गोविन्द खत्री
सुर्खेत, साउन ।
प्रायःजसो खाली र उजाड देखिने वीरेन्द्रनगर बजारको उत्तर पूर्वमा रहेको खुला मञ्च मंगलबार भने मानिसहरुको निकै चहलपहल थियो । खुला मञ्चको उत्तर पश्चिमा रहेको घण्टाघरको घडीमा मध्यान्नको १२ बजेर घडीको सुई आफ्नै गतीमा अगाडी सरीरहेको थियो, एक पछि अर्काे गर्दै समुह—समुहमा मानिसहरु खुला मञ्चमा जम्मा हुन थाले । ठुलो अनी खुला चौरमा बढेको हरियो दुबोमाथि राता हरिया र थरी थरीका पहिरनमा ठाउँ—ठाउँमा दुइ चार÷दुई चार जना गरी जम्मा भएका मानिसहरुले खुला मञ्चको शोभा बढेको थियो । चारै तिरबाट खुला मञ्चमा प्रवेस गरेकाहरु एकै ठाउँमा जम्मा हुने क्रम जारी थियो, कुनै संकेतै नगरी एकै छिनमा आकासबाट पानी बर्षियो । समय ढल्कीदै जाँदा आकास पनि अध्याँरो हुदै गएको थियो साउनको महिना भए पनि विहानैदेखि चर्काे घाम लागेकोले होला कतिले त ओड्ने छाता पनि ल्याउन बिर्षीयका थिए । एक छिन त एक अर्कासंग ओत लागेर चहुरमै उभिने प्रयास गरे तर आकासबाट पानी झन—झन ठुलो गरी पर्न थाल्यो । जम्मा भएका मानिसहरु आधा शरिर भिजुन्जेलसम्म पनि चौरमै उभिराखेपछि अन्ततः पानीको पनि केही सीप लागेन र विस्तारै कम हँुदै गयो । पानी पर्न पूर्णरुपमा रोकिएको थिएन चौरमा जम्मा भएका मानिसहरु कोही छाता ओडेर र कोही पानीको कुनै प्रवाह नै नगरी गोलो घेरामा गोलबद्ध भए कोही बीचमा उभिए कोही बाहिरबाट हेर्न थाले गोलो घेरामा उभिएरकाहरुले एकै छिनमा गित गाउन सुरु गरे ।
मंगलबार साउन महिनाको १५ गते परेकाले खुलामञ्चमा देउडा गित गाउन र सुन्न मानिसहरुको उपस्थित थियो । सुर्खेत लगाएत मध्य तथा सुदुर पश्चिमका विभिन्न जिल्लाहरुबाट वसाई सरी सुर्खेतमा आएकाहरुले करिब चार बर्ष देखि प्रत्येक महिनाको एक र १५ गते वीरेन्द्रनगर खुला मञ्चमा जम्मा भएर देउडा गित गाउने गरेका छन् । विशेष गरी दैलेख, कालिकोट, जुम्ला, जाजरको, अछाम लगाएतका जिल्लाबाट सुर्खेत जिल्लामा बसाई सरेकाहरुले हरेक महिनाको १ र १५ गते देउडा गाउन जम्मा भई खुल्ला मञ्चलाई भेट घाट र दुःख सुःख साटासाट गर्ने राम्रो थलोका रुपमा विकास गरेका छन् । उनीहरुले भेटघाट र मनोरञ्जन मात्रै होइन लोप हुदै गएको लोक तथा देउडा संस्कृतीको जर्गेना गर्ने प्रयास पनि गरेकाछन् । मौलिक तथा परम्परासंग जोडिएको लोक संस्कृती तथा परम्पराको प्रचार प्रसार र संरक्षणको अभावमा पश्चिमा संस्कृतीले आफ्नो स्थानको आकार बढाउँदै गएको समयमा सुर्खेतीहरुको यो काम उदारणीय बनेको छ । संस्कृती संरक्षण्का निम्त्ति आफूहरु संगठीत भएर अगाडी बढेको बताउँदै भेरी कर्णाली लोकसंस्कृती जागरण मञ्च सुर्खेतका सचिव कमल जिसीले संस्कृती संरक्षणको प्रयास स्वरुप हरेक महिनाको दुई दिन खुला मञ्चमा जम्मा भएर देउडा गाउने गरेको बताए । सचिव जिसीका अनुसार भेरी कर्णालीका वासिन्दाहरुमा