![]() |
| सुर्खेत क्याम्पस शीक्षााकाे परीक्षाा भवन शीलान्यास गर्दै त्री वी पदाधीकारीहरु |
गोविन्द खत्री,
सुर्खेत,असार ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस शिक्षालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वामित्वमा लिन चुनौति देखिएको छ । मध्यपश्चिम विश्वविद्यालयको आधार क्याम्पसका रुपमा रहने भनिएको सुर्खेत क्याम्पस शिक्षालाई त्रिभुवन विश्वविद्यालयले भने सहजै हस्तान्त्रण नगर्ने संकेत देखाएको हो ।
सुर्खेत क्याम्पसमा नव निर्मित परीक्षा भवनको उद्घाटनमा मंगलबार सुर्खेत आएका त्रिविका पदाधिकारीहरुले क्याम्पस हस्तान्त्रण नगर्ने मनस्थिति प्रस्तुत गरेका छन् । भवन उद्घाटनपछि आयोजना गरिएको समारोहमा बोल्दै उपकुलपति प्राध्यापक डा. हीराबहादुर महर्जनले क्याम्पस हस्तान्त्रणका विषयमा मपका पदाधिकारीहरुको शैलीका आधारमा क्याम्पस हस्तान्त्रण नगर्ने बताए । ‘यूजीसी हामी र मपका पदाधिकारीहरुबीचको छलफलमा उनीहरुले ऐन देखाउने गरेका छन्,’ उनले भने,–‘त्यसरी ऐनको पाना पल्टाएर दिने कुरा हुँदैन ।’ त्रिविको ऐनमा पनि आफ्नो आंगिक क्याम्पस हस्तान्त्रण गर्ने भन्ने उल्लेख नगरिएको बताउँदै ऐनका भरमा क्याम्पस हस्तान्त्रण नगर्ने उपकुलपति महर्जनको तर्क छ । उनले सबै जनताले सहमती गरेर मपमा मर्ज गर्ने निर्णय गरेमा भने त्रिवि सुर्खेत क्याम्पस हस्तान्त्रण गर्न तयार रहेको बताए । ‘मर्ज गर्नुपर्छ भनेर जनता सबै लागेभने हामीले रोक्न सक्दैनौँ,’ उनले थपे‘तर जनताको मर्ज नहोस भन्ने चाहाना हो भने हामी चाहानालाई रोक्दैनाँै ।’ दुइ वटा विश्वविद्यालय हुँदा प्रतिस्पर्धाका रुपमा अगाडी बढ्ने भन्दै तत्काल क्याम्पस हस्तान्त्रण नगर्ने महर्जनले धारणा राखेका छन् । उनले एक अर्काे प्रसंगमा नेपालको मुल्याङ्कन प्रणाली परिवर्तन गर्नुपर्ने बताए । बर्ष भरी पढेको कुरा विद्यार्थीले तीन घण्टा भित्र व्यक्त गर्न नसक्ने भएकाले मुल्याङकन प्रणाली प्रयोगात्मक र व्यवहारिक हुनुपर्ने उनले बताए ।
कार्यक्रममा शिक्षाध्यक्ष गुणनीधि न्यौपानेले त्रिभुवन विश्वविद्यालयले उत्पादन गरेको दक्ष जनशक्तिलाई राज्यले अवसर दिन नसकेका कारण दक्षताको उचित प्रयोग हुन नसकेको बताए । उनले सरकारले शिक्षाको नाममा विद्यालय स्तरका गरेको लगानी देखाउने गरेको भएपनि उच्च शिक्षाका लागि उचित लगानी गर्न नसकेको बताए । गुणस्तरीय र सक्षम जनशक्ति उत्पादन गर्न सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । गुणस्तरीय शिक्षा दिन शिक्षण सिकाइमा पुरानो बिधिलाई परिमार्जन गरी नयाँ प्रविधिको प्रयोग गर्ने तथा शिक्षक प्राध्यापकहरुलाई पुर्नताजगी तालिमको व्यवस्था हुनुपर्ने उनले बताए । त्रिविले आफ्नो पठनपाठनलाई व्यवस्थीत गर्दै लगेको बताउँदै उनले अब हरेक परीक्षाहरु जेठ देखि भदौ सम्म गर्नेखालको शैक्षिक क्यालेण्डर ल्याउने तयारी भैरहेको बताए । रजिष्टार चन्द्रमणी पौडेलले त्रिविले सुर्खेत क्याम्पसलाई महत्व दिइरहेको बताउँदै मप विश्वविद्यालयमा समायोजन नगर्ने आश्य व्यक्त गरे । उनले सुर्खेत क्याम्पसलाइ एउटा क्षेत्रीय क्याम्पसका रुपमा हेरिन नहुने भन्दै त्रिविको अधिकार सम्पन्न आंगिक क्याम्पसका रुपमा परिभाषित गरेका थिए । त्रिवि आफ्ना आंगिक क्याम्पसहरुको संरक्षण, स्तरबृद्धि तथा गुणस्तर बृद्धिमा लागिरहेको उनको भनाई थियो । उनले नेपालमा त्रिविसंग प्रतिस्पर्धा गर्ने अन्य विश्वविद्यालय नभएको भन्दै अब विश्वका अन्य विश्वविद्यालयसंग प्रतिस्पर्धी विश्वविद्यालय बनाउन चाहेको बताए । कार्यक्रममा सुर्खेत क्याम्पसका प्रमुख महेन्द्रकुमार मल्ल स्ववियु सचिव डम्मर गरंजा तथा राजनीतिक दलका प्रतिनिधिहरुले पनि अहिलेका पदाधिकारीको व्यवहारप्रति शंका गर्दै तत्कालन क्याम्पस हस्तान्त्रण गर्न नहुने धारणा राखेका थिए ।

0 comments:
Post a Comment