Saturday, August 30, 2014


गोविन्द खत्री
भदौ,  सुर्खेत ।
अहिलेको तीजजमा छोरा छोरी सबै जम्मा गरेर परिवारमा रमाइलो गरेर मनाउने वीरेन्द्रनगर र्खाेकेकी जुना गुरुङको योजना थियो । छोरीलाई तीजजमा नयाँ लुगा किनिदिने, दिदि बहिनी जम्मा गरेर दर खाने अनि नाचेर रमाइलो गर्ने उनको योजना गत साउन २९ गते रातीज खोर्के खोलामा आएको बाढीले बगाइदिएको छ । बाढीले घरवास सबै बगाएपछि अहिले उनको परिवार नेपाल राष्ट्रि निम्नमाध्यमिक विद्यालय चिसापानीमा आश्रय लिइबसेको छ । जुनालाई बाढीले विस्थापित भएर वस्नु पर्दाको पीडासंगै छोराछोरीले तीजजमा पुरा गर्ने भनी लिएका आशाहरु सम्झँदा मन थाम्न मुस्किल हुन्छ । ‘छोरा छोरीलाई मिठो खाउँ राम्रो लाउँ भन्दा तीजजमा किनिदिउँला भनेकी थिएँ’ गहभरि आँसुपार्दै जुनाले भनिन्,‘अब त वस्नको ठेगान छैन तीजज आएपनि गएपनि हाम्रो लागि के भो र ।’
विद्यालयमा आश्रय लिइरहेकी खगिसरा शाहीलाई पनि यस बर्ष तीजज आएको पत्तो छैन् । कतै मादल बजेको सुन्दा विगतमा मनाएको तीजजसम्झेर उनको आशुँ झर्छ । खोलाले घर बगाएपछि विगत दुई सातादेखि विद्यालयमा रात काटीरहेको खगिसराको परिवारलाई तीजज झन पीडा थप्न आएजस्तो लागेको छ । ‘पहिले त जे जतीज सक्थिम आफ्नो गच्छे अनुसारको तीजज मनाउँथ्यौँ’ विगत सम्झेर आँशु झार्दै उनले भनीन्,‘आँखै अगाडी खोलाले सबै लग्यो के गर्न मर्न सकिदो रहेनछ हाम्रो लागि चार्डवाडको के अर्थ ।’ आफूसंसंगै रहेकी दुई छोरीहरुले तीजजमा लुगा किन्ने रमाइलो गर्ने पहिले नै भनेका कुरा सम्झिएर खगिसरालाई आँशु रोक्न मुस्किल पर्छ । ‘छोरीहरुलाई तीजजमा नयाँ लुगा किन्ने भनेका थिए’ आफूसंगै छोरीहरुलाई देखाउँदै भनिन्,‘अहिले अरुले दिएका लुगा लगाएर बस्नु परेको छ ।’ जनउच्च माध्यामिक विद्यालयमा आश्रय लिएकी रत्ना सुनारको माइतीघर पनि खोलाले बगाएकाले यसपालीको तीजजमा दरखान जाने उनको कुनै ठाउँ बाँकी रहेन् । ‘आफ्नो घर त बगाएको थियो माइती घर बचेको भए सबै दिदि बहिनी जम्मा भएर पीडा पोख्न त पाइन्थ्यो’, उनले भनिन् । पानसरा सुनारले यस पटकको तीजजमा छोरीहरुलाई बोलाएर दर खुवाउन पाइनन् । बाढीले घरवास बगाएपछि जन उमाविमा आश्रय लिइरहेकी उम्मेरले ६० नाघेकी उनले यसबर्ष सबैभन्दा नरमाइलो भएको बताइन् । ‘जे जसो भएपनि पोहोरपतीजर छोरीहरुलाई बोलाएर दर खुवाउँथे’ उनले भन्,ि‘यस पाली आप्mनै बिचल्ली भयो के गर्ने ।’

हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजज आउन करिब दुइ हप्ता अघि आएको विनासकारी बाढी पहिरोले सुर्खेतका दुइ हजार परिवारको  घरबाससंगै तीजज मनाउने सपना बगाइदिएको छ ।



