Saturday, March 2, 2013



गोविन्द खत्री
सुर्खेत, २० फागुन
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि उठेको सहयोग विश्वविद्यालयलाई खुल्ला दिलले  हस्तान्त्रणका लागि तयार रहेको विश्वविद्यालय स्थापना मुल समितिले जनाएको छ । 
शनिबार वीरेन्द्रनगरमा मौद्गल्य सेवा समाज नेपाल, सुर्खेतले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनार्थ आयोजित महायज्ञमा प्राप्त सहयोगको उपयोगिता र प्रयोजन’ का सम्बन्धमा गरेको अन्तरक्रियामा समितिका संयोजक भुषण कुमार मानन्द्यर, सचिव डा.महेन्द्र कुमार मल्ल र कोषाध्यक्ष धु्रब कुमार श्रेष्ठले प्रक्रिया मिलाएर समिति उठेको रकम तथा अन्य सहयोग हस्तान्त्रण गर्न तयार भएको  बताएका हुन् । मुल समितिका संयोजक मानन्द्यरले भने ‘हामीसंग भएको रकम हस्तान्त्रण गर्न कुनै कन्जुस्याइ छैन’, जनताको नासो हो सुम्पी दिन्छौँ’, ‘तर हाम्रो पनि भावनात्मक कदर हुनुपर्छ ।’ उनले थपे ‘हस्तान्त्रण गर्नु अघि चन्दादाता र राजनितिक दलहरुसंग छलफल गर्छाै र सञ्चालीत खर्च होइन् पुँजीगत खर्चका लागि हस्तान्त्रण गर्न तयार छौँ ।’ महायज्ञमा चन्दादाता तथा संस्थाहरुले बोलेको धेरै रकम उठ्न बाँकी रहेको भन्दै उक्त रकम उठाउनका लागि सबै लाग्नुपर्ने बताए । मुल समितिका सचिव तथा सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख डा. महेन्द्र कुमार मल्लले समितिले विश्वविद्यालयको पहिलो सभामा नै रकम हस्तान्त्रण गर्ने तयारी गरेको भएपनि पहिलो सभा काठ्माण्डौँमा भएकाले बिधि र बिद्यान अनुसार आउदो सभामा रकम हस्तान्त्रण गर्ने बताए । ‘रकम हस्तान्त्रण गर्न हामी तयार छौँ,’ सबै संग छलफल गरेर सर्तहरु लागुहुने गरी रकम हस्तान्त्रण गर्ने छौँ,’ उनले भने । 

विश्वविद्यालयका पदाधीकारीहरुले उत्तरदायित्व र यहाँको मर्मअनुरुप लिनुपर्ने बताउँदै भने ‘हिसाब किताब ठिक्क पारेर राखेका छौँ प्रदान गर्ने छौँ ।’  सुर्खेती जनताले विश्वविद्यालय स्थापनाका लागि २०५२ साल देखि प्रयास गरेको र म.प विश्वविद्यालयलाई पहिले परिकल्पना गरे जस्तै विश्वविद्यालय निमार्ण गर्न पदाधीकारीहरु लाग्नुपर्ने उनको भनाइ थियो । मुल समितिका कोषाध्यक्ष धु्रब कुमार श्रेष्ठले प्राप्त रकम कसरी सुरक्षित तरिकाले हस्तान्त्रण गर्ने भन्ने विषयमा सोचेकाले हस्तान्त्रण प्रक्रियामा केहि ढिलाइ भएको बताए । ‘हामीले पहिलो सभामै हस्तान्त्रण गर्ने जर्मको गरेका थियोँ, पहिलो सभा नै सुर्खेतमा नभए पछि प्रक्रिया झनै ढिलो हुन गयो’, उनले भने । अन्तरक्रिया कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल विश्वविलयका उपकुलपति प्राध्यापक डा. पदमलाल देबकोटाले विश्वविद्यालयको नराम्रो हल्ला नफैलाउन आग्रह गरे । ‘विश्वविद्यालय केहि बिग्रेको छैन, हामी बिग्रेका छौँ त्यसैले बिग्रेको देख्छौँ’, उनले भने । विश्वविद्यालयलाई नेपालकै एक नं विश्वविद्यालय वनाउ आफू लागि रहेकाले राजनितिक दलहरुलाई विश्वविद्यालयमा टेकेर राजनिति नगर्न आग्रह गरे । म.प. विश्वविद्यालयलाई गति दिन पटक पटक राजनितिक दलहरुसंग छलफल र निर्णय गर्ने गरे पनि दलहरुले निर्णय कार्यन्वयन नगर्दा समस्या पैदा भएको बताए । विश्वविद्यालयलाई राजनितिक दलहरुले सञ्चालन नगर्ने र सल्लाह सुझाव मात्रै दिनुपर्ने भन्दै दलहरुले राजनितिका निम्ति विश्वविद्यालयलाई प्रयोग गर्न नहुने बताए । मुल समितिका सदस्य तथा म.प. विश्वविद्यालयका डिन पिताम्बर ढकालले विश्वविद्यालयलाई चन्दा दिएका दाताहरुको भावना अनुरुप रकम प्रयोग हुनु पर्ने बताए । आफुले दिएको रकम सहि ठाउँमा प्रयोग भयो की भएन भनेर चन्दादाताहरुले समेत चासो दिनुपर्ने ढकालले बताए । उनले छोटो र छिटो प्रक्रिया अपनाएर रकम हस्तान्त्रण गर्नुपर्नेमा जोड दिए । मुल समिति सल्लाहकार समितिका सदस्य देवेन्द्र विसीले चन्दादाताले दिएको रकम भवन निर्माणमा प्रयोग गर्नुपर्ने बताए । आफुले दिएको रकमको बारेमा जनताले चासो राख्नुलाई अन्यथा मान्न नहुने भन्दै उनले जहाँ पनि जुन पार्टिको पहँुच छ त्यसैपार्टिको भर्ति केन्द्र बनाउने परिपाटि भएको भन्दै विश्वविद्यालयलाई कसैको भर्ति केन्द्र नवनाउन आग्रह गरे । विश्वविद्यालय सभाका सभासद् मोतिप्रसाद सापकोटाले विश्वविद्यालयलाइ अगाडी बढाउन सबै मिलेर जानुपर्ने बताए । आफुले कुनै पद र कसैले हौसायर चन्दा नदिएको भन्दै विश्वविद्यालयलाइ गति दिन निस्वार्थ लाग्नुपर्ने बताए । उनले महायज्ञमा सबै भन्दा बढी चन्दा दान गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांसले चन्दादाताले दिएको रकम सुरक्षित रुपले हस्तान्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम मौदगल्य सेवा समाज नेपाल, सुर्खेतका अध्यक्ष पशुपतिभक्त कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो । 



0 comments:

Post a Comment

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?