलीमा नाम छ । अघिल्लो निर्वाचनको मतदाता भन्दा यसपाली ५९ हजार ९ सय ५१ मतदाता कम देखिएका छन् । निर्वाचन क्षेत्र अनुसार सबै भन्दा बढी क्षेत्र नं ३ मा मतदाता घटका छन् । जिल्ला निर्वाचन अधिकारी तिलक रिजालका अनुसार अघिल्लोको भन्दा यसपटकको निर्वाचनमा क्षेत्र नं १ मा १९ हजार ९ सय ७६, क्षेन नं २ मा १७ हजार ८ सय ४६ र क्षेत्र नं. ३ मा २१ हजार ५ सय ५७ मतदाता घटेकाछन् । मतदाता नामावलीमा नाम लेखाएपनि मतदान गर्ने समयमा भने कतिपय मतदाता नआउने भएको हुँदा सो मतदातामा पनि केही घट्ने संभावना देखिन्छ । ०६४ सालको निर्वाचनमा क्षेत्र नं १ मा ६७ हजार ९ सय १३ मतदाता रहेकोमा ४४ हजार ५ सय ८१ जनाले मात्रै मतदान गरेका थिए । क्षेत्र नं २ मा ७६ हजार ७ सय ४६ मतदाता मध्ये ३९ हजार ७ सय ८९ र क्षेत्र नं ३ मा ६९ हजार ५ सय २४ मध्ये ३८ हजजार ९ सय ४३ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी रिजालले जानकारी दिए । निर्वाचनमा बदरमतलाई कम गर्ने प्रयोस गरिएपनि केही मतहरु बदर हुनेगरेका छन् । गत संविधानसभाको निर्वाचनमा सुर्खेतका तीनवटै निर्वाचन क्षेत्रमा गरी १ लाख २५ हजार ३ सय १३ जम्मा मत खसेकोमा ८७ हजार १९ मत मात्रै सदर भएको र जनाइएको छ । यस बर्ष पनि निर्वाचन आयोगले बदरमत घटाउने उद्देश्यले मतदाता शिक्षा, तालिम लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
जिल्लामा मताधिकार भएको जनासंख्याको आधारमा मतदाता नामावलीमा नाम लेखाउनेको संख्यामा समेत कमी देखिएको छ । २०६८ को जनणना अनुसार सुर्खेत जिल्लामा १५ बर्ष देखि माथिको जनसंख्या २ लाख २३ हजार ४४ रहेको छ । जनगणनामा १५ देखि १९ बर्ष उमेर समूहका मानिसको जनसंख्या मात्रै ३९ हजार ५ सय ५८ जना छ । २ बर्ष अघि जनगनणा गरिएकाले १६ बर्ष उमेर पुगका नागरिकले मतदाता नामावलीमा नाम लेखाउने प्राब्धान अनुसार १५ देखि माथि उमेर समूहका मानिसले मतदान गर्ने अवर पाएका हुनुपर्ने हुन्छ । गत निर्वाचनमा मतदाताका परिवारले समेत नाम टिपाउने गरेकोमा विदेशमा रहेका तथा फर्जी मतदाताको समेत नाम नामावलीमा भएकोमा यसपटक फोटो सहितको मतदाता नामवलीमा नाम लेखाउन स्वंम मतदाता उपस्थित हुनुपर्ने हुँदा पनि मतदाता संख्या नामवलीमा घटेको जिल्ला निर्वाचन अधिकारी रिजाल बताउँछन् । आयोगले स्थानीय प्रशासन मार्फत पटक पटक घरदैलोमा शिविर सञ्चालनगरी फोटो सहितको मतदाता नामावली लेखाउने अवसर दिएको थियो । गत निर्वाचनमा मतदाता नामावलीमा नाम लेखाउदा सजिलो भएपनि मतदान गर्दा कडाइ गरिएकोमा यस पटक भने फोटो सहितको नामावली भएकाले वास्तविक मतदाताको नामवली मात्रै तथ्याङ्कमा आएको अनुमान गरिएको छ । प्रशासनीक प्रक्रिया नमिल्दा तथा विदेशमा रहेका नेपालीहरुको पनि नामावलीमा नाम लेखाउने सुविधा नहँुदा पनि मतदाता नामावलीमा मतदाताको संख्या घटेको हुन सक्ने कतिपयको विश्लेषण छ ।

0 comments:
Post a Comment