सुर्खेत, १४ भदौ ।
जिल्लाका विभिन्न विद्यालयहरुमा शिविरमा राखिएका विस्थापितहरुलाई अन्यत्र सार्ने काम शुरु भएको छ ।
गत साउन अन्तिम साता आएको बाढी पहिरोबाट विस्थापित भएकाहरुलाई राखिएका ५७ शिविर मध्ये १८ वटा शिविर विद्यालयमा छन् । मावि कृष्णकञ्जमा बसेका विस्थापितहरुले बिहीबार नै शिविर छोडेपछि अब भने १७ विद्यालयहरुमा शिविर छन् । अन्य विद्यालयबाट पनि व्यवस्थापनका लागि अन्त सार्ने तयारी गरिएको छ ।
विस्थापितहरुलाई विद्यालयमा राख्दा ती विद्यालयको पठन–पाठन प्रभावित बनेपछि विस्थापितहरुलाई अन्त सार्न शिक्षा कार्यालय तथा सरोकारवालाहरुले आग्रह गरेका थिए । दुई सातासम्म विद्यालयमा शिविर राख्दा करिब ८ हजार विद्यार्थीको पढाइ प्रभावित भएको जिल्ला शिक्षा कार्यालयको भनाइ छ । घर मात्रै भत्किएर जमिन बाँकी रहेकाहरुलाई आफ्नै जग्गामा पाल हालेर वस्न समितिले पहल गरेको छ । विद्यालयबाट शिविर सारी तत्कालका लागि व्यवस्थापनका लािग लागि बनाइएको उपसमितिले पहल शुरु गरेपनि इत्राम र खोर्केखोलाबाट विस्थापित भएकाहरुले भने सहज रुपमा शिविर छोड्न नमानेको समितिका संयोजक वस्नेतले बताए । पाल हालेर बस्नका लागि कुनै निश्चित ठाउँ हुनुपर्ने उनीहरुको भनाई छ । 
साउनको अन्तिम साता आएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउँमा गरी ४ हजार ५ सय ७२ घरमा क्षति पुगेको जिल्ला प्रशासनको तथ्याङ्क छ । कार्यालयका अनुसार ३ हजार १ घर पूर्ण रुपमा क्षतिग्रत बनेका छन् भने १ हजार ५ सय ८१ घरमा आंशिक रुपमा क्षति  पुगेको छ । बाढीबाट घरबास गुमाएका ६ हजार ५ सय ७७ मानिस विस्थापित भएर विभिन्न ठाउँमा आश्रय लिइरहेको छन् भने ३४ जनाको मृत्यु भएको छ भने ९१ जना वेपत्ता भएका छन्, २६ जना घाइते भएको जनाइएको छ । वीरेन्द्रनगर भित्र भएको क्षतिको भने पूर्ण विवरण आएको सहायक प्रजिअ जगतबहादुर वस्नेतले बताए । नगरभित्र ३ सय ९० घरमा पूर्ण तथा १ सय ८८ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए ।
विस्थापितहरुलाई विभिन्न निकाय मार्फत दोस्रा चरणको राहत स्वरुप करिब १४ दिनलाई पुग्ने खाध्यान तथा गैरखाद्य वस्तु त्रिपाल, भाँडा, कपडा लगायत वितरण गरिएको उनले बताए । बिहीबारसम्म ४४ हजार ८ सय ६० किलो, दाल १ हजार ३ सय ३३ किलो, १ हजार ४ सय ६८ किलो सोयाबडी, १ हजार ६ सय ७५ किलो नुन, १ हजार ५ सय  २१ पेटि तेल, ३ सय ७६ कार्टुन चाउचाउ, २ सय ६० कार्टुन  विस्कुट,  २३ प्याकेट औषधी, एक सय किलो आलु  र १ सय ७२ पोका दालमोट वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
फोटो क्याप्सन ः इमान्यूल बोर्डिङ स्कूलमा त्रिपाल टांगेर बसेका विस्थापितहरु ।
जिल्ला दैवि प्रकोप उद्धार समितिले सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर वस्नेतको संयोजकत्वमा उपसमिति गठन गरी विद्यालयबाट शिविर सार्न जिम्मा दिएको छ । बुधबार गठन गरिएको समितिले उपत्यकाका विद्यालयहरुमा राखिएका सबै शिविरहरुमा पुगी अन्त सार्ने काम शुरु गरेको समितिका संयोजक जगतबहादुर वस्नेतले बताए । विद्यालयहरुमा बसेका विस्थापितहरुलाई अन्त स्तानान्तर गर्न उपत्यकामा मुख्यगरी सुब्बाकुना स्थित सडक डिभिजनको भवन, महिला प्रशिक्षण केन्द्र, कालागाउँ क्षेत्रीय अस्पताल नजिकको खुल्ला चहुर लगायतका ठाउँमा विस्थापितहरुलाई स्तानान्तर गर्नका लागि पहल शुरु भएको वस्नेतले  जानकारी दिए । उनले शनिबारसम्ममा अन्य विद्यालयमा भएका शिविरहरुलाई पनि सार्नका लागि पहल गरिने बताए  ।

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?