गोविन्द खत्री
सुर्खेत, २० बैशाख ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले प्रेस स्वतन्त्रताको प्राप्ति र रक्षा एवंम महासंघको संस्थागत विकासका लागि महत्वपूर्ण सहयोग पु¥याएका अग्रज पत्रकार बालाराम शर्मालाई पुरस्कृत गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले यसै बर्षबाट स्वतन्त्र पत्रकारितामा योग्दान पु¥याउने एक जना पत्रकारलाई दश हजार नगद सहित सम्मान गर्ने कार्यक्रम अनुसार शर्मालाई पहिलो पुरस्कार तथा सम्मान गरिएको हो ।
२०३० सालमा काठमाण्डौँबाट प्रकाशित हुने मातृभूमि साप्ताहिकको बिक्री बितरण र सुर्खेत सम्वाददाताको रुपमा पत्रकारिताको सुरु गरेका उनले भैरहवाबाट प्रकाशित दैनिक निर्णय, दृष्ट्री साप्ताहिक, बुधबार साप्ताहिक, सुर्खेतबाट प्रकाशित साप्ताहिक पत्रिका चासोको सम्पादक तथा प्रकाशकको रुपमा काम गरेका थिए । सुर्खेत शाखाको संस्थापक सदस्य समेत रहेका शर्मा पत्रकार महासंघको १८ औँ महाधिबेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।
२०५४ साल सम्म सक्रिय रुपमा पत्रकारितामा रहेर कलम चलाएका शर्माले जनताको पक्षमा कलम चलाएको र बामपन्थी भएकाले ३ पटक, २०३१ र ०४५ मा राजकाज मुद्धामा र शान्ति सुरक्षा ऐन अन्र्तरगत ८ पटक जेल पस्नु परेको थियो । उनीहाल नेकपा एमालेमा आबद्ध रहि राजनीतिक जिवन विताइरहेका छन् ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोषका अध्यक्ष तथा संबिधानसभाका निर्वतमान सदस्य यामलाल कंडेलले प्रेस स्वतन्त्रतासंग सम्बन्धित अन्य कुराहरुको सुरक्षा हुन सके मात्रै प्रेस स्वतन्त्रता हुने बताए । स्थानीय निकायमा जननिर्वाचित प्रधिनीधिहरु नभएको र जनताको अधिकारहरु समेत कुण्ठीत भएको अवस्थामा प्रेस स्वतन्त्रताको रक्षा हुन नसक्ने बताउँदै जब सम्म निर्वाचित सरकार हुँदैन तव सम्म प्रेस स्वतन्त्रतता हुन नसक्ने जिकीर गरे ।
अधिकार सुनिश्चित गर्न कलम चलाई महत्वपूर्ण सहयोग गर्ने पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी राज्यले गर्न नसक्दा जनताका अधिकारमा समेत अंकुश लाग्ने कंडेलले बताए । निमित्त क्षेत्रीय प्रशासक बासुदेव दाहालले जनताका राज्यले जनतालाई स्वतन्त्रताको अधिकार प्रदान गरेको र यसको ग्यारेन्टी गर्न पत्रकारहरुले निगरानी गर्नपर्ने बताए ।
जनताका अधिकारको रक्षा गर्ने पत्रकारको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको दाहालले बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणी गौतमले लोकतन्त्र स्थापनापछि पनि थुप्रै पत्रकारहरुले ज्यान गुमाउनुका साथै धाक धम्की ब्यर्होर्नु परेको बताउँदै राज्यले कानूनमा व्यवस्था गरेपनि प्रेस स्वतन्त्रता प्रदान गर्न नसकेको बताए । शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापाले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टी राज्यले लिनुपर्ने बताए ।
प्रेस स्वतन्त्रता सम्मानित शर्मा
नाम ः बालाराम शर्मा
जन्म ः २०१० साल माघ १० गते
पिता ः देवीदत्त शर्मा÷माता ः स्व. देवकला शर्मा
जन्मस्थान ः दैलेख चामुण्डा गाविस वडा नं. १ भोर्लेनी
पत्रकारिता आरम्भ ः
२०३० सालदेखि काठमाडौंबाट प्रकाशित मातृभुमि साप्ताहिकको स्थानीय विक्रि वितरण र समाचार संप्रेषण,
२०३५ सालदेखि दृष्टि साप्ताहिकको जिल्ला सम्वाददाता,
बुधबार साप्ताहिकको जिल्ला सम्वाददाता,
सुर्खेतबाट प्रकाशित “चासो” को सम्पादक तथा प्रकाशक,
१८ औं महाधिवेशनबाट निर्वाचित नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष,
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको संस्थापक सदस्य,
२०३० सालदेखि २०५४ साल सम्म निरन्तर पत्रकारिता क्षेत्रमा संलग्न,
जनताको पक्षका कलम चलाएको र वामपंथी राजनीतिमा संलग्न भएको आरोपमा पटक–पटक गरी ३ बर्ष भन्दा बढी कारावासको सजाय,
२०३१ र २०४५ मा २ पटक “राजकाज अपराध” मुद्धामा जेल सजाय,
शान्ति सुरक्षा ऐन अन्तर्गत ८ पटक जेल सजाय,


