भेरीमा कांग्रेस एमालेका बराबर
सुर्खेत, मंसिर ।
संविधानसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ भेरी अञ्चलका १५ सिट मध्ये नेकपा एमालेले र कांग्रेसले ६÷६ बराबर सिट प्राप्त गरेका छन् । एकिकृत नेकपा माओवादीले ३ सिट जितेको छ । दैलेखका दुइ क्षेत्र क्षेत्र नं १ बाट अम्मरबाहादुर थापा र २ बाट लक्ष्मी पोखरेल, बाँके १ बाट देभराज भार, २ बाट दिनेशचन्द्र यादव , ४ बाट दलबहादुर सुनार र बर्दिया १ बाट बामदेव गौतम विजयी भए ।
त्यस्तै ३ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा तीन वटै क्षेत्र कांग्रेस विजयी भएको छ । क्षेत्र नं १ बाट पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी र ३ बाट तप्तबहादुर बिष्ट विजयी भएका छन् । जाजरकोट २ बाट राजिवविक्रम शाह, बाँके ३ बाट पार्टी सभापती शुशील कोइराला, बर्दिया २ बाट सञ्जयकुमार गौतम विजयी भए । एकिकृत नेकपा माओवादीले भने बर्दियाका दुई र जाजरकोटमा एउटा सिट जितेको हो । जाजरकोट १ बाट शक्ति बस्नेत, बर्दिया ४ बाट मानबहादुर थारु र ३ बाट सन्तबहादुर थारुले जितेका हुन् ।
कर्णालीमा पनि बराबर
कर्णाली अञ्चलमा पनि नेकपा एमाले र कांग्रेसले बराबर सिट जितेका छन् । ५ सिट रहेको कर्णालीमा २ एमा र २ कांग्रेस तथा १ सिट माओवादीले जितेको छ । मुग बाट एकालेका मोहन बानियाँ र डोल्पाबाट धनबहादुर बुढा, कालिकोटमा एमाओवादीका महेन्द्रबहादुर शाही तथा जुम्लाबाट कांग्रेसका ललितजंग शाही र हुम्लाबाट कांग्रसक जीवनबहादुर शाही विजय भएका छन् ।
राप्ती अञ्चलमा मिश्रित
अघिल्लो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ पुरै सिट माओवादीले जितेको भएपनि यस पटक भने राप्ती अञ्चलमा मिश्रित परिणाम आएको छ ।
राप्ती अञ्चलका १३ वटै स्थान जित हात पारेको एकीकृत नेकपा (माओवादी) ले दोस्रो संविधानसभाको निर्वाचनमा भने पाँच वटा स्थानमा मात्र चित्त बुझाउनपरेको छ । नेकपा एमालेले सल्यानको एउटा र प्युठानका दुई वटा गरी जम्मा तीन स्थान जितेको हो । पहिलो संविधानसभा निर्वाचनमा राप्ती अञ्चलका पाँचवटै जिल्लामा पराजय भोगेको काँग्रेसले यस पटक भने दाङ जिल्लाबाट पाँच स्थान ल्याउन सफल भएको छ । नेपाली काँग्रेसले यस पटक दाङका पाँचवटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो । दाङ क्षेत्र नं १ बाट पार्वती डिसी चौधरी आठ हजार ७ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी दाङ क्षेत्र नं २ मा काँग्रेसका सुशीला चौधरी १० हजार ४ सय ३० मत प्राप्त गरी विजयी भएका छन् । दाङ क्षेत्र नं ३ बाट काँग्रेसका राजु खनाल १५ हजार ४८, क्षेत्र नं ४ बाट बुद्धिराम भण्डारी १४ हजार ५ सय ३ र क्षेत्र नं ५ बाट दीपक गिरी १५ हजार ३ सय ५८ मतसहित विजयी भए । एमाओवादीले यो चुनावमा सल्यानको एक, रोल्पाको दुई र रुकुमको पनि दुई गरी पाँच वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । सल्यान क्षेत्र नं १ बाट टेकबहादुर बस्नेत १५ हजार ८९, रोल्पा क्षेत्र नं १ बाट कृष्णबहादुर महरा ११ हजार सात, क्षेत्र नं २ बाट ओनसरी घर्तीमगर १४ हजार ९६४, रुकुम क्षेत्र नं १ बाट गणेशमान पुन १८ हजार ५ सय ९८ र क्षेत्र नं २ बाट जनार्दन शर्मा २२ हजार ५ सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी सल्यान क्षेत्र नं १ बाट एमाओवादीका टेकबहादुर बस्नेत १५ हजार ८९ मत प्राप्त गरी विजयी भएका छन् । सल्यान क्षेत्र नं २ मा एमालेका प्रकाश ज्वाला १४ हजार ८ सय २९, प्युठान क्षेत्र नं १ बाट वामदेव गौतम १३ हजार ९६२ र प्युठान क्षेत्र नं २ बाट हीराबहादुर केसीले १२ हजार ७ सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । यी मध्ये एमाओवादीका महरा, शर्मा र बस्नेत पुराना अनुहार नै हुन् । उनीहरू पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

0 comments:
Post a Comment