लुकेर रहेका लोक संस्कृती र प्रतिभाको उजागर गरी संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको हो । सुरुमा आफूलाई समेत देउडा गित गाउन नआएको बताउने जिसी अहिलेका युवाहरु लोक संस्कृतीबाट टाढा हुदै पश्चिमा संस्कृती तिर आर्कर्षित भइरहेकाले नेपालीहरुको मौलिक संस्कृतीका रुपमा रहेको लोक संस्कृती बचाउने उद्देश्यले देउडा प्रति आकर्षित भएको बताउँछन् । जुम्लाको सिंजाबाट बसाई सरी सुर्खेत आएका विष्णुप्रसाद आचार्य अहिले ८१ बर्षका भए तर उनको लोक संस्कृती प्रतिको मोह र जोस भने तन्नेरी नै छ । उनी हरेक महिनामा खुला मञ्च आएर देउडा गाउने गरेको बताउँछन् । उनलाई अहिलेका युवा पिडिले लोकसंस्कृतीलाई नअंगालेकोमा दुःख लाग्छ, उनी अझै संरक्षणमा ध्यान नदिने हो भने मौलिक संस्कृती लोभ भएर जाने देख्छन् । लोक संस्कृती र देउडामा योगदान पु¥याएकी कलाकार भिमादेवि सुवेदी पनि अहिले लोकसंस्कृती संरक्षणको अभियानमा छन् । २०४९ सालमा रेडियो नेपालमा स्वर परिक्षण गराउँदा भिमादेविले गाएको गित “सुन बाजै हेर्दा राम्रो देखिने रैछ कालिकोट मेला...,” स्रोताका माझमा केही समय चर्चामा थियो । “हाट जाने हटारीले पानी खाया टिनमा, क्या विलरीपरी मलाई खेल्ने खाने दिनमा हाई नानै ..,” भिमा देविले गाएको यो गितले महिलाहरुको कथा व्यथाको प्रतिनीधित्व गरेको छ । देउडाले विशेष भाव बोकेको हुने भएकाले एक पुस्ताबाट अर्काे पुस्तामा इतिहांस पनि सिकाउने भिमादेविको भनाई छ । देउडा विशेष गरी मेला, पर्व, उत्सव र विबाह बर्तवनहरुमा गाइने मौलिक संस्कृतीका रुपमा भए पनि अहिले लोप हुदै गएको उनी बताउँछिन् । देउडा देवि देउताका पाला देखि सुदुर पश्चिममा गौच र कर्णालीमा देउडाका रुपमा विकास भएको उनको भनाई छ । लोक संस्कृती जोगाई राख्न अग्रजहरुको संरक्षण हुन नसकेको बताउँदै राज्यको तर्फबाट समेत प्रोत्सान दिने काम नभएको उनी बताउँछिन् । प्रचार प्रसारमा प्रमुख भूमिका रहेको सञ्चार माध्यमले पनि लोकसंस्कृतीलाई उचित स्थान नदिएको उनको गुनासो छ । देउडा लगाएतका मौलिकता बोकेका गितहरु एल्वम् निकाल्दा लाग्ने खर्च जुटाउन नसक्दा थुप्रै रचनाहरु कलाकारसंगै गुम्सिएर रहेको उनले बताइन् । लोक संस्कृतीको संरक्षण र मौलिकतामा सहयोग पु¥याउने गितका एल्वंम निकाल्दा सरकारले उचित सहयोग गर्नुपर्ने उनको भनाई रहेको छ । सुर्खेतमा अग्रज कलाकार प्रेमदेव गिरी, भिमादेवि लगाएतको अग्रसरतामा देउडा संस्कृतीको संरक्षणमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । जिल्लामा आयोजना हुने मेला महोत्वसमा देउडा प्रतियोगिता तथा प्रस्तुतीहरु देखाई संरक्षणमा लागेको भएपनि अग्रज तथा विभिन्न निकायको यसमा विशेष चासो नपुगेको देउडा तथा लोक संस्कृती प्रेमीहरुको भनाई रहको छ ।

story about deuda sankriti
ReplyDelete