Thursday, July 4, 2013


  • सुर्खेत जिल्लामा पर्यटन सम्बन्धी भईरहेका गतिविधि जिल्लामा पर्यटन व्यावसायको संभावना, चुनौती र आगामी योजनाका बारेमा पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणी शर्माको संग गोविन्द खत्री ले गरेको कुराकानी ।
  • १. पर्यटन सम्बन्धीका के कस्ता कामहरु गरीरहनु भएको छ ?
  • पर्यटनमा आधारित विभिन्न कामहरु भैरहेकाछन् खास गरी पछिल्लो समयमा (घरबास होम स्टे) तालिम दिए पश्चात उनीहरुको क्षमता अभिबृद्धीका कामहरु भैरहेका छन् । लाटिकोइलीको कुन्टी गाउलाई धुवा रहित गाउँ बनाउने तयारीमा छौँ । लेखपराजुलको  मोहोटी र तरंगाको  बराहताल लाई लक्षित गरी सुरु गरिएका होम स्टेमा पर्यटक बस्नका लागि व्यवस्थीत कोठा निमार्ण को काम भैरहेको छ ।
  • २.सुर्खेतमा पर्यटन संभावना कस्तो देख्नु हुन्छ ?
  • संभावना निकै नै राम्रो छ, सुर्खेतमा पुरातात्विक महत्वको काँक्रेबिहार त्यस्तै बहुचर्चीत वुलवुले ताल उद्यान र त्यस्तै ऐतिहासीक र पराम्परागत पुरातात्विक महत्वका र रमणीय स्थलहरु छन् । भेरी नदीमा ¥याफ्टीङ्क भैरहेको छ ।  प्याराग्लाइडिङ्ग असोज देखि सुरु हेन गरी तयारीमा लागिरहेकोे अवस्था छ ।  यस्तै क्लाइम्विक र हर्स राइडिङ पनि २०७० भित्र सुरु गर्ने तयारीमाछौँ । बाहिरबाट आउने पर्यटकहरुलाई गाइडको अभाव छ यसै बर्ष भित्रमा केही गाइडहरुलाई समेत तालिम दिने तरखरमा छौँ ।
  • ३.सुर्खेतमा बढी जसो पर्यटकहरु कुन समय अर्थात मौसममा आउने गरेका छन् ?
  • प्र्यटकीय मौसम भनेको दशै तिहार पछिको समय अर्थात हिउँदको समय नै हो सुर्खेतको हकमा धेरै जसो पर्यटकहरु अध्ययन अवलोकन आउने भएकाले मौसमले खासै प्रभाव पारेको छैन  बाह्रै मास आउने गरेकाछन् ।
  •  
  • ४.सुर्खेत घुम्न आउने पर्यटकका लागि बढी आकर्षण के बनेको छ ?
  • धेरै जसो पर्यटकहरु अन्य जिल्ला जान र विशेष गरी कर्णालीका विभिन्न जिल्लाहरुमा जाने गरी आएका हुन्छ र सुर्खेतमा एक दुई दिन घुमेर जाने गरेकाछन् त्यसैले बुलबुले ताल, पछिल्लो समयको हकमा ¥याफ्टिङले विशेष आकर्षण लिने संभावना गरेको छ । काँक्रेबिहार, देउती बज्यै गोठीकाँडा लगाएतका ठाउँमा पर्यटकहरु जानेगरेका छन् ।
  • ५.मुख्य रुपमा अहिले घुम्न आउने पर्यटकका लागि आकर्षण चाही के छ ?
  • अध्ययन अवलोकन भ्रमण नै यहाँ आउने पर्यटकहरुको मुख्य उद्देश्य रहेको पाइन्छ । विशेष गरी शैक्षिक भ्रमणका लागि विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु आउने गरेकाले पनि अध्ययन अवलोकन मुख्य उद्देश्य भएकाो हो । केही समय यता भेरी नदीमा ¥याफ्टीङ्काको लागि समेत बाहिरका जिल्लाहरुबाट पर्यटकहरु आउने गरेकाछन् ।
  • ६.गत बर्ष कति पर्यटक सुर्खेत भित्रीय ?
  • जिल्ला विकास समितिको लापरवाहीका कारण जिल्लामा कति पर्यटक भित्रिय भन्ने वास्तविक तथ्याङ्क छैन तर घण्टाघरमा मात्रै ०६८ साउन देखि ०६९ असार सम्म ५० जना विदेशी पर्यटक आएका थिए भने टेलीस्कोप अध्ययन गर्नका लागि विभिन्न जिल्लाहरुबाट १ हजार विद्यार्थी आएको आँकलन छ ।
  • ७.पर्यटकीय स्थालहरु जस्तै बुलबुले लगाएतका ठाउँहरुको उचित संरक्षण किन हुन नसकेको होला ?
  • उपत्यका नगर विकास समितीको अधिनमा बुलबुले उद्यान छ नत उसले संरक्षण गरेको छ,  नत निजी क्षेत्रलाई नै दिन्छ यसरी जिम्मेवार निकायको वेवास्ता र लापरवाहीका कारण संरक्षण हुन सकेको छैन् । बुलबुले उद्यानको हकमा नगरविकासले आफूले पनि कुनै चासो नदिने र नीजी सरकारी साझेदारी (पब्लीक प्राइभेट) मा समेत चलाउन नमानेकाले संरक्षण हुन नसकेको हो । कि चाँही उपत्यका नगर विकास समितिले निमार्ण गर्नु प¥यो की चाँही बाटो छोड्नु प¥यो । बुलबुले ताल संरक्षण र विकासका लागि गुरु योजना पनि बनाएर दिएको छु तर उपत्यका विकासले कुनै सुनुवाइ गर्दैन् ।
