सुर्खेत, भदौ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं २ की लक्ष्मी गिरी बिवाह गरेको ३० बर्ष बितेपछि पति अमर गिरीको नाममा रहेको जग्गाको जग्गाधनी भएकीछन् । अमर र लक्ष्मी सोमबार मालपोत कार्यलयमा कार्यलय समय सुरु भए देखि उपस्थीत भए । अमरको नाममा रहेको जग्गाको जग्गा धनी लालपुर्जामा लक्ष्मीको पनि नाम लेखाउन उनीहरु मालपोत कार्यालय आएका थिए । अमरको नाममा रहेको जग्गामा लक्ष्मीलाई पनि जग्गाधनी बनाउन उनीहरुलाई कुनै समस्या भएन् । कार्यालयमा एक सय रुपैँया मात्रै तीरेर उनीहरु दुबै जना एउटै जग्गाको मुली बने ।
मालपोत कार्यालय सुर्खेतबाट सोमबार१२ जनाले पतिको नाममा भएको जमिन पत्निको समेत सगोलनामा गराएका छन् । वीरेन्द्रनगर दुईका अमर र लक्ष्मी सहित सहारे गाविसका ११ जोडीले सगोलनामा गराएका हुन् । सगोलनामा बनाउने जोडीलाई मालपोत अधिकृत कमलप्रसाद पौडेलले संयुक्त रुपमा जग्गाधनी लालपुर्जा प्रदान गरेको थिए । मालपोत अधिकृत पौडेलका अनुसार पति वा पत्नि मध्ये कुनै एकको नाममा भएको जमिन पति पत्नि दुबै जनाको नाममा बनाउनुलाई सगोलनामा गर्नु भनिन्छ । चालु आर्थिक बर्षको बजेट भाषणमा सरकारले सगोलनामा गर्ने कार्यक्रम ल्याएपछिसुर्खेत लगाएतका विभिन्न जिल्लाहरुमा सगोलनामा गराउने काम सुरु भएको छ । सरकारले पति वा पत्नि मध्ये कुनै एकको नाममा रहेको जमिनको सगोलनामा बनाउँदा एक सय रुपैयाँ राजस्व तिर्नु पर्ने र अन्य कुनै पनि रकम नलाग्ने गरी कार्यक्रम अघि सारेको छ । भूमि अधिकारका क्षेत्रमा सक्रिय रुपमा काम गरीरहेको भूमिअधिकार मञ्चले भने सगोलनामा बनाउने कार्यलाई अभियानकै रुपमा सुरु गरेको छ । सामुदायिक भूमि तथा कृषि सुधारको लागि अभियान सञ्चाल गरिरहेको भूमि अधिकार मञ्च सुर्खेतले सगोलनामा अभियान सहारे गाविलाई नमूनाका रुपमा विकास गर्ने गरी थालनी गरेको सामुदायिक भूमि तथा कृषि अधिकार अभियान, सुर्खेतका संयोजक पूर्ण सुनारले बताए । अभियान अन्तर्गत नै सोमबार१२ जनाको सगोलनामा गराएको जनाइएको छ । संयुक्त जग्गाधनी पुर्जा बनाउँदा पति पत्निको सल्लाह नभई जग्गा बिक्री तथा धितो बन्दक राख्न नपाइने हुँदा सम्पत्तिको सुरक्षा हुने मञ्चको ठहर रहेको छ । महिलाहरुको कामको सम्मान, पारिवारीक मेलमिलाप, महिला हिंसामा कमी र परिवारमा खुशीयाली, महिलाको हैसीयत बढ्नुको साथै सुकुम्वासीको संख्यामा समेत घटी हुने भएकाले संयुक्त पुर्जा बनाउन फाइदा हुने संयोजक सुनारले बताए । संयुक्त पुर्जा बनाउन पाउँदा वीरेन्द्रनगरका अमर र लक्ष्मी खुशी छन् । पहिले नै सम्पत्तिमा दुबैको समान हक बनाउन मन भएपनि यस अघि यस्तो व्यवस्थाका बारेमा थाहा नभएको अमर गिरीले बताए । “श्रीमान श्रीमती भनेका जीवन साथी हुन् तैपनि कसलाई कतिबेला के हुन्छ केही भन्न सकिदैन, अमर भन्छन् “छोरा छोरीले पछि गएर हेला पनि गर्दैनन् र सम्पत्तिको सुरक्षा पनि हुने ।” संयुक्त लालपुर्जा बनाउन आएका सहारेका दलजित खत्री र लक्ष्मीदेवि खत्री पनि दुइवटैको नाममा जग्गाको लालपुर्जा बनाउन पाउँदा हर्षित भएको बताउँछन् । सहारेका लिलबहादुर डांगी र भिमसरी, नोखेन्द्र खत्री र पवित्राकुमारी, खपसिंह गोल्जाली र इवीसरा, रामबहादुर डांगी र प्रिमकला ओली, कर्णबहादुर घर्ती र पे्रमकला, ताराबहादुर थापा र नन्दकली घर्ती, खुमानसिंह आले र प्रिमी साथै चुडामणी कामी र मिनाले संयुक्त लालपुर्जा बनाएको अभियानका संयोजक पूर्ण सुनारले जानकारी दिए । हाल नेपालमा १९ प्रतिशत महिलाको मात्रै भुमिमा स्वामित्व रहेको तथ्याङक छ । सरकारले यस अघि पनि महिलाका नाममा जग्गा पास गर्दा हिमाली क्षेत्रकालागि ४० प्रतिशत पहाडी क्षेत्रका लागि ३० र शहरी क्षेत्रमा २५ प्रतिशत राजस्वमा छुट दिने नीति कार्यन्वयनमा ल्याएको छ । सरकारले भूमिमा महिलाहरुको स्वामित्व बढाउन एक सय तिरेर सगोलनामा गर्ने नीति ल्याएको हो ।

0 comments:
Post a Comment