असार, सुर्खेत ।
गाउँ गाउँमा कृषिसम्बन्धी सेवा दिन सुर्खेतमा १७ जना ग्रामिण कृषि कार्यकर्ता तयार पारिएको छ ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जिल्लाका विकट तथा ग्रामिण क्षेत्रका १७ गाविसका एक एक जना युवाहरुलाई आधारभुत कृषि तालिम दिइ ग्रामिण कृषि कार्यकर्ता तयार गरेको हो । जिल्लाका घुमखहरे, बजेडीचौर, गर्पन, बाबियाचौर,धारापानी, डाँडाखाली, गुमी, पाम्का, पोखरीकाँडा, मटेला, विद्यापुर, बेतान,दहचौर, तरंगा मालारानी उत्तरगंगा र नेटामा एक एक जना ग्रामिण कृषि कार्यकर्ता तयार पारिएको छ । उनीहरुलाई ५१ दिने आधारभुत कृषि तालिम प्रदान गरिएको जिल्लला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख बिजयकुमार गिरीले बताए ।
उनका अनुसार ग्रामिण कृषि कार्यकर्ताहरुले खेतिकाबारेमा कृषकहरुलाई सामान्य प्राविधिक सल्लाह दिने, रोग तथा किराहरु न्यूनिकरण गर्न कुन विषादीको प्रयोग गर्ने जस्ता कुराहरु सिकाउने छ । जिल्ला कृषि विकास कार्यालयले जनशक्ति अभावमा विकट गाउँसम्म सेवा पु¥याउन नसकिरहेको बेला कार्यालय र कृषकहरुबीचको समन्व्यकर्ताको रुपमा ती कृषि कार्यकर्ताहरुले काम गर्ने बरिष्ठ कृषि विकास अधिकृत गिरीले बताए । ती कार्यकर्ताहरुले अहिले भने स्वंसेवकका रुपमा काम गरिरहेको उनले बताए । गाउँ गाउँमा कृषिका लागि सरकारले स्वंसेवक खटाउने कार्यक्रममा बारेमा छलफल गरिरहेकाले उनीहरुलाई पछि गएर स्वंसेवकका रुपमा नियुक्त गर्ने योजना रहेको गिरीले बताए । गाउँ गाउँमा प्राविधिक ज्ञान भएका स्वंमसेवकहरु भएमा कृषि प्रणलीमा सुधार आउनुका साथै उत्पादनमा समेत बृद्धि हुने गिरीको भनाई छ । उनले गाउँमा अधिकांस मानिसहरु कृषिमा निर्भर रहेकाले गाविसले स्थानीय स्रोतबाट भएपनि कृषि कार्यकर्ता परिचालन गर्न आवश्यक रहेको बताए ।
गाविसको अनुदान बजेटबाट कृषिका लागि छुट्याइनुपर्ने बजेट विनियोजन तथा कार्यन्वयन गराउन पनि ग्रामिण कृषि कार्यकर्ताहरुले समन्वय गर्नेछन् । जिल्ला कृषि विकास कार्यालयले आउँदो बर्ष पनि जिल्लाका विकट थप गाविसहरुमा ग्रामिण कृषि कार्यकर्ता तयार गर्ने लक्ष्य लिइएको कार्यालयले जनाएको छ ।



0 comments:
Post a Comment