गोविन्द खत्री
सुर्खेत, २० फागुन
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि उठेको सहयोग विश्वविद्यालयलाई खुल्ला दिलले हस्तान्त्रणका लागि तयार रहेको विश्वविद्यालय स्थापना मुल समितिले जनाएको छ ।
शनिबार वीरेन्द्रनगरमा मौद्गल्य सेवा समाज नेपाल, सुर्खेतले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनार्थ आयोजित महायज्ञमा प्राप्त सहयोगको उपयोगिता र प्रयोजन’ का सम्बन्धमा गरेको अन्तरक्रियामा समितिका संयोजक भुषण कुमार मानन्द्यर, सचिव डा.महेन्द्र कुमार मल्ल र कोषाध्यक्ष धु्रब कुमार श्रेष्ठले प्रक्रिया मिलाएर समिति उठेको रकम तथा अन्य सहयोग हस्तान्त्रण गर्न तयार भएको बताएका हुन् । मुल समितिका संयोजक मानन्द्यरले भने ‘हामीसंग भएको रकम हस्तान्त्रण गर्न कुनै कन्जुस्याइ छैन’, जनताको नासो हो सुम्पी दिन्छौँ’, ‘तर हाम्रो पनि भावनात्मक कदर हुनुपर्छ ।’ उनले थपे ‘हस्तान्त्रण गर्नु अघि चन्दादाता र राजनितिक दलहरुसंग छलफल गर्छाै र सञ्चालीत खर्च होइन् पुँजीगत खर्चका लागि हस्तान्त्रण गर्न तयार छौँ ।’ महायज्ञमा चन्दादाता तथा संस्थाहरुले बोलेको धेरै रकम उठ्न बाँकी रहेको भन्दै उक्त रकम उठाउनका लागि सबै लाग्नुपर्ने बताए । मुल समितिका सचिव तथा सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख डा. महेन्द्र कुमार मल्लले समितिले विश्वविद्यालयको पहिलो सभामा नै रकम हस्तान्त्रण गर्ने तयारी गरेको भएपनि पहिलो सभा काठ्माण्डौँमा भएकाले बिधि र बिद्यान अनुसार आउदो सभामा रकम हस्तान्त्रण गर्ने बताए । ‘रकम हस्तान्त्रण गर्न हामी तयार छौँ,’ सबै संग छलफल गरेर सर्तहरु लागुहुने गरी रकम हस्तान्त्रण गर्ने छौँ,’ उनले भने ।