  • ८. हाल जिल्लामा पर्यटन लाई लक्षित गरेर कति जती बजेट आउछ ?
  • जिल्ला विकास समितिले साहित्य, पर्यटन र कला शिर्षकमा ४ देखि ५ लाख छुट्याउने गरेको छ । नगरपालिकाबाट १ देखि २ लाख नेपाल र सरकार पर्यटन मन्त्रालयबाट जिल्लाका पर्यटकीय स्थलहरुको सुधार भनेर २० देखि २५ लाख आउँछ त्यो पनि आधा बिच मै चुहावट हुने गरेको छ । 
  • ९.सुर्खेत पर्यटकहरुको प्रमुख गन्तव्य स्थल बन्ला त ? कहिले सम्ममा बन्ने देख्नु हन्छ ?
  • बन्ला भन्दा पनि हामीले बनाउनु पर्छ सरकारले नगरे पनि निजी क्षेत्र तथा विभिन्न संघ संस्था छन् सरकारले गर्देला भनेर बसेर विकास हुने अवस्था छैन नागरिक समाजले प्रेसर दियो भने विकास सम्भव छ । जिल्ला विकास समितिले पर्यटनलाई प्रारुटीमा राखेकै छैन् १ अवरव भन्दा बढी बजेट आउने भएपनि जिविसले ४ ÷५ लाख छुट्याउँछ ।यसले के विकास हुन्छ र । कहिले बन्ने भन्ने कुरामा पर्यटकीय स्थलहरमा धेरै कुराको आवश्यक छः भौतिक पूर्वाधारको विकास गर्नुपर्छ अहिले सम्म भ्यालीमा मात्रै होटेलहरु खुेलेका छन् भ्याली बाहिर धेरै आधारभूत कुराहरु पुगेका छैन जस्तै बिधुत सञ्चार होटेल व्यावसाय लगाएतका आधारभुत कुराहरु बने भने गन्तव्य वन्छ । आर्थिक उन्नती विकास र समृदीका लागि पर्यटनको आँखाले हेरियो भने छिटै विकास हुन्छ ।
  • १०.यहाँको पर्यटन विकासमा मुख्य चुनौतीहरु के हुन् ?
  • दक्ष जनशक्तिको अभाव, सञ्चार, यातायत, विजुली र बाटो लगाएतका आधारभुत कुराहरुको विकास भएको छैन र संरक्षण पर्यटन नबुझेका कारण संरक्षणमा समेत स्थानीयबासीले चासो नदिने भएकाले पर्यटन विकासका चुनौतीहरु वन्ने गरेकाछन् । 
  • ११.सुर्खेतलाई सुन्दर र व्यवस्थीत पर्यटकीय क्षेत्र बनाउन कस कसको के के भूमिका देख्नु हुन्छ ?
  • यसको नेतृत्वविदायी भूमिका जिल्ला विकासले गर्नुप¥यो नीजी क्षेत्रको रुपमा उद्योग वाणिज्य संघले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्छ, साथै जिल्ला विकास समितिले सबै सरकारवालाहरलाई एकै ठाउँमा राखेर कुन क्षेत्र कुन रुपमा विकास गर्ने भन्ने योजना हुनु प¥यो । एन.जिओहरु नागरिक समाज पत्रकार लगाएतले आ—आफ्नो ठाउँबाट महत्वपूर्ण भमिका खेल्नु पर्दछ ।
  • १२. सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटक सरोकारवाला निकाय तथा आम पाठकलाई के भन्न चाहानु हुन्छ ?
  • पर्यटन क्षेत्र भनेको अर्थसंग सम्बन्धीत कुरा हो रोजगारीसंगको कुरा हो त्यसैले यसको पहिलो कुरा गुरुयोजना हो । गुरुयोजनाको काम समेत केही अगाडी बढेको छ । पर्यटन व्यावसायबाट सुर्खेत आत्मनिर्भर बन्नने र युवाहरुले समेत रोजगारी पाउने हुँदा सबैले आआफ्नो ठाउँबाट महत्वपूर्ण सहयोग गर्नुपर्छ त्यसरी विकास गरियो भने समृद सुर्खेत चाँडै बन्छ ।
  •                                 प्रस्तुतीः गोविन्द खत्री

0 comments:

Post a Comment

ताजा

Recent Posts

हीमालकाे हाम्राे देश

Unordered List

Sample Text

Popular Posts

Text Widget

Total Pageviews

Follow us on FB

Design By :Mr Gobindakhatri 9848157339. Powered by Blogger.

Translate

Followers

Search This Blog

What's The rating For This Template?