Wednesday, September 24, 2014


सुर्खेत,  असोज ।  
सुर्खेतका बाढी पीडितहरुले दशैं तिहारका लागि विशेष राहत प्याकेज उपलब्ध गराइदिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् । 
 सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालको चौरमा बसेका बाढी पीडितहरुसंग भेटघाट तथा निरीक्षणमा राष्ट्रपति यादव । 

सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालको चौरमा बसेका बाढी पीडितहरुसंग भेटघाट तथा निरीक्षणका लागि मंगलबार त्यहाँ पुगेका राष्ट्रपति रामबरण यादव समक्ष उनीहरुले यस्तो माग राखेका हुन् । गत साउन २९ गते आएको बाढी पहिरोबाट विस्थपित भएपछि अस्थायी शिविरमा बस्दै आएका बाढी पीडितहरुले मंगलबार विहान राष्ट्रपति त्यहाँ पुग्दा सामूहिक रुपले विभिन्न मागहरु राखेका छन् । पीडितका आँशु पुच्छने र छोरा छोरीको मन भुलाउने गरी दशैं अघि केही व्यवस्था गरिदिन बाढी पीडितले राष्ट्रपतिलाई आग्रह गरे । 
 राष्ट्रपति समक्ष पुर्नवासको व्यवस्था छिटो गरिदिन विस्थापितहरुले आग्रह गरेका छन् । उनीहरुले पूर्ण घर क्षति भएका परिवारलाई अहिले दिँदै आएको पाँच हजार बढाउन र विस्थापित परिवारका कम्तिमा एक जनालाई रोजगारीको व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गराई दिन राष्ट्रपतिलाई अनुरोध गरेका छन् । त्रिपालमुनी वसेका विस्थापित परिवारको अवस्थाबारे राष्ट्रपतिले स्थलगत निरीक्षण तथा सोधपुछ गरी जानाकरी लिएका छन् । राष्ट्रपतिलाई भेट्ने सबै विस्थापितहरुले तत्काल पुर्नवासको व्यवस्था गरिदिन अनुरोध गरे ।  
राष्ट्रपति यादबले निरीक्षणका क्रममा आफूले विस्थापितहरु कष्टकर अवस्थामा बसेको पाएकाले सरकारको ध्यानाकर्षण गराउने बताए । उनले अब धेरै दिन कष्टकर अवस्थामा बस्नु नपर्ने विस्थापितहरुलाई आश्वासन दिए । ‘तपाइहरुको यस्तो अवस्था देखेर मलाई पनि दुःख लागेको छ’ विस्थापितहरुले आफ्ना पीडा सुनाउँदा राष्ट्रपति यादवले भने,‘अब धेरै दिन यसरी बस्नु पर्ने छैन् छिटै व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिन्छु ।’ राष्ट्रपतिसंगै निरीक्षणमा आएका सिंचाई मन्त्री एन पी साउदले बाढी पीडितहरुले राखेको चाडपर्वका लागि विशेष राहत प्याकेजको माग बारे सरकारमा कुरा राख्ने बताएका छन् । निरीक्षणका क्रममा आफूले देखेको कुरा मन्त्री परिषदमा राख्ने र सोही अनुसार सरकारले योजना बनाएर काम अगाडी बढाउने उनको भनाई छ । अहिले सरकार तत्कालिन राहत वितरणमा जुटिरहेको  र अब छिटै पुर्नवासको विषयमा सोच्ने मन्त्री साउदले बताए । ‘अहिले सरकारले तत्कालिन आवश्यकता पूरा गर्न तर्फ ध्यान दिइरहेको छ’ उनले भने,‘दीर्घकालीन पुर्नवासका विषयमा पनि अब छिट्टै सोचिने छ ।’ 
राष्ट्रपति सहितको टोलीले आइतबार सुब्बाकुनास्थित अस्थायी शिविरमा स्थलगत निरीक्षण गरेको थियो । सोमबार बर्दियाका बाढी पीडितहरुसंग भेट्घाट गरेका राष्ट्रपति साँझ सुर्खेत फर्केका थिए । 



0 comments:

Post a Comment

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?