Saturday, May 4, 2013

सुर्खेत, १९ बैशाख ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले  अबको चुनाव पछि माओवादीलाई बत्तिबालेर खोज्नुपर्ने बनाइदिने बताएका छन् ।  शुक्रबार दैलेख हुने आमसभालाई सम्बोधन गर्न जानेक्रममा बिहीबार सुर्खेत आइपुगेका खनालले कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले केहि दिन अघि दिएको अभिव्यक्तिको खण्डन गर्दै जता जतै एमाले नै एमाले देखे पछि एमाले नै छैन भन्ने अभिब्यक्ति दिएको भन्दै अबको चुनावमा माओवादीलाई आफ्नो शक्ति देखाइदिने बताए । “प्रचण्डले यस्तै अभिव्यक्ति दिँदै हिडेमा आगामी चुनावमा एमाओवादीलाई जनताले परास्त गर्ने छन र त्यस पछि माओवादी नामको पार्टी कुनै वेला थियो भनेर बत्ती बालेर खोज्नुपर्ने छ,” उनले भने । खनालले माओवादीकै कारणले गत संबिधानसभाबाट संबिधान बन्न नसकेको र आगामी चुनावमा जनताले माओवादीलाई फेरी पनि नसच्याए संबिधान नबन्ने जिकीर गरे । उनले एमाओवादीको विगतको सरकार चलाउने शैली र गतिविधीले देश टुक्र्याउन खोजेको आरोप लगाए । विगतमा माओवादीले चलाएको सरकार इतिहाँसकै कमजोर र राष्ट्रघाती भएकाले यतिबेला मुलुक इतिहाँसै कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो । आगामी निवार्चन मंसिरमै हुने जिकीर गर्दै चुनावबाट एमाले सबै भन्दा ठुलो र शक्तिशाली पार्टी भएर आउने पनि दावि गरे । खनालले चुनावको विपक्षमा रहेको नेकपा माओवादी लगायतका दलहरुलाई चुनावले देशको जिवन र मरणको निर्णय गर्ने भएकाले चुनावमा आउन आग्रह गरे । “चुनाबाटै सबै समस्याको समाधान हुने हो त्यसैल सबै भन्दा उत्तम चुनावमा जानु हुन्छ,” उनले थपे “माओवादीले निर्वाचनका बारेमा खासै नकारात्मक नदेखिएकाले छिटो भन्दा छिटो बार्ता थाली चुनावमा सहभागि गराउनका लागि सहमति जुटाउन सरकारलााई आग्रह गर्दछु ।” साथै खनालले निर्वाचनको तयारीका लागि आफ्ना एजेन्डाहरु जनता सामुलिएर कार्यकर्ताहरुलाई गाउँ जान निर्देशन दिए । एमाले राष्ट्रियता र शान्तिको पक्षधर पार्टी भएकाले आगामी चुनाबमा पहिलो पार्टीका रुपमा आउने  बताउँदै चुनाबमा एमालेमय वातावरण हुनेमा आश्वस्त हुन कार्यकर्तालाई आग्रह गरे । चुनावमा कम्तिमा १ प्रतिशत मत ल्याउने पार्टीलाई मात्रै राष्ट्रिय पार्टी को रुपमा मान्नुपर्ने एमालेको अडान भएको बताउँदै माओवादी लगायतका केही दलहरुले देश टुक्र्याउन सबै पार्टीहरुलाई राष्ट्रिय पार्टी मान्नुपर्ने पक्षमा भएको बताए ।

0 comments:

Post a Comment

